इरानको सेना महाशक्ति अमेरिकी सेनासँग एक महिनादेखि भीषण लडाइँ लडिरहेको छ, सार्वभौमसत्ता जोगाएको छ । अशोकराज सिग्देल नेतृत्वको नेपाली सेना टोले गुण्डाहरूले सिंहदरबार, सर्वोच्च अदालत, सितल निवास जलाउँदा पूरापूर आत्मसमर्पण गर्यो । यस्तो आत्मसमर्पणकारी सेना पाल्नैपर्छ भन्ने केही छ ?
आजभोलि दानवअधिकारवादीको वक्तव्य आउनै छोड्यो । यिनीहरूको नामनिशान मेटिएको हो कि सबै घण्टी सत्ताको तलुवा चाट्न व्यस्त छन् ? अनि त्यो राष्ट्रिय दानवअधिकार आयोग खारेज गरिनुपर्छ भन्ने मेरो क्लियर लाइन हो । त्यो कर चुसुवाहरूको गिरोह चाहिन्न ।
अन्धाधुन्ध पक्राउ गरेकै भरमा अदालतले थुन्नको लागि अनुमति दिन्छ भन्या ? हाम्रो न्याय प्रणाली यस्तै हो ? हो भने जय नेपाल ! बाँकी केही भनिएन । यो देशको कानून पढेर गल्ती गरिएछ भनौंला । घण्टी बजाउने, सञ्जालमा फैसला गर्ने ! सिङ्गो देश नै घण्टी बजाएर चलेको छ भने अदालत पनि चलाए भयो !
@drvijaypou चीनको कम्युनिस्ट प्रणाली मौलिकतामा आधारित थियो र छ । सोभियत संघ र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको महान बहसबाट पनि स्पष्ट हुन्छ । नेपाली कम्युनिस्ट चाहिँ नेपाली मौलिकता बिर्सिएर नक्कली जार्गन भट्याउन थाले । अब नेपाली समाजमा कम्युनिस्ट शब्द धेरै नै बदनाम र अलोकप्रिय भएको छ !
केही मानिसहरू कम्युनिस्ट चीनको छिमेकी हुँ भन्ने बिर्सेर भनिरहेकाछन् - " कम्युनिस्ट संसारबाट लोप भैसक्यो !" एकथरी नबुझेर र अर्काथरी साम्राज्यवादको दलाली गरेर यसो भनिरहेका छन् ।
@grpokharel कुरा राजनीतिको हो हेर्नुस् । विदेशीहरू चलखेल गर्छन् भन्ने त खुलमखुला छ । जे-जे भय पनि निर्वाचन आयोगले आधा घण्टामा गगन थापालाई मान्यता दिने निर्देशन नेपालबाट कुनै हालतमा भएको होइन । संसदको डकैती विरुद्ध गगनहरूको समर्थन ऎतिहासिक भुल सावित भएको छ !
फाल्गुनको निर्वाचनमा बारबारा फाउण्डेशनले जिताउने भूमिका खेलेको भन्ने सुने।म संस्थापक सदस्यले किन जितिन? नेपालका केही “मुर्धन्य राजनीतिज्ञ” र “बिद्वान विश्लेषक”हरूको सतही र हावादारी ज्ञान सुन्दा लाग्छ—यही मानसिकताले देशले चाहे जति गति लिएन।देशले यस्ता पात्रबाट चाँडै मुक्ति पाओस्।
ट्वीटरका फासीवादीहरूलाई लाग्ने रहेछ कि चुनावमा मेरो भोट थोरै आएको कारण मैले बोल्नु हुँदैन, फासीवादीहरूलाई समर्थन गर्नुपर्दछ । यस्ता फासीवादीहरूसँग स्कुले जीवनदेखि लड्दै आएको हुँ । कक्षा १० पढ्दा प्रधानाध्यापक टिपुरटिपुर गरेपछि एक्लै ताला लगाएको हुँ । त्यसपछि कति लडियो कति !
बादलले सेनामाथि प्रश्न उठाएर गलत गरे भन्ने एमाले नेताहरूले शान्ति सेनामा गएका सैनिकले किन १४०० डलर तलब पाउँदैनन् भनेर प्रश्न गर्दैनन्? सेनाका ठेक्कापट्टाको भ्रष्टाचारको अनुसन्धान गरौँ भन्न किन डराउँछन्? हडपेको खुलामञ्च खाली गराउन किन चुपचाप छन्? आर्थिक लाभ लिएर हो कि आत्तिएर हो?
मान्छेले तेरो भोट आएन भन्दै खिल्ली उडाइरहेका छन् । त्यस्ता व्यक्तिहरूलाई यत्ति भन्न चाहन्छु- म नागरिकको पक्षमा लगातार बोलिरहेको छु । जितेका व्यक्ति कुख्यात ठग र सिंहदरबार जलाउने देशद्रोहीको चाकरी गर्न व्यस्त छन् । चुनाव जितेर पनि दासले झैं चाकरी गर्नुपर्छ भने त्यो मरेको जुनी हो !
एमालेका कायरहरू रामबहादुर थापाको सम्बोधनको विरोध गरेका छन् । एउटा देशभक्त छोराले जे बोल्नु पर्दथ्यो, संसदको रोष्ट्रमबाट त्यही बोलेको हो । नागरिकलाई सत्य बताउनै पर्दथ्यो, बताए ! घण्टी एमालेहरू घण्टीतिरै गए हुन्छ ! माओवादीले जित्दा पनि हजारौं एमाले माओवादी भएकै हुन् ।
योगेश भट्टराई र गगन थापा भदौ २४ को महाविध्वंसपछि घण्टीका कार्यकर्ता हुन् ! यिनीहरू घण्टीबाट चुनाव लड्नुपर्ने व्यक्ति हुन् । गगन थापाबाट कांग्रेस र योगेश भट्टराईबाट एमाले सुध्रिन्छ भन्ने मलाई चाहिँ विश्वास छैन । यिनीहरूले आर्जन गर्न खोजेको सस्तो लोकप्रियता घण्टीले उछिट्याइसक्यो !
सरकारी विज्ञापनमा बालेन्द्र शाहको फासीवाद आइसकेछ । शैली सबै माघ १९ पछिको जस्तै, कर्मचारी थर्काउने, नागरिकलाई मान्छे नगन्ने । अब सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै दिने । फासीवाद भनेको के रैछ बल्ल बुझ्छन् चैतेहरू ! नोट: म चाहिँ जे जस्तो भए पनि यिनै चैतेहरूको पक्षमा बोल्नेछु !
नेपाली बौद्धिक जमात पूरापूर पतन भएको छ । देशमा परिवर्तन भयो भनेर ढ्वाङ फुकेका छन् । देशमा फासीवाद सुरु भएको हो, परिवर्तन भएको होइन । फासीवादलाई परिवर्तन भन्ने बुद्धिहीनलाई बौद्धिक भनिंदैन । फोहर र दुष्ट दिमाग भएका फासीवादका नोकरहरू हुन् । देशलाई फासीवादका नोकरहरूबाट जोगाउनुपर्छ ।
@BahadurPuran मेरो घर छ । मेरो घर प्यूठान हो । अहिले यत्ति आयो त के बिग्रियो ? आँट गरें, चुनाव लडें । यो पटक प्यूठानी नागरिकले मत दिएनन् । तर यो होइन कि सधैं दिंदैनन् । मलाई चिट्ठामा विश्वास लाग्दैन । मेहनत गर्छु, जति सकिन्छ, नागरिकको पक्षमा बोल्छु । जितेकाहरू गुमनाम छन्, म बोल्छु, बोलेको छु !
कांग्रेसी कोटामा सर्वोच्च अदालत छिरेका थिए, प्रकाशमान सिंह राउत । सत्ताका मालिक, पार्टी नेताको चाकरी र दिन घर्काएकै भरमा बढुवा हुने बेकारको प्रणाली भएको देशमा प्रधानन्यायाधीश भए । सर्वोच्च अदालतबाट एक अक्षम, निकम्मा, लाक्षी, डरपोक प्रधानन्यायाधीशको बहिर्गमन भएको छ !
बलेन्द्र शाहको सरकार नबन्दै फासीवादी सरकार बन्छ भनेर मैले ठोकुवा गरेको थिएँ । सरकार गठन भएको एक हप्ताभित्रै पुष्टि भइसकेको छ कि यो मूलतः प्रजातान्त्रिक मूल्यमान्यताको घाँटी निमोठ्ने फासीवादी गिरोह हो ! यो गिरोहसँग लड्न सजिलो हुने छैन । प्रजातन्त्रको आवरणमा फासीवाद- यो खतरनाक छ !
न्यायाधीशलाई पनि अमेरिकी दूतावासले भिसा नदेला भन्ने पिर छ । पत्रकारलाई पनि अमेरिकी दूतावासले भिसा नदेला भन्ने पिर छ । अमेरिका जान चाहने कुनै व्यक्ति अमेरिकी चाहना भन्दा बाहिर जानै सक्दैन । अमेरिकी चाहना भन्दा बाहिर गएर फैसला हुँदैनन् र अमेरिकी चाहना भन्दा बाहिर समाचार लेखिन्नन् !