Arjun Narasingha Kc

2.1K posts

Arjun Narasingha Kc banner
Arjun Narasingha Kc

Arjun Narasingha Kc

@ArjunNarasingha

CURRICULUM VITAE (CV) https://t.co/qJfasL1Zoc https://t.co/MOBBSG0gp4

Nepal 参加日 Mayıs 2018
405 フォロー中21.8K フォロワー
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
हार्दिक बधाई तथा शुभकामना सं. प्रधानमन्त्रीज्यू तथा मा. मन्त्रीहरू ! श्री बालेन्द्र शाह (बालेन) नेपालको ४३ औं सम्माननिय प्रधानमन्त्री हुनुभएकोमा खुशी व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गर्दछु। नेपाली जनताबाट ठूलो अपेक्षाका साथ दिईएको स्पष्ट समर्थन र असाधारण जनादेशलाई सदुपयोग गर्दै कार्यकाल पूर्ण सफल होस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु। तपाईंको नेतृत्वमा देशले सुशासन, समृद्धि र विकासको मार्गमा नयाँ गति लियोस् उर्लियेको जन आकान्क्ष्या सम्बोधन हुन सकोस भन्ने आम जन चाहना ले पूर्णता प्राप्त गरोस भन्ने मेरो कामना छ। जनताको विश्वास र अपेक्षालाई सर्वोपरि प्राथमिकतामा राख्दै पारदर्शी, उत्तरदायी र प्रभावकारी शासन सञ्चालन गर्न सफलता मिलोस्। राष्ट्रिय एकता, आर्थिक उन्नति, जनताको समृद्धि र सामाजिक न्याय स्थापनामा उल्लेखनीय योगदान रहोस्। आजै नियुक्त हुनुभएका सबै माननीय मन्त्रीज्यूहरूमा हार्दिक बधाई व्यक्त गर्दै कार्यकालको पूर्ण सफलताको कामना गर्दछु। जय नेपाल।
Arjun Narasingha Kc tweet media
NE
1
1
16
553
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
हिन्दु धर्मावलम्बी हरुको पावन पर्व मर्यादा पुरुसोत्तम श्री राम नवमीको पुनित अवसरमा सम्पुर्ण दिदि बहिनी तथा दाजु भाइ हरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Arjun Narasingha Kc tweet media
NE
1
1
15
293
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा एवं पाचथर जिल्ला कांग्रेस नेता पटक पटकका गाउँ पलिका का पुर्ब प्रधान र अध्यक्ष हुनुभएका नेपाली कांग्रेस पाँचथरका पूर्व उप सभापति तथा प्रजातन्त्र सेनानी संघ पाँचथरका पुर्ब!सभापति घनेन्द्रराज आङ्‌देम्बेको निधन को खबरले अत्यन्त दुखित र मर्माहत छु। दिबङ्गद आत्मा को चीर शान्तिको कामना साथै पुजनीय पिता को शोक मा रहनु भएका भीष्म राज जि लगाएत सम्पुर्ण शोक सन्तप्त परिवारमा गहिरो सम बेदना व्यक्त गर्दछु ।
Arjun Narasingha Kc tweet media
NE
0
0
2
287
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
नेपाली कांग्रेसका पुर्ब सभापति तथा पुर्ब प्रधानमन्त्री ,लोकतान्त्रिक आन्दोलनका शिर्सस्थ नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १६ औं पुण्यतिथिका अवसरमा उहाँप्रति हार्दिक नमन तथा श्रद्धाञ्जली व्यक्त गर्दछु। नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा, शान्ति प्रक्रिया र Comprehensive Peace Agreementका प्रमुख सूत्रधारका रूपमा उहाँको योगदान अविस्मरणीय छ। कठिन परिस्थितिमा पनि लोकतन्त्र र नागरिक अधिकारका लागि उहाँको अडान प्रेरणादायी रहेको छ। आजको दिन उहाँका आदर्श, त्याग र नेतृत्वलाई स्मरण गर्दै सुशासन, स्थायित्व र समृद्ध नेपालको मार्गमा अघि बढ्नु नै सबैको वहा प्रति सच्चा श्रद्धाञ्जली हुनेछ।
Arjun Narasingha Kc tweet media
NE
1
0
9
244
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र इद उल फित्रको हार्दिक शुभकामना व्यक्त गर्दछु। रमजान महिनाको संयम, त्याग र आत्मअनुशासनले हामीलाई मानवता, सहिष्णुता र परोपकारको मार्गमा अघि बढ्न प्रेरित गरोस्। यस पावन अवसरले सबैमा शान्ति, समृद्धि, स्वास्थ्य र खुशीयाली ल्याओस्, आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ प्रगाढ बनोस्। ईद मुबारक! सबैको जीवनमा सफलता, उन्नति र उज्ज्वल भविष्यको हार्दिक सुभकामना पुनः ब्यक्त गर्दछु।
Arjun Narasingha Kc tweet media
NE
0
0
3
116
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
पुर्ब प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूका पिता मोहनप्रसाद ओलीज्यूको निधनको दुःखद खबरले अत्यन्त मर्माहत छु।दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै पुर्ब प्रधानमन्त्री ज्यु लगाएत सम्पुर्ण शोक सन्तप्त परिवारमा गहिरो समबेदना व्यक्त गर्दछु।
Arjun Narasingha Kc tweet media
NE
0
0
4
233
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
विश्वमा धेरै प्रतिष्ठित नेताहरू चुनाव हारेका छन् । चुनाव हार्नु जित्नु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक विशेषता हो। बेलायतका प्रधानमन्त्री सर विन्स्टन चर्चिल दोस्रो विश्वयुद्ध जिताएर पनि सन् १९४५ को आम चुनावमा पराजित भए। खाडी युद्ध जितेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले १९९२ को राष्ट्रपतीय चुनावमा पराजित भए । भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धी शक्तिशाली प्रधानमन्त्री भए पनि सन् १९७७ को चुनावमा हारिन्। नेपाली कांग्रेसका सभापति तथा २०४७ मा अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई २०४७ को सम्बिधान निर्माण र ऐतिहासिक निर्वाचन सम्पन्न गर्दा पनि २०४८ को संसदीय निर्वाचन हार्नु भएकै हो । लोकतन्त्रमा प्रतिष्ठित,जनप्रीय वा शक्तिशाली नेताको पनि हार भएको छ , यो मात्र अस्वाभाविक घटना होइन । तर यसैलाई मापदण्ड बनाएर आमूल सुधार र पार्टी बदल्ने अठोटका मूख्य सारथीबाट नै जिम्मेवारीबाट पन्छिनु आम कांग्रेसको चाहना होइन। नेतृत्व पाएको ५० दिनकै अवधिमा बर्सौ देखि थुप्रिएका विकृति र विसङ्गति र समस्याहरु जादुगरी झैं चुट्कीको भरमा समाप्त पार्ने काम हुन नसक्नु वा नहुनु स्वाभाविक नै हो। पार्टीको प्रमुख सारथी, कांग्रेस सभापतिलाई थाक्ने, निरास हुने वा अल्मलिने छुट छैन। परिस्थिति तथा विरासतको रुपमा आईलागेका खराबी को उपज लाई आधारमा राजीनामा गर्नु गम्भीर राजनीतिक भुल हुनसक्छ!। हतार मा कुनै निर्णय नगरी विगतबाट थुप्रिंदै आएका अपयश, बिकृति र कुडा कर्कट र बर्तमान परिस्थिति तथा परिणाम को निर्मम विश्लेशण, समीक्षा र मूल्याङ्कन गरी भावी रणनीति तयार गर्न पार्टी नेतृत्व युद्धस्तरमा केन्द्रित हुनु आजको प्रमुख आवश्यकता हो।
NE
27
12
108
33.6K
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
गौरीबहादुर कार्कीजीको संयोजनमा गठित जेनजी आन्दोलनमा भएको दमन र ज्यादति बारे गठित जाँचबुझ आयोगले सत्यतथ्य उजागर गर्दै प्रतिवेदन आजै बुझाएको छ। वर्तमान अन्तरिम सरकार गठनको एउटा खास उद्देश्य भदौ २३ र २४ को राष्ट्रिय विध्वंसको घटना निष्पक्ष र न्यायोचित छानबिन गराउनु थियो। सो प्रतिवेदनले दोषी व्यक्ति वा निकायको जिम्मेवारी स्पष्ट किटान गरी कारबाहीको सिफारिस गरेको अपेक्षा छ। आयोगको प्रतिवेदनलाई तत्काल सार्वजनिक गर्नु अनिवार्य छ। साथै आन्दोलनका दोषीहरु उपर न्यायिक कारवाहीको प्रक्रिया सुरु गरिहाल्नु पर्छ। यो बर्तमान सरकार को अनिवार्य र प्राथमिक दायित्व हो। २०४६ सालको जनआन्दोलनका दोषीहरू उपर कारबाही गर्न पूर्वन्यायाधीश जनार्दनलाल मल्लिकको अध्यक्षतामा गठित 'मल्लिक आयोग' र २०६२-६३ को जनआन्दोलन दमनका दोषीहरूउपर छानबिन समिति र पूर्वन्यायधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित 'रायमाझी आयोग' को प्रतिवेदन सार्बजनिक नगरे झै उन्मुक्ति दिने हो र जनतामा परेको आम निरासा र अविश्वासलाई निरन्तरता दिने धृष्टता गरियो भने त्यो ज्यादै भयानक प्रत्युत्पादक हुनेछ। त्यसैले विधिको शासन र सुशासन सुदृढ गर्न प्रतिवेदन तत्काल सर्बजनिक गर्नु, तदनुसार बिधिसंगत निष्पक्ष्य कार्बाहि अनिवार्य छ।
NE
3
5
49
5.2K
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
लामो विवाद, अन्योल, अनिश्चितता, अराजकता र प्रतिकूलतालाई चिरेर अन्ततः प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संसदको नयाँ संरचना र आगामी सरकारको स्वरुप देखापरेको छ । ४५ जना नागरिकको शहादत तथा कुल ७६ नागरिकको आहूतिका साथै बाह्य सैन्य आक्रमण भएजस्तै गरी राष्ट्रिय सम्पत्ति ध्वंश र खण्डहरमा परिणत गर्दै राज्यसञ्चालनका गौरवशाली केन्द्रीय भवनहरू, सरकारी कार्यालयहरू, निजी क्षेत्रका औद्योगिक तथा व्यापारिक केन्द्रहरू, र नागरिकहरूका निजी घरहरूमा आगजनी र विध्वंशको पृष्ठभूमीमा भएको निर्वाचनबाट प्रतिनिधिसभा गठन हुँदैछ । अतः आगामी सरकारले सुशासनको लागि कतिपय कुरा बदल्न सक्छ, तर बदलाको लागि होइन। जेनजी आन्दोलनले जोड दिएका र मैले आफैले पनि बारम्बार सन्सद र राज्य व्यवस्थाका हरेकजसो मञ्च र अवसरमा उठाउँदै आएका राष्ट्रको परम आवश्यकताका एजेण्डाहरूलाई अब आउने सरकारबाट पक्कै कार्यन्बयन हुने आशा गरेको छु । उर्लेको र उरालियको जन आस्था र आशा व्यवस्थापनको अपेक्षा पूरा गर्नु ,आज सम्म क चर्चित भ्रस्टाचार कान्ड हरुको उच्च- स्तरीय छानबिन समिति गठन ,हजार र पाच सयका नोटबन्धी र बिदेश मा रहेका अबैध सम्पत्ति छानबिन तथा राष्ट्रियकरण गर्नु आजको प्रथम आबस्यकता हो भने देश को आर्थिक बिकास र स्मृद्धी का साथै बिधि को शासन ,दण्ड बिहिनता र मुल रूपमा भ्रष्टाचार मा लिप्त शासन प्रणाली ,पद्धति र प्रवृत्ति को निराकरण का पाइला हरुनै आगामी दिनको अग्नि परिक्षा हुने छ। पहिला का हरु लाइ दोश दिएर उन्मुक्ती हुदैन सरकार ले न्यायोचित कार्यान्वयन को आट पहिलो कर्तब्य हो । यही नै जेन्जी बिद्रोह र बर्तमान जनादेशको मुल मर्म पनि हो। विजेता पार्टीले सारा राज्यसत्ता, असीमित अधिकार र अनन्तकाल जितेको होइन, पाँचवर्षको कार्यकालका लागि आवधिक जनादेश पाएको हो । तसर्थ अब शुरू हुने नयाँ सरकारको कार्यकालले बिधिको निष्ठापूर्ण रक्षा र पालनाका साथ राजनीतिक अस्थिरता, भ्रष्टाचार, दण्डहिनता र कुशासनको अन्त्यका लागि कानुनी राजको प्रत्याभूति दिनु नै निर्वाचनले दिएको दायित्व हो । यसमा सरकारलाई बेइमानी, बहानावाजी गर्ने, दोष तथा जिम्मेवारी पन्छाउने प्रवृत्तिले छुट पाउने छैन । नेपाली काँग्रेस लोकतन्त्र , जनभावना तथा चाहना रक्षाको लागि सदैव पहरेदार शक्तिको रुपमा रहनेछ । सरकारका न्यायोचित कार्यको लागि हाम्रो सदैब रचनात्मक र सहयोगात्मक भूमिका रहने छ । अन्त्यमा, नेपाली काँग्रेसलाई आफ्नो अमूल्य मत दिनुभएका आदरणीय मतदाताहरूमा हार्दिक कृतज्ञताका साथै निर्वाचन मा उत्साहपूर्वक सहभागी हुनुभएका सम्पूर्ण मतदाता दिदीबहिनी दाजुभाईहरूप्रति धन्यवाद व्यक्त गर्दछु । अन्त्यमा सम्पुर्ण निर्बाचित तथा घोषण का क्रममा रहनुभएका सबै माननीय हरुमा हार्दिक बधाई तथा सफल कार्यकाल को शु भकामना व्यक्त गर्दछु ।
NE
2
0
13
1.5K
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
जिबन का हरेक पाइला चुनौती ,कठिनाइ,र सङघर्सको यात्रा हो। झन राजनीतिक पार्टी र नेतृत्व को लागि एउटा चुनाव को हार जीत सरकार-प्रतिपक्ष, सदन-सडक स्वाभाविक प्रक्रिया नै हो।तसर्थ यस्लाइ लोकतान्त्रिक पद्धति को सौन्दर्य र बिशेसताको रूपमा लिनु पर्छ। सार्बभौमजनता कोआदेश सिरोधार्य गर्दै लोकतन्त्र, राष्ट्रियता,सुसासन,बिधिको शासन र भ्रस्टाचार मुक्त समाज निर्माण का लागि आउने सरकार लाई पुर्ण सहयोग गर्नु हाम्रो दायित्व रहने छ । पुर्ण सहयोग हुने छ । आत्त्तिनुपर्ने वा मात्तिनु पर्ने स्थिती पटक्कै छैन। "हेर्दै जाउ पर पर अझै रुप देखिन्छ कस्तो "?
NE
6
8
67
17.2K
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
फागु पूर्णिमाको हार्दिक शुभकामना! रङ्ग, उमङ्ग र आपसी सद्भावले भरिएको फागु पूर्णिमाको यस पावन अवसरमा यहाँ तथा यहाँका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो पर्वले हाम्रा मनका सबै द्वेष, कटुता र नकारात्मकता हटाई प्रेम, एकता र भाइचाराको राष्ट्रिय भावना अझ प्रगाढ बनाओस्। जीवनका हरेक पाइलाहरू इन्द्रेणीका रङ्गझैँ सुन्दर, उज्याला र आनन्दमय बनोस।हार्दिक मंगलमय शुभ कामना !
NE
1
0
2
221
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
पवित्र रमादान महिनाको हार्दिक शुभकामना। रमादानको पावन महिना प्रारम्भ भएको छ यो पर्व ले जीवनमा शान्ति, धैर्य, करुणा र आत्मशुद्धिको प्रेरणा मिलोश रोजा, नमाज र दान–धर्ममार्फत् मानवीय सद्भाव, भाइचारा ,राष्ट्रिय एकता र सहिष्णुताको भावना अझ बलियो बनोस्। अल्लाहको कृपाले तपाईं र तपाईंका परिवारजनलाई स्वास्थ्य, समृद्धि र सफलता प्राप्त होस्।सम्पुर्ण इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजु भाइ हरुमा हर्दिक सुभकामना। रमादान मुबारक! 🌙
Arjun Narasingha Kc tweet media
NE
0
0
0
194
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
प्रजातन्त्र दिवस ०८२ को हार्दिक शुभकामना ! नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा ००७ सालको क्रान्ति र प्रजातन्त्र दिवसको अद्वितीय महत्त्व छ। अन्धकार युगबाट मुक्त गरी नेपाल र नेपालीलाई आधुनिक युगको ढोका खोलेको दिवसका रुपमा मात्र फागुन ७ को प्रजातन्त्र दिवस सीमित छैन । विभिन्न महान घटनाहरूको ऐतिहासिक संगमको रुपमा प्रजातन्त्र दिवसले गौरवमय अध्याय बोकेको छ । जननिर्वाचित संविधानसभाबाट संविधान बनाउने २००७ सालको घोषणा, २०१५ साल फागुन ७ मा पहिलो आमनिर्वाचन र जननिर्वाचित सरकार गठनको ढोका खोलिएको, २०४६ सालको जनआन्दोलन यसै दिन प्रारम्भ भएको जस्ता घटनाले यस दिनलाई थप गरिमामय र ऐतिहासिक बनाएको छ । अतः यी ऐतिहासिक उपलब्धीका सन्दर्भलाई बास्तबिक आत्मसात गर्ने प्रतिबद्धता नै यो दिवस मनाउनु को मुल उदेश्य हुनुपर्छ । यो दिवसले जनताको सार्वभौमसत्ता, स्वतन्त्रता, समानता र मानवअधिकारको सम्मानलाई थप सुदृढ बनाउने , लोकतान्त्रिक मूल्य–मान्यता, बृहद राष्ट्रिय एकता र मेल मिलाप , सुशासन, भ्रस्टाचार मुक्त समाज को निर्माण र समावेशी विकासमार्फत समृद्ध, न्यायपूर्ण र शान्तिपूर्ण नेपाल निर्माण गर्ने संकल्प नै यो दिवस को सार्थकता हो र आजको प्रमुख आबस्यक्ता हो । २०८४ मा हुनुपर्ने संसदीय निर्वाचन २ वर्ष अगाडि नै आएको जटिल र गम्भीरतम राष्ट्रिय परिबेस,जेन्जी आदोलन र तत्पश्चात को राष्ट्रिय विध्वंसका गम्भीर र रौ चिरा बिस्लेसण गर्दै ,येस्तो कहिले नदोहोरिने विकल्पको खोजका साथ यो निर्वाचनले समाधान दिन सक्नु मा नै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता र उपादेयता रहन्छ। इतिहासले प्रमाणित गरेको वास्तविकता,प्रजातान्त्रिक समाज को निर्माण र यसको नेपाली जनतामा उच्चतम् सदुपयोग गराउने पहरेदार शक्ति हरु को पहिचान को आबस्यकता छ । यस युगान्तकारी गौरवमय दिवसको सुखद अवसरमा म सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन, क्रान्तिका वीर एवं पौरखी सेनानीहरूप्रति हार्दिक अभिवादनका साथ समस्त स्वदेश तथा बिदेश मा रहनु भएका नेपाली दिदीबहिनी दाजुभाईहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र दिवस २०८२ को सुखद उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।
NE
0
1
3
189
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
नेपालको हिमाली छेत्र लगायत विभिन्न भुभाग मा बसोबास गर्ने आदिवासी शेर्पालगायत बौद्ध धर्मावलम्बी हरुको महत्वपूर्ण पर्व "ग्याल्पो ल्होसर"को हार्दिक मंगलमय शुभकामना। नयाँ वर्षले सबैमा सुस्वास्थ्य, शान्ति, समृद्धि र सफलताको उज्यालो किरण ल्याओस्।समाज र राष्ट्रमा एकता, सद्भाव र सहकार्य सुदृढ बनाओस ।नयाँ आशा, नयाँ ऊर्जा र नयाँ संकल्पका साथ राष्ट्रिय जीवनयात्रा अघि बढोस। प्रकृति, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्ताका लागि उज्यालो भविष्य निर्माण गर्न सफल होस । यो नया बर्ष "ग्याल्पो ल्होसार " २०८२ को सबैमा पुनः हार्दिक मंगलमय सुभकामना।
NE
1
0
4
127
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
हार्दिक श्रद्धाञ्जली तथा समवेदना! नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी सेनानी, नेपाली कांग्रेसका सुवर्णजीको सभापति कार्यकाल (२०१२) का महामन्त्री, पार्टी प्रवक्ता, पूर्वमन्त्री लगायत विभिन्न ओहोदामा बसेर जिम्मेवारी सम्हाल्नु भएका उच्चकोटिका बौद्धिक व्यक्तित्व तथा चिन्तक विश्वबन्धु थापा को निधनले स्तब्ध र साह्रै दु:खी बनाएको छ। २०१५ को पहिलो आमनिर्वाचनमा सांसद निर्वाचित हुनुभएका वहाँ अन्तिम सांसदको रुपमा हुनु हुन्थ्यो २०१७ सालको अप्रजातान्त्रिक कदमपछि उहाँमा नीतिगत विचलन देखिए पनि नैतिक मूल्यको साधना र आदर्शको राजनीतिबाट उहाँ कदापि बिमुख हुनुभएन। स्व.विश्वबन्धु दाइसँग मेरो निकटतम सम्बन्ध थियो। उहाँ मलाई अनुभवले खारिएका विचारका साथ उपयोगी सल्लाह दिने गर्नुहुन्थ्यो। उहाँ मसँग भेटघाट र समसामयिक विषय मा छलफल मा अभिरुचि रख्नु हुन्थ्यो । विश्वबन्धु दाइको देहावसानले राजनीतिको एउटा युगको अन्त्य भएको अर्थमा बुझ्नु अत्युक्ति नहोला । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण शोक सन्तप्त परिबार साथै प्रिय भाइ बन्धु थापामा गहिरो समवेदना व्यक्त गर्दछु।
Arjun Narasingha Kc tweet media
NE
1
1
13
1.2K
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
"ॐ नमः शिवाय शान्ताय सच्चिदानन्दरूपिणे। जगत्कारणरूपाय कालकालाय ते नमः॥" आदि देब भगवान शिवको कृपाले राष्ट्रिय जीवनमा शान्ति, शक्ति, विवेक, एकता र समृद्धि प्राप्त होस्। सत्य,करुणा, न्याय र धर्मको मार्गमा दृढ रहन हामी सबैमा प्रेरणा मिलोस्। भगवान शिव उत्पति हुनु भएको पावन रात यो महाशिवरात्रि पर्व समग्र हिन्दुहरूको अत्यन्त महत्त्व पूर्ण चाड हो।यो पवित्र पर्वको उपलक्ष्यमा देश,विदेशमा रहनु भएका सम्पुर्ण हिन्दु धर्मावलम्बी दीदी बहिनी दाजु भाई हरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Arjun Narasingha Kc tweet media
NE
1
0
5
201
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
फेरि अर्को तमासा ! २०४६ को जनआन्दोलनमा भएका दमन र ज्यादतिको छानबिन गर्न सर्बोच्च अदालतका न्यायाधीश जनार्दनलाल मल्लिकको अध्यक्षतामा आयोग गठन गरिएको थियो । २०६२–६३ को जनआन्दोलनको क्रममा सरकारबाट भएका बर्बरतापूर्ण दमनको निष्पक्ष छानबिन गर्न सर्बोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा आयोग गठन भयो। तर यी दुबै रायमाझी आयोग र मल्लिक आयोगका छुट्टाछुट्टै प्रतिवेदनहरू सार्वजनिक समेत नगरी त्यसै थन्क्याइयो । भदौ २३ र २४ गतेको घटनाबारे निष्पक्ष छानबिनका लागि बनेको आयोगको समयावधि निरन्तर थप्दै पुनः २५ दिन थप्नु राज्य संयन्त्रको ढिलासुस्ती र राजनीतिक इच्छाशक्तिको कमजोरी को ज्वलन्त उदाहरण मात्र होइन यो अर्को तमासा हो ।यस्तो गम्भीर र संवेदनशील घटनामा सत्यतथ्य छिटो सार्वजनिक हुनुपर्नेमा पटक–पटक म्याद थपिनु पीडितका लागि न्याय नदिनु मात्र होइन यो जेन्जी आन्दोलन को अपमान पनि हो। भोलि आउने सरकार ले यस्को स्वामित्व ग्रहण नगर्ने र पुनः अर्को समिति गठन गर्ने वा यो सम्पुर्ण घटनानै बेवारिसे हुनु स्थिति निर्माण हुने पक्का छ। यो अत्यन्त दु:खद र खेद पुर्ण हो। यो म्याद थप केवल जिम्मेवारी टार्ने ,अकर्मण्यता र जनताको विश्वास क्षीण पार्ने अर्को औजार मात्र बन्ने छ ।
NE
5
6
45
7.3K
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
नेपाली कांग्रेसका पुर्ब सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवसमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। लोकतन्त्र, संविधानसभा र समावेशी संविधान निर्माणमा उहाँले पुर्‍याएको योगदान नेपाली राजनीतिक इतिहासमा अविस्मरणीय रहनेछ। सरल जीवन, निष्ठावान् चरित्र र सिद्धान्तप्रतिको अडानले उहाँलाई एक आदर्श लोकतान्त्रिक नेता बनायो। सत्ताभन्दा मूल्य र लोकतान्त्रिक संस्कारलाई प्राथमिकता दिने उहाँको राजनीतिक दर्शन आज पनि प्रेरणाको स्रोत रहेकोछ। स्मृति दिवस को अवसरमा हार्दिक नमन तथा श्रद्धाञ्जली ।
Arjun Narasingha Kc tweet media
NE
3
0
14
793
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
वैचारिक, बौद्धिक, तथा बिकास का क्षेत्र मा गहिरो अध्ययन, विश्लेषण र वैचारिक ब्यक्तित्व प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख संरक्षक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तथा शिव भट्टराईको पिता भोजराज भट्टराईको निधन ले म अत्यन्त दुःखीत छु। दिबङत आत्मा को चीर शन्ती को कामना साथै पित्री शोक मा रहनु भएका पुर्ब प्रधानमन्त्री जि लगयत सम्पुर्ण शोकसन्तप्त परिवारमा गहिर समवेदना व्यक्त गर्दछु ।
Arjun Narasingha Kc tweet media
NE
1
0
3
385
Arjun Narasingha Kc
Arjun Narasingha Kc@ArjunNarasingha·
अमर सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा सबैमा हार्दिक शुभकामना। राष्ट्र, लोकतन्त्र र जनअधिकारको रक्षा तथा नेपाली जनता को स्वाभिमान,सम्मान र स्वतन्त्रताका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। उहाँहरूको त्याग, साहस र समर्पणले हामीलाई न्याय, समानता बिधिको शासन र दण्ड बिहिनता को अन्त्य गर्न निरन्तर जिम्मेवार नागरिकको बाटोमा अघि बढ्न प्रेरणा दिइरहोस्। सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता नै हामिसबैको उहाँहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ । हार्दिक नमन तथा श्रद्धाञ्जली ।
NE
0
2
4
260