मोहन

3K posts

मोहन banner
मोहन

मोहन

@SojhoMohan

सोझो मान्छे

Canada Katılım Ağustos 2015
493 Takip Edilen794 Takipçiler
मोहन
मोहन@SojhoMohan·
हेर न प्रिय आन्दोलन भयो र फेरियो देशको सत्ता सकिए जिन्दाबाद र मुर्दाबादका नाराहरु पुराना हुदै गए सिहदरबार जलेका कथाहरु मगमगाउन थाले ठ्वास्स घृणा गनाएको हाम्रो सभ्यता, तर अचम्म यि सबका बाबजुत फेरिएनन् तिम्रा यादहरु रोकिएनन् तिम्रा सम्झनाहरु।
NE
0
1
4
75
मोहन
मोहन@SojhoMohan·
एउटी राम्री केटी चुरोट तान्दै छे दुई मुलायम ओठको बाटोबाट चोर र माझी औंलाको कापमा च्यापेर, पार्किंग लटको कारभित्रबाट म हेरिरहन्छु एकटकले गुजुल्टिएको बाक्लो धुवा दिन्छ कलात्मक आकार बत्तिन्छ आकासतिर पातलिन्छ र हराउॅंछ मलाई अचम्म लाग्छ किनकि उसले चुरोट तानिरहिछे र नशा चैं मलाई चढीरहेछ।
NE
0
2
11
151
मोहन
मोहन@SojhoMohan·
तिमी बेकार मन्दिर जाने कर गर्छ्यौ त्यो पत्थरको मुर्ती न केही बोल्छ न केही सुन्छ, भो म त यसै पल्टिन्छु तिम्रो काखमा बरु यहीं गर्छु लडिबुडी हेरिरहन्छु एकटक तिमीलाई र भनिदिन्छु यही आशिर्वाद नै काफी छ यहीं नै भगवान छ।
NE
0
7
16
287
मोहन
मोहन@SojhoMohan·
डर लाग्छ मलाई तिम्रो मौनतासॅंग किनकी सुनेको छु आवाजभन्दा भयानक हुन्छ मौनता बिष्फोट हुन सक्छ मौनता एटम बम जस्तै डुबाउन सक्छ मौनताले शान्त महासागरले जस्तै र निम्त्याउन सक्छ एपोक्यालिप्स त्यसैले प्रिय बरु गर मेरो भरपुर निन्दा तर तोडिदेउ त्यो रहस्यमयी मौनता बिदा गरिदेउ त्यो भयंकर मौनता।
NE
0
5
15
326
मोहन
मोहन@SojhoMohan·
कहिलेकहिं मन लाग्छ करार गर्न आफैलाई मुर्ख वा पागल भनि किनकी न कुनै डोरि न कुनै धागो हरदम हरपल अदृश्य बांधिईरहेछु तिमीसॅंग कहिले जोडले हांसीरहेछु कहिले जोडजोडले रोईरहेछु तर बिडम्बना दुनिया भिडाईरहेछ मलाई एकलकाटेको भयानक बिल्ला निर्दयीको खोटो पहिचान।
NE
0
2
10
273
मोहन
मोहन@SojhoMohan·
पानी बाड्ने केटो गृहमन्त्री बन्छ भने भाडा माज्ने बले क्यासिनो किंग बन्न किन सक्दैन? 😃😃😃😃😃😃 पुरै एकै बसाईमा हेरियो। रमाईलो लाग्यो। youtu.be/VID7LNjY464?si…
YouTube video
YouTube
NE
1
0
3
195
मोहन
मोहन@SojhoMohan·
जिन्दगीका पाटाहरू पल्टाउँदै जाँदा मैले थाहा पाएँ— प्रेम केवल शब्दहरूमा उनिने अक्षर मात्र होइन रहेछ, यो त सँगै हिँडेका ती अनगिन्ती बाटाहरूको कथा रहेछ। जसरी एउटा वृक्षले शान्त भएर माटोलाई समात्छ, त्यसरी नै तिम्रो उपस्थितिले मेरो अस्थिर मनलाई थामिदिन्छ। हामीबीचका ती लामा मौनताहरू, जहाँ कुनै स्पष्टीकरणको आवश्यकता पर्दैन, जहाँ आँखाहरूले नै भविष्यका योजनाहरू कोरिरहेका हुन्छन र लिन् हुन्छन् मिठो बातचितमा। प्रेममा ध्वनीको मात्र हैन मौनताको आवाज पनि चर्को हुने मिठो हुने, अविष्मरणिय हुने। धन्य लाग्छ त्यो दिन त्यो भेट र प्यारको ईजहार कुनै बिग ब्यांग भन्दा कम लाग्दैन।
NE
1
5
19
470
मोहन
मोहन@SojhoMohan·
तिम्रो एउटै मुस्कान काफी छ— मेरो सामान्य दिनलाई उत्सव बनाउन।
NE
0
1
3
175
मोहन
मोहन@SojhoMohan·
समय धेरै अघि बढिसक्यो तर पनि खै कसरी हो तिम्रो सम्झनाको बाटो अझै उस्तै छ— तिमीलाई भुल्ने हरेक प्रयासहरू तिमीलाई नै सम्झिने बहाना बनिदिन्छन्, भलै हामी एउटै आकाशमुनि छौँ र पनि लाग्छ हामी उछुट्टिएका छौं उल्काजस्तै, सायद अधुरो भएरै होला प्रेमकथा तिमी श्वास फेरिरहेछ्यौ आज पनि मेरा कविताका शब्दहरूमा, बिछोड त केवल शरीरको मात्र रहेछ किनकी मन अझै त्यहीँ छ— जहाँ तिमीले मेरो हात छोडेकी थियौ।
NE
0
1
3
152
मोहन
मोहन@SojhoMohan·
बसन्त ऋतु र तिमी बाहिर अलिकति हावा फेरिएको छ, लाग्छ, प्रकृतिले लामो सास फेरेर भर्खरै ब्यूँझिएको छ। मञ्जरीका मुनाहरूमा एउटा नयाँ रहर पलाएको छ, ठ्याक्कै त्यस्तै— तिम्रो एउटा सानो मुस्कानले मेरो ओइलाएको मनमा आशाको पालुवा पलाईरहेछ। हिजोसम्म रिक्त रहेका रूखका हाँगाहरूमा आज चराहरूले गीत भर्न थालेका छन्। यी नयाँ फूलका पत्रदलहरू, र तिम्रो प्रेमको कोमलतामा अचम्मको समानता छ— दुवैले मलाई बाँच्न सिकाउँछन्, दुवैले मलाई फुल्न सिकाउँछन्। हुन त वसन्त एउटा मौसम मात्र हो, तर जब तिमी मेरो नजिक हुन्छौ— मलाई हरेक दिन बैशाखको सुगन्धित साँझ लाग्छ। तिम्रो र मेरो सम्बन्ध, त्यो शितल बतास जस्तै छ, जसले नछोईकन पनि पुरै अस्तित्वलाई सुम्सुम्याएर जान्छ। घामका किरणहरू न्यानो हुन थालेका छन्, र मेरो हृदयको कुनामा कतै एउटा पुरानो कविताले फेरि आकार लिन थालेको छ। शायद यही नै प्रेमको वसन्त हो— जहाँ शब्दहरू झर्दैनन्, मात्र सुगन्ध बनेर फैलिइरहन्छन्। प्रकृतिको यो पुनर्जन्म साक्षी राखेर म भन्न सक्छु, जुन दिन तिमीले मेरो हात समात्यौ— त्यही दिन मेरो जीवनमा आधिकारिक रूपमा 'वसन्त' भित्रिएको थियो। बाँकी त केवल क्यालेन्डरका पानाहरू हुन्, मेरो वास्तविक ऋतुराज त तिमी हौ।
NE
0
4
15
572
मोहन
मोहन@SojhoMohan·
आकाशमा बतास हराएजस्तै, म तिम्रो हेराइमा हराउँछु। न कुनै सिमा, न कुनै परिधी माथि-माथि उडिरहेको त्यो मुक्त बादलजस्तै हाम्रो प्रेम। तिम्रा हातका रेखाहरूमा मैले आफ्नो भाग्य खोज्नु पर्दैन, किनकि तिम्रो उपस्थिति नै मेरो पूर्ण जिवन हो। जुनतारा त्यति चम्किला लाग्दैनन्, जति तिम्रो मुस्कानले मेरो अँध्यारो संसार उजिल्याउछ। थाहा छैन, भोलि के होला तर शीतल बतास जस्तै तिमी र तिम्रो हार्दिक प्रेम, महसुस गर्न सकिन्छ आत्मसाथ गर्न सकिन्छ।
NE
0
9
19
887
मोहन
मोहन@SojhoMohan·
कहिले सुस्तरी बतास भई, मनको आँगन छुन्छौ तिमी कहिले आँखाका नानीहरूमा, सपना बनी झुल्छौ तिमी। साँझको त्यो मधुरो जून, अनि ताराको चमकमा जताततै मेरै वरिपरि, सुवास बनी खुल्छौ तिमी। तिमी हाँस्दा लाग्छ कतै, गुराँसहरू फुलेका छन् तिमी बोल्दा लाग्छ कतै, झरनाहरू झुलेका छन्। शब्दमा कहाँ अटाउँछ र, यो मनको गहिरो माया तिम्रै सामिप्यतामा मेरा, सारा दुःखहरू भुलेका छन्। न मागूँ म आकाशको जून, न त धनको भारी नै तिमी छौ र त सुन्दर छ, मेरो जीवनको बारी नै। जुनी जुनी यसै गरी, सँगै हिड्न पाइयोस् तिमी मेरो सहारा बन्नु, म तिम्रो छहारी नै।
NE
0
6
11
374
मोहन
मोहन@SojhoMohan·
खै रात छोटो भएर हो वा बाटो मोडिएर हो हिंजोआज न सपना देखिन्छ न निन्द्राले नै छोडिजान्छ।
NE
0
0
2
75
मोहन
मोहन@SojhoMohan·
शुन्यतामा आवाज खोजेजस्तै एक्लोपनमा खोजीरहन्छु तिमीलाई तर न शुन्यतामा आवाज भेटिन्छ न एक्लोपनमा तिमी भेटिन्छ्यौ देख्छु टोलाईरहेको बेला कहिलेकहीं बात मारिरहेका शुन्यता र एक्लोपन सन्नाटाको अधिराज्यमा बिचरो म किंकर्तव्यबिमुढ एक सर्को चुरोट तान्छु र लखर लखर चल्न थाल्छु।
NE
0
0
5
113
मोहन
मोहन@SojhoMohan·
यस्तै छ जिन्दगी।
मोहन tweet media
NE
0
0
2
65