Dr. Prakash S. Mahat
1K posts

Dr. Prakash S. Mahat
@DrPSMahat
Spokesperson of Nepali Congress Party
Kathmandu, Nepal Katılım Ağustos 2014
34 Takip Edilen33.6K Takipçiler

संसद भनेको प्राप्त अधिकारलाई संस्थागत गर्ने र समसामयिक जनसरोकारका विषयलाई छलफल गर्ने वैधानिक थलो हो। अहिले नवयुवा पुस्ताले उठाएका विषयवस्तुहरूलाई समेत संस्थागत गर्न संसद कायम राख्नु उपयुक्त र संवैधानिक हुन्छ। जननिर्वाचित संसद विघटन हुने सोचले कुनै समयमा संवैधानिक शून्यता उत्पन्न भए लोकतान्त्रिक मूल्य–मान्यता समाप्त हुने खतरा रहन्छ भन्ने विषयमा सम्माननीय राष्ट्रपतिज्यू, राजनीतिक दलहरूलगायत सबै सरोकारवाला पक्षहरूको गम्भीर ध्यान जानु अपरिहार्य छ।
NE

मिति २०८२ भाद्र २५ गते
नोट
हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । धेरै युवाहरु र केहि सुरक्षाकर्मिहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु ।
हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगाएत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो । यस्ले लगानिको बातावरण लाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्र्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु ।
देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ ।
प्रिय साथीहरू,
कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने कुनै दुबिधा छैन । पार्टिले अन्य लोकतन्त्र र संविधान प्रती प्रतिवद्द दलहरु संग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा,संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ ।
जय नेपाल !
डा प्रकाश शरण महत प्रवक्ता
NE

नेपाली कांग्रेस काठमाडौंका पूर्व जिल्ला सभापति,पूर्व मन्त्री, प्रजातन्त्रका अथक योद्धा,अध्यात्मिक एवम् समाजिक व्यक्तित्व तीर्थराम डंगोलज्यूको निधन भएको खबरले म स्तब्ध भएको छु। उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको निधनले हाम्रो पार्टी र देशलाई अपुरनिय क्षति पुगेको महसुस गरेको छु।

NE

आज प्रतिनिधि सभाको बैठकमा पेस भएको ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’माथिको सैद्धान्तिक छलफलमा मैले राखेका धारणाहरु। facebook.com/share/12KEPnkk…
NE












