
हार्दिक बधाई तथा शुभकामना सं. प्रधानमन्त्रीज्यू तथा मा. मन्त्रीहरू !
श्री बालेन्द्र शाह (बालेन) नेपालको ४३ औं सम्माननिय प्रधानमन्त्री हुनुभएकोमा खुशी व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गर्दछु। नेपाली जनताबाट ठूलो अपेक्षाका साथ दिईएको स्पष्ट समर्थन र असाधारण जनादेशलाई सदुपयोग गर्दै कार्यकाल पूर्ण सफल होस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
तपाईंको नेतृत्वमा देशले सुशासन, समृद्धि र विकासको मार्गमा नयाँ गति लियोस् उर्लियेको जन आकान्क्ष्या सम्बोधन हुन सकोस भन्ने आम जन चाहना ले पूर्णता प्राप्त गरोस भन्ने मेरो कामना छ। जनताको विश्वास र अपेक्षालाई सर्वोपरि प्राथमिकतामा राख्दै पारदर्शी, उत्तरदायी र प्रभावकारी शासन सञ्चालन गर्न सफलता मिलोस्। राष्ट्रिय एकता, आर्थिक उन्नति, जनताको समृद्धि र सामाजिक न्याय स्थापनामा उल्लेखनीय योगदान रहोस्।
आजै नियुक्त हुनुभएका सबै माननीय मन्त्रीज्यूहरूमा हार्दिक बधाई व्यक्त गर्दै कार्यकालको पूर्ण सफलताको कामना गर्दछु। जय नेपाल।

NE









