Sabitlenmiş Tweet
🇳🇵गाम्ले केटाे🇳🇵
215.6K posts

🇳🇵गाम्ले केटाे🇳🇵
@GamleKeto
म क्रूर र शान्त दुवै किसिमकाे व्यक्ति हुँ।यो केवल मेरो मुड,स्थिति र व्यक्ति तपाईंमा जो निर्भर हुन्छ!नयाँ छु ट्विटरमा फलाे गर्नु हाेला 100% ब्याक पक्का⛔️NO_DM
pokhara Nepal Katılım Temmuz 2018
17.3K Takip Edilen23.2K Takipçiler

@dil_nisani माओ बाड़ी ले नानी हरू लाई बंदूक बोकाए को चाही के हो?
हिन्दी
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi

कसैले अलिकति आफ्नो समय दिएको थियो मलाई,
सायद उसको लागि त्यो सामान्य क्षण मात्र थियो,
तर मेरो लागि त्यो नै एउटा सुन्दर संसार बनेको थियो।
ती केही पलहरूमा मैँले आफ्नोपन महसुस गरेँ,
मनले नजिकिएको अनुभव गर्यो,
र अनायासै त्यही सानो समयलाई
मैँले प्रेमको नाम दिएँ।
आज पनि ती सम्झनाहरू
मनको गहिराइमा सजाएर राखेको छु,
किनकि त्यो समय केवल बितेको होइन,
मेरो जीवनको एउटा अमूल्य हिस्सा बनेको छ।
सायद उसलाई थाहा पनि छैन,
उसको त्यो थोरै समयले
मेरो मनमा यति धेरै अर्थ भरेको छ भनेर,
तर म भने आज सम्म पनि
त्यही सानो पललाई प्रेम सम्झेर
चुपचाप जिउँदै आएको छु।
#म_अनि_मेरो_भावना
NE
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi

बन्नु छैन मलाई कोही अरू जस्तो,
किनकि अरू बन्ने प्रयासमा
मान्छेले आफ्नै पहिचान हराउँछन्।
म आफै जस्तो छु ... अपूर्ण होला,
कहिलेकाहीँ कमजोर पनि देखिन सक्छु,
तर म नक्कली होइन, साँचो छु।
मेरो आफ्नै सोच छ, आफ्नै भावना छन्,
र यही नै मेरो सबैभन्दा ठूलो शक्ति हो।
अरूको जस्तो बन्ने चाहले
क्षणिक प्रशंसा त दिलाउला,
तर आत्मसन्तुष्टि भने कहिल्यै दिंदैन।
त्यसैले म आफूलाई स्वीकार्दै,
आफ्नै बाटोमा हिँड्दै
यही सानोतिनो साँचोपनमै
मेरो खुशी खोजिरहेको छु।
#म_अनि_मेरो_भावना
NE
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi

फर्केर आउनेछु अर्को जन्ममा,
यो जन्ममा त मैँले
आफूलाई नै जित्न सकिन,
तिमीलाई जित्ने कुरा त टाढै रह्यो…
सायद मेरो कर्म अधुरो थियो,
सायद मेरो माया साँचो भएर पनि
भाग्य सँग हार खायो…
तर एउटा विश्वास छ,
अर्को जन्ममा म
आफैलाई यति योग्य बनाउनेछु,
कि तिमीलाई पाउन
कुनै प्रार्थना गर्न नपरोस्…
त्यो जन्ममा,
तिमी मेरो हुनेछौ,
कर्मले होइन,
मेरो योग्यताले… ❤️
#म_अनि_मेरो_भावना
NE
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
NE
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi

म यसरी हार्नेछु कि,
मेरो हारमा पनि तिम्रो जित अधुरो हुनेछ।
म चुपचाप पछि हट्नेछु,
तर मेरा सम्झनाहरूले तिम्रो हरेक खुसीमा प्रश्न गर्नेछन्।
तिमीलाई जितेँ भन्ने लाग्छ,
तर मनको कुनै कुनामा
मेरो अनुपस्थितिको खालीपन चिच्याइ रहनेछ।
अनि एक दिन,
तिमीले बुझ्नेछौ,
मैँले हारेर पनि जितेँ,
र तिमीले जितेर पनि
आफै सँग हार्यौ… 💔
#म_अनि_मेरो_भावना
NE
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
NE
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi

नयाँ वर्षमा चोखो ति,
प्यारहरुलाई शुभकामना।
मित्रतामा पर्यायबाची,
यारहरुलाई शुभकामना।
समयलाई जित्नसक्ने,
जोशहरुको रफ्तार बढोस..
पूरा होस सबै काम,
हतारहरुलाई शुभकामना।
शान्तीको सन्देश बोकेर,
नयाँ विहान उदाओस..
प्रगति र उन्नतिका,
समाचारहरुलाई शुभकामना।
#Happy_New_Year_2083🌷🙏
NE
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi

अचम्म छ…
म उसकै लागि मरेँ जस्तो लाग्छ,त्यो दिन देखि,
जुन दिन उसले मलाई आफ्नो संसार बाट बिस्तारै हटायो।
त्यसपछि म भित्रको म हरायो,
सपना हराए, चाहना हराए, अनि मुस्कान पनि कृत्रिम बन्यो।
तर झन् अचम्म त यो छ,
ऊ आज पनि जिउँदै छ म भित्र,
मेरो हरेक सासमा, हरेक सम्झनामा, हरेक एकान्तमा।
म उसलाई बिर्सन खोज्छु, तर ऊ झन् गहिरो भएर बस्छ,
म टाढा भाग्न खोज्छु, तर ऊ मेरो आत्मा सँगै गाँसिएको छ।
सायद प्रेम त्यही हो,
जहाँ हामी आफैलाई हराउँछौं,
तर त्यो एक मान्छे कहिल्यै हराउँदैन…
ऊ त सधैं हामी भित्रै बाँचिरहन्छ,
हामी बाँचिरहेका छौं कि केवल उसको सम्झनामा बाँचिरहेका छौं,
त्यो छुट्याउनै नसकिने गरी… 💔
#म_अनि_मेरो_भावना
NE
🇳🇵गाम्ले केटाे🇳🇵 retweetledi




