Gaurav
12.7K posts

Gaurav
@ubdrain
our generation should invest in green tech so we can leave cleaner Earth to next generation
Kathmandu, Nepal Beigetreten Haziran 2009
1.6K Folgt935 Follower

@DpakPoudyal रेल बनेको १० बर्षमा दुई तिरै ठुला बिशाल शहर बन्छन ; 43 Billion कमाउन चै १५-२० बर्ष लगाउलान |
NE

Interesting. रैछ। १०० दिनमा सब्बै मा केहि न केहि update र काम चै हुन्छ होला। १५~२० ओटा सक्के पनि दामी हुन्थ्यो।
digitalpratipakshya.com
NE

@PrashannaPdl येह दुइटा कुरा छ - retirement age - pension पाउने उमेर मैले बुझे अनुसार SSFमा pension पाउने उमेर retirement age संग tied छ।२५ वर्षको उमेर देखि SSFमा contribute गरेको युवाले ६० वर्षमा पाउने SSF, ६३को उमेरमा पाउने हुन्छ कि हुन्न? (येदि retirement age ६३ change भए) मेरो डर येही हो|
NE

@ubdrain अवकाश हुने उमेर ६३ पुराउने सुझाव हो सर । पेन्सन त निश्चिति समय काम गरेपछि जहिले अवकाश भए पनि पाइन्छ ।
NE

@real_raut @Prakriti_Pahari येह दुइटा कुरा छ
- retirement age
- pension पाउने उमेर
मैले बुझे अनुसार SSFमा pension पाउने उमेर retirement age संग tied छ।२५ वर्षको उमेर देखि SSFमा contribute गरेको युवाले ६० वर्षमा पाउने SSF, ६३को उमेरमा पाउने हुन्छ कि हुन्न? (येदि retirement age ६३ change भए) मेरो डर येही हो|
NE

@ubdrain @Prakriti_Pahari पेन्सन त २० वर्ष सेवा गरेसि पाईन्छ। अनिवार्य अवकाशको कुरा होला।
NE
Gaurav retweetet

फेसबुकमा सक्रिय नहुनेहरूका लागि डा. ज्योति खरेलको स्टाटस यतै ल्याएँ।
शिक्षा मन्त्रालय को coaching centre / entrance preparation / bridge course बन्द गर्ने निर्णय केलाउँदा -
म गणेश ज्ञान ज्योति मावि तत्कालीन सेमलार गाविस को विद्यालयबाट पढेको र किसान को परिवार मा हुर्केको - विद्यालय अवस्था देखि नै छात्र वृत्ति प्राप्त गर्दै SLC, बुटवल को New Horizon मा 10 PLUS 2 , त्यसपछि entrance तयारी कक्षा ( NAME ) लिँदै MBBS scholarship र FOREIGN scholarship competition मा MS, MCH गर्दै अहिले दिल्ली मा कलेजो प्रत्यारोपण सर्जन को रूपमा काम गरिरहेको छु ।
मेरो अनुभवले भन्छ— नेपालको शिक्षा प्रणालीमा 'इन्ट्रान्स कोचिङ' बन्द गर्ने यो सरकार को एउटा अपरिपक्व र सतही निर्णय हो। यसले समानता ल्याउनुको साटो उल्टै सामाजिक खाडललाई झन् गहिरो बनाउनेछ।
मेरो स्पष्ट दृष्टिकोण र विश्लेषण यसप्रकार छ:
१. १०+२ मा 'ब्रिज कोर्स' को व्यापार बन्द गरौँ
कक्षा ११ मा भर्ना हुनका लागि ३ महिने 'ब्रिज कोर्स' धाउनु र इन्ट्रान्स दिनु पूर्णतः अनावश्यक छ। यसले विद्यार्थीलाई शैक्षिक लाभभन्दा बढी मानसिक र आर्थिक बोझ मात्र दिएको छ।
* दिल्ली मोडलको प्रस्ताव: भारतको दिल्लीका विद्यालयहरूमा जस्तै 'एलोकेसन स्कोरिङ' (Point-Based System) लागू गरिनुपर्छ जुन अत्यन्त सफल सावित भएको छ। जहाँ घरको दूरी, ग्रेड, र अन्य सामाजिक सूचकका आधारमा विद्यार्थीले भर्ना पाउँछन्। र यसरी १०+२ मा भर्ना हुन कुनै सरकारी स्तरको इन्ट्रान्स वा महँगो तयारी कक्षा चाहिँदैन। यसलाई पूर्ण रूपमा प्रतिबन्ध (Ban) लगाउनुपर्छ।यसमा मेरो सहमति छ । तर यसलाई प्रतिबन्ध लगाउँदै गर्दा राम्रा कलेज मा को भर्ना हुने र नहुने भन्ने कुराको सेलेक्सन गर्ने दिल्ली state को point based system कायम हुनुपर्छ ।
२. उच्च शिक्षा (MBBS, IOE, Law, आदि ) र लोक सेवा: equity का लागि कोचिङ अनिवार्य
१०+२ पछिको परिदृश्य बिल्कुलै फरक छ। यहाँ प्रतिस्पर्धा 'राष्ट्रिय स्तर' को हुन्छ र परीक्षाको ढाँचा विद्यालयको भन्दा जटिल हुन्छ।
म आफैँ डाक्टर हुँ। म आफ्नो बच्चालाई डाक्टर बन्न कुन विषय पढ्ने, कुन 'ट्रिक्स' अपनाउने र कसरी नाम निकाल्ने भन्ने कुरा घरमै सिकाउन सक्छु। मेरो बुबा किसान भएको ले यो कुरा सिक्न मलाई entrance course लिनु पर्यो । मेरो परिवेश जस्तै एउटा किसान, सानो व्यवसायी वा सुरक्षाकर्मीले आफ्नो सन्तानलाई चिकित्सा वा इन्जिनियरिङका ती 'टेक्निक्स' सिकाउन सक्दैनन् - यसरी उनीहरूको उच्च शिक्षा मा यस्ता विषय को ढोका अघोषित रूपमा बन्द हुन सक्छ ।
* खाडलको जोखिम: यदि कोचिङ सेन्टर नै नहुने हो भने, यो ज्ञान केवल डाक्टर र उच्च पदस्थ कर्मचारीका सन्तानमा मात्र सीमित हुनेछ। 'डाक्टरको छोरा डाक्टर' र 'हाकिमको छोरी हाकिम' मात्र हुने परिस्थिति बन्नेछ। कोचिङ सेन्टरले एउटा किसानको छोरालाई पनि त्यही 'हतियार' दिन्छ, जसले गर्दा ऊ एलिट वर्गका बच्चासँग बराबरीमा प्रतिस्पर्धा गर्न सक्छ।
३. पन्जाब मोडल: समाधान कोचिङ बन्द गर्नु होइन, सस्तो बनाउनु हो ! कोचिङमा समस्या होइन, यसको 'लागत' (Cost) मा समस्या छ। पन्जाबको उदाहरण: भारतको पन्जाब सरकारले 'Mission Pragati' र 'PACE' जस्ता कार्यक्रम मार्फत सरकारी विद्यालयका मेधावी विद्यार्थीलाई NEET (MBBS) र IIT-JEE को लागि निशुल्क र उच्च स्तरीय कोचिङ उपलब्ध गराएको छ।
नेपाल सरकारले पनि कोचिङलाई 'प्रतिबन्ध' लगाउनुको साटो पन्जाबमा जस्तै न्यून शुल्कमा वा निशुल्क रूपमा आफैँले तयारी कक्षाहरू सञ्चालन गर्नुपर्छ।
मेरो स्पष्ट मान्यता छ— १०+२ सम्मको भर्नालाई सरल र इन्ट्रान्स-मुक्त बनाऔँ। तर, डाक्टर, इन्जिनियर र अफिसर बन्ने सपना बोकेका किसानका छोराछोरीका लागि इन्ट्रान्स कोचिङ बन्द गर्नु भनेको उनीहरूको सफलताको ढोका बन्द गर्नु हो। हामीले ज्ञानलाई बजारको नियन्त्रणबाट मुक्त गरी सरकारी स्तरबाटै सस्तो र 'डिजिटल' बनाउनुपर्छ ताकि हरेक गाउँबाट हरेक background बाट आउने विद्यार्थीले पनि काठमाडौँका ठूला स्कूलमा पढ्ने विद्यार्थीलाई चुनौती दिन सकोस्।

NE




