Dr Shekhar Koirala

1.3K posts

Dr Shekhar Koirala banner
Dr Shekhar Koirala

Dr Shekhar Koirala

@Shekharnc

Former Central Committee Member of Nepali Congress Party, Former Member of Parliament, Nepal, Former Vice-Chancellor Of BPKIHS.

Biratnagar Katılım Şubat 2015
330 Takip Edilen74.9K Takipçiler
Sabitlenmiş Tweet
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
नयाँ वर्ष २०८३ को शुभकामना । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । बितेको वर्षले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको छ । विशेषगरी युवापुस्ताको सक्रियता, चेतना र सहभागिताले राजनीतिलाई नयाँ दिशा दिएको छ । सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब केवल विरोधमा मात्र सीमित नभई नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको छ । यस परिवर्तित परिवेशमा सरकारप्रति जनताको अपेक्षा अझ बढेको छ । जनताले अब परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेका छन् । काम गर्ने, देखिने र अनुभव हुने सरकारको आवश्यकता आज झनै तीव्र भएको छ । सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो । लोकतन्त्रका लागि लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित नेपाली कांग्रेस आज पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति हो । बदलिँदो समयअनुसार आफूलाई रूपान्तरण गर्दै र नयाँ पुस्तालाई समेट्दै अघि बढ्नु कांग्रेसका लागि अपरिहार्य बनेको छ । आफ्ना मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकताबद्ध भएर अघि बढ्न सकेमा कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ । राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो । नयाँ वर्षले हामी सबैमा सकारात्मक सोच, नवीन ऊर्जा र एकताको भावना ल्याओस् । साझा प्रयासबाट समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माण गर्ने दृढ संकल्पका साथ अघि बढ्न सकियोस् । यस नयाँ वर्षले तपाईं हामी सबैका सपना, आकांक्षा र लक्ष्यहरू पूरा गर्ने नयाँ अवसरहरू सिर्जना गरोस् । जय नेपाल । डा. शेखर कोइराला २०८३ बैशाख १ गते
Dr Shekhar Koirala tweet media
NE
2
3
13
613
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
भर्खरै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार भएको छ । साथीहरुमा यसवाट स्वभाविक रुपमा मेरो भूमिका के कस्तो रह्यो र मैले कसरी यसलाई लिएको छु भन्ने जिज्ञाशा होला । १. मेरो सामान्य सोच के छ भने– पार्टीको समग्र एकता नभै हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं । विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौंण हुन जान्छ । कांग्रेसको इतिहास र परम्परा यही हो । २. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यो । हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ । ३. हाम्रा अगाडि स्थानीय तह र प्रदेशको निर्वाचन छ । यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य माथि प्रश्न उठने खतरा म देख्दैछु । ४. कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं । मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ । ५. आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ । अन्त्यमा, हिजो बैशाख– २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नविकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५ औं महाधिवेशन (एकता महाधिवेशनका रुपमा) सम्पन्न गरिनुपर्छ । कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ ।
NE
2
3
16
1.9K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी, पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई हार्दिक शुभकामना । सत्य, निष्पक्षता र जनउत्तरदायित्वको मूल्य माथि अडिग रहँदै समाजलाई सचेत र सशक्त बनाउने पत्रकारिताको भूमिका आजको जटिल र संवेदनशील राजनीतिक परिवेशमा झनै महत्वपूर्ण बनेको छ । स्वतन्त्र प्रेस लोकतन्त्रको आधार स्तम्भ हो, जसले सत्तालाई प्रश्न गर्ने, जनताको आवाजलाई स्थान दिने र पारदर्शितालाई प्रवर्द्धन गर्ने काम गर्दछ । नेपालको वर्तमान सन्दर्भमा प्रेस स्वतन्त्रता केवल अधिकार मात्र होइन, एक जिम्मेवारी पनि हो—जहाँ सूचनाको विश्वसनीयता, दवाब र प्रभावबाट मुक्त रिपोर्टिङ तथा नागरिकको विश्वास कायम राख्नु अत्यावश्यक छ । यस दिवसले हामीलाई सम्झाउँछ कि स्वतन्त्र र सशक्त पत्रकारिता बिना लोकतन्त्र कमजोर हुन्छ । त्यसैले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको प्रतिबद्धता आवश्यक छ, ताकि सत्य र न्यायको आवाज कहिल्यै दब्न नपाओस् ।
NE
1
5
17
948
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुभकामना ।
Dr Shekhar Koirala tweet media
NE
1
2
16
278
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
लोकतन्त्र दिवसको शुभकामना ।
Dr Shekhar Koirala tweet media
NE
3
4
33
949
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
नयाँ बर्ष २०८३ को शुभकामना ।
Dr Shekhar Koirala tweet media
NE
2
2
26
620
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
रामनवमीको शुभकामना ।
Dr Shekhar Koirala tweet media
हिन्दी
1
6
40
1K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य भिष्मराज आङ्दम्बे र जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्दम्बेका बुवा प्रजातन्त्र सेनानी घनेन्द्रराज आङ्दम्बेको निधनले दु:खी बनाएको छ । स्व. घनेन्द्रराज आङ्दम्बेले पाँचथरको पार्टी संगठनमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । शोकाकुल यस समयमा भिष्मराज आङ्दम्बे, रामराज आङ्दम्बे लगायत समस्त परिवारजनमा समवेदना र स्व. घनेन्द्रराज आङ्दम्बेप्रति भावपुर्ण श्रद्धाञ्जली ।
Dr Shekhar Koirala tweet media
NE
2
4
14
754
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
ईदुलफित्रको शुभकामना।
Dr Shekhar Koirala tweet media
हिन्दी
5
7
43
1.3K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक जंगलमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछिको हत्याले अत्यन्तै स्तब्ध बनाएको छ । यो दर्दनाक र निन्दनीय घटनाको दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही होस । कुनैपनि शक्तिको आड र बहानामा दोषीले उन्मुक्ति नपाओस ।
NE
2
11
92
6.6K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
अन्तराष्ट्रिय नारी दिवसको शुभकामना ।
NE
12
0
38
4.2K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु, फागुन २१ गतेको आम चुनाव सम्पन्न गरेर देश अब सरकार निर्माणको दोश्रो चरणमा प्रवेश गर्दैैछ । निर्वाचनमा म नेपाली कांग्रेसको “रुख” चुनाव चिन्ह लिएर भोट माग्न तपाईहरुको घर दैलोमा आएँ । लोकतान्त्रिक निर्वाचन जय र पराजय भन्दा माथि एउटा संंस्कार र संस्कृतिको विकास गर्ने पद्धति हो र मेरो पार्टी नेपाली कांग्रेसले यसलाई बुझ्दै आएको छ । नेपाल राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा र संवर्धन लोकतान्त्रिक पद्धतिवाट आम नागरिकको भरोसा र विश्वास जितेको सरकारले मात्र गर्न सक्छ । यसै लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य युवाहरु भर्खरै सम्पन्न निर्वाचनमा विजयी हुनुभएको छ । युवाहरु जो यो राष्ट्रको परिवर्तनका वाहक हुन, भावी संसदमा हामी नीति निर्माणमा पुगेको देख्नेछौं । यो खुशीको कुरा हो । मोरङ क्षेत्र नं–६, जस्ले लोकतान्त्रिक विरासतको लामो इतिहाँस र संघर्षका अनेकन् गाथाहरु बोकेको छ, त्यस क्षेत्रबाट अत्यधिक बहुमतका साथ विजयी हुनु भएकी रुविना आचार्यलाई म बधाई दिन चाहन्छु । उहाँले आफ्नो कार्यकालमा यस क्षेत्रका जनताको सेवा, सुधार र समृद्धिमा गर्ने काममा मेरो साथ र समर्थन रहने छ । त्यस्तै सम्पन्न निर्वाचनमा मलाई आफ्नो मत प्रयोग गरेर विश्वास र भरोसा गर्ने मोरङ क्षेत्र नं– ६ का सवै मतदातालाई म अन्तष्करणबाट धन्यवाद दिन चाहन्छु, आभारी छु । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सफल भएकामा सवै प्रशासक, सुरक्षा निकाय लगायतलाई पनि म धन्यवाद दिन चाहन्छु । अन्तमा, मलाई लामो समयदेखि मोरङ क्षेत्र नं–६ वाट निर्वाचित गराएर पठाउने मेरा मतदाताहरु सँग मेरो पराजयले कुनै फरक पर्ने छैन । मेरो यस क्षेत्रसँग जुन अटुट सम्वन्ध र प्रेम छ त्यसको निरन्तरतामा रत्तिभर पनि आँच आउँन दिने छैन । म विश्वास दिलाउन चाहन्छु । जय नेपाल डा. शेखर कोइराला मोरङ क्षेत्र नं–६ कोइराला निवास बिराटनगर । फागुन–२३–२०८२
Dr Shekhar Koirala tweet media
NE
19
10
92
17.7K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
मध्यपूर्वमा अमेरिका-इजरायल र इरान बिच सुरु भएको द्वन्द, खलबलिएको विश्व शान्ती, र त्यसले निम्त्याउने आर्थिक तथा अन्य समस्याहरुले हामीलाई चिन्तित बनाएको छ। अहिले म हाम्रा लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्झिरहेको छु, जो आफ्ना सन्तानको उज्ज्वल भविष्यको निम्ति मध्यपूर्वमा रोजगारीका लागि पुग्नुभएको छ। यस्तो त्रासदीपूर्ण अवस्थामा म नेपाल सरकारसँग उचित कूटनीतिक पहलमार्फत उहाँहरूको सुरक्षाको व्यवस्था सुनिश्चित गर्न आग्रह गर्दछु। सरकारले आवश्यक परेमा सुरक्षा संवेदनशीलताको आधारमा उद्धार तथा पुनर्स्थापना प्रक्रिया अगाडि बढाओस् र त्यहाँ रहेका नेपालीहरूका लागि विशेष सञ्चार संयन्त्र स्थापना गरोस्, ताकि आपतकालीन अवस्थामा तत्काल समन्वय र सहयोग सम्भव होस्। साथै, द्वन्द्वका सबै सम्बन्धित पक्षहरूलाई संयमता अपनाउँदै शान्तिपूर्ण संवाद र कूटनीतिक वार्ताको माध्यमबाट दीगो समाधान खोज्न हार्दिक आग्रह गर्दछु ।
NE
6
3
29
2.2K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
प्रजातन्त्र दिवसको शुभकामना ।
Dr Shekhar Koirala tweet media
NE
1
4
39
1.1K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
आईसीसी टी-२० विश्वकप-२०२६ मा स्कटल्यान्डलाई हराउँदै नेपालले जित हासिल गरेको छ । बधाई नेपाली टिम ।🇳🇵 #NepaliCricket #JayNepal
Dr Shekhar Koirala tweet media
NE
0
6
40
866
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
महा शिवरात्रिको शुभकामना ।
Dr Shekhar Koirala tweet media
हिन्दी
3
3
103
1.9K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
आईसीसी टी -२० बिश्वकप: हिजो इंग्ल्यान्डसँगको खेलमा नेपाली टिमले देखाएको साहस र उत्कृष्ट प्रदशनले विश्व क्रिकेटप्रेमीहरुको मन जितेको छ । बधाई नेपाली टिम ।🇳🇵 #NepaliCricket #JayNepal
Dr Shekhar Koirala tweet media
NE
0
4
69
1.3K
Dr Shekhar Koirala
Dr Shekhar Koirala@Shekharnc·
आईसीसी टी -२० बिश्वकपमा सहभागी नेपाली टिमलाई अग्रिम बधाई र शुभकामना । जय नेपाल 🇳🇵 #NepaliCricket #JayNepal
Dr Shekhar Koirala tweet media
NE
4
4
86
2K