शनिबारबाट आइतबार
कति नजिक छ
एक सासको दूरीजति
तर
आइतबारबाट शनिबार
कति टाढा
मानौँ
महिनौँभरि
तन्किएको एउटा हप्ता
यस्तै हुन्छन्
केही सम्बन्धहरू पनि
एउटाले बोलाउनुपर्ने,
अर्काले
सम्झिनुपर्ने
– राजबल्लभ कोइराला
उमेर हुँदा
रौसी
खाँदै
झ्याप् हुन्थे
साथीले समाल्थ्यो
साथी छ
भनेर नै झ्याप हुन्थे म
आजकल
झ्याप हुन पनि डर लाग्छ
साथी
समुद्र पारी बस्छ
मलाई कसले समाल्छ?!
भजन सुन्दा–सुन्दै तपाईका आँखा रसाएका छन्?
यदि रसाएका छन् भने त्यो तपाईको हृदय पूर्ण रूपमा भक्तिरसमा डुबेको प्रमाण हो।
मनको गहिराइमा एक अद्भुत तरंगलाई तपाईले अनुभव गर्नुभयो।
अपरान्हको व्यस्त संसारको आकाशमुनि सोफामा बसेर नेपाली सुगम संगीतका मिठा गीतहरू सुन्दै यतै केही मिनेट निश्चिन्त पल्टिन पाउनु पनि भाग्य नै हो बाबै - शरीर, मन र आत्मा सबै खुशी भएका जस्ता
युवा अवस्थाका ती अनगिन्ती फुर्सदीला दिनहरूमा यस्तै गरिन्थ्यो… आज फेरी सम्झिँदा नोस्टालजिक बनायो
☕️
जस्तो कि,
संसारमा
युद्धले
ढोका
कुनै पनि प्रहर
ढकढक्याउन सक्छ
तर
समाजका सभाहरूमा
तालियाँ गुञ्जिरहेका छन्
प्रतिष्ठाको
अच्चमको होड छ,
मोह छ
मान्छेहरूलाई
पहिचान चाहिएको छ,
मान र शान चाहिएको छ
तर
पृथ्वीलाई
शान्ती…