고정된 트윗
PHALANO
13.6K posts

PHALANO
@phalano
maintained by @RajeshKC_77, political cartoonist- 🇳🇵 🎧
Nawalpur 가입일 Nisan 2009
31 팔로잉241.6K 팔로워

यसलाई भनिन्छ हाँडीघोप्टे वर्षा 🙃
आज शनिबार बिहान; अबको केही बेरपछि आधा दिन भारी वर्षा देखाउँछ त गाउँमा 🙄
हिजो दिउँसो १४ः१५ देखि १५ः३०, हावाहुरी चट्याङ्गसहित ४१.१५ मिलिमिटर हाँडीघोप्टे पानी पर्यो ।
#rainfall #downpour #lightning #thunderstorm #sehari #phalano #nawalpur #madhyabindu #agrotourism
NE
PHALANO 리트윗함

Your hard work and leading contribution behind the scenes to get the job (elections) done during this fragile transition is really commendable, Ajaya👏.
Your valuable experiences might be very useful to the new govt too...
they might ask you for your support — for a good governance strategy. 😃
English

पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्व माओवादीको २०६४ मा पपुलर मत ३१ लाख ४४ हजार ।
२०८२ सम्म आइपुग्दा पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्व नेकपाको समानुपातिक मत ३ लाख ४१ हजार । अर्थात ९० प्रतिशत खस्कियो ।
...
दाहाल राजनीतिका चतुर खेलाडी हुन् । जेन्जीको चाहना अनि ओली देउवा (आफू लगायत) नेतागणको घिनलाग्दो राजनैतिक खेलको समाप्ती हुने उनले संसदमै बोलेका थिए ।
उनले रवि लामिछानेसँग कहिले जोरी खोजेका छैनन् । आफ्नो नेतृत्वको सरकारमा रवि उपप्रधानमन्त्री थिए । सँधै रविको पक्षमा बोले । नख्खु कारागारमा भेट्न पनि गए ।
२०७४ मा उनि निर्वाचित भएनन् तर "जित" हात पारे । २०७९ मा आफ्नो क्षेत्र चितवन छाडी गोरखा गए र सांसद भए । अहिले पनि रुकुम गइ निर्वाचित भए ।
उनले आफूलाई माहिर खेलाडी सावित गरेपनि अब भने उनको लागि मैदान छैन ।
रास्वपाको २०४६ देखिको फाइल पल्टाउने दावि छ । रास्वपा दृढ रहे दाहाल पनि जोगिन्नन् । तर पनि उनलाई झिनो आशा भने छ नै । त्यसैले उनले रविसँग शुरुदेखि दोस्तीको हाथ बढाए ।
दाहाल माहिर भएपनि उनको राजनीतिक पूर्वार्ध नै 'ब्लन्डर' छ, 'ब्लडी' छ । राजनीतिको शिखरमा पुग्न उनले लिस्नो बोकेनन्, सिस्नु बोके । अर्थात बन्दुक बोके ।
अब भने पोल्ने छ ।
रास्वपा दल नयाँ हो तर नेतृत्व वर्गमा शिक्षा र सामाजिक चेत छ ।
सबैलाई चेतना भया !

NE

प्रधानमन्त्री सुशिला कार्की, उनको मन्त्रीमण्डल, सल्लाहकार, सुरक्षा निकाय, निजामति कर्मचारी, निर्वाचन आयोग तथा चुनावमा होमिइ लहर चलाउने सबै दललाई हार्दिक धन्यवाद 🙏
कार्कीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराइन् ।
र यसको लागि छोटो समयमा उनको टिमले;
१. संविधान संशोधन माग राख्ने जेन्जी पुस्तालाई संविधान बारे बुझाए । जेन्जी सडकमा आएनन् ।
२. निर्वाचन नचाहने तप्कालाई कडा निगरानीमा राखे । 'चर्का प्रसाईं'लाई हलचल हुन दिएनन् । यहाँसम्म कि उनको भारत भ्रमण विफल पार्न भूराजनीति समेत गर्न पर्यो ।
३. अन्तर्राष्ट्रिय समुदायलाई आकस्मिक परिवर्तित घडीमा निर्वाचनको विकल्प नरहेकोमा विश्वस्त पारे ।
४. संसद पूनर्वहालीको लागि रिट हाल्ने दल लगायत सबै राजनीतिक दललाई निर्वाचनको लागि सहमत गराए ।
५. अर्थतन्त्र सशक्त पारे । जेन्जी आन्दोलनले मारमा परेका व्यवसायीलाई तत्काल आर्थिक प्याकेजमार्फत राहत दिए । घाइते तथा शहिद परिवारलाई सम्हाले । पासपोर्ट लगायत संवेदनशील वस्तु खट्किन दिएनन् ।
६. संवेदनशील घडीमा केही मन्त्रीहरूले राजीनामा दिंदा पनि अत्तालिएनन् र सरकार चलिरह्यो ।
यो चुनावको रोचक र विशिष्ट पक्ष चैं प्रत्येक राजनीतिक दल र नेताको हैसियत छरपस्ट हुनेछ। नागरिकले आफूखुशी मत दिन पाए किनभने कुनै गठबन्धन र तालमेल भएन 😃
यो सबै हुनुमा विशेष गरी जेन्जी पुस्ताप्रति आभार 🙏🙏🙏
अब देशले निकास पाउनेमा विश्वस्त हुन सकिन्छ 🙏

NE


@narayanwagle कान छेउ चस्माको डाम मोबाइल हेर्दा र किताब पढ्दालाई हो । खाँदा चस्मा गोजीमा थन्काउँदा हुन्छ, किन कि; जैविक खानालाई चस्मो चाइन्न, आँखा चिम्लेर खाँदा हुन्छ 😎
NE






















