
डायस्पोरा बण्ड सफल बनाउन पहिलो आवश्यकता विश्वव्यापी NRN डिजिटल प्लेटफर्म हो। विश्वभरका NRN को लगानी क्षमता, रुचि, क्षेत्र र योजना सम्बन्धी सर्वेक्षण गरी वास्तविक तथ्यांक संकलन गर्नुपर्छ। साथै विगतका कोष, डायस्पोरा फण्ड र बचत बण्ड किन सफल वा असफल भए भन्ने गम्भीर समीक्षा पनि आवश्यक छ। त्यही आधारमा मात्र विश्वसनीय, पारदर्शी र परिणाममुखी लगानी मोडल बनाउन सकिन्छ।
NE



