राजा 👑

2.3K posts

राजा 👑 banner
राजा 👑

राजा 👑

@_messi_lover

किन यति आतुर हुनुहुन्छ मेरो बारेमा जान्न जबकी तपाईं आँफुबाट नै अपरिचित हुनुहुन्छ । @fcbarcelona💙❤️ @Leo_messi_10 ⚽️ DM🚫 गोदाम - @sushant12311

Jhapa Nepal Katılım Nisan 2017
4.8K Takip Edilen5.2K Takipçiler
Sabitlenmiş Tweet
राजा 👑
राजा 👑@_messi_lover·
मार्न त मैले पनि मारेकाे छु कहिले अन्जानमा कहिले जनाजान, निररासामा अाशा मारेकाे छु बिछाेडमा माया मारेकाे छु कसैलाई सुईकाे नदिई यदा कदा अाफ्नै मनलाई पनि मारेकाे छु । फरक यति रहेछ सास मरेपछि मात्रै सकिदाे रहेछ तर माया मर्दै नमर्दाे रहेछ अाशा मरेझै जस्ताे मात्र हुदाे रहेछ ।
NE
15
100
384
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
रंग एउटा तिम्रो छ रंग एउटा मेरो छ केहि गाडा केही फिक्का थोरै फिक्का हुदा म बढि गाडा हुदैनौ तिमी केही गाडा हुदा म धेरै फिक्का हुदैनौ तिमी मिस्सिदैमा पनि त अस्तिव हराउदैन हाम्रो तिम्रो आफ्नै जात छ मेरो आफ्नै जात छ फरक भएर पनि सँगै हुन सक्छौ हामी नहराईकन नबिलाईकन आउ..
NE
1
3
18
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
एउटा पृथ्वी छ अनि एउटै छ संसार यहाँ समुन्द्र छ यहाँ हिमाल पनि छ तर न समुन्द्रले न त हिमालले देखेका होलान् एक अर्कालाई कसरी थाहा होला र खाेई यिनलाई याे गहिराे सम्बन्ध कसले सुनाईदेला कसले बुझाइदेला स्वरूप मात्रै फेरिएकाे भनेर मात्र एउटा पग्लेकाे छ एउटा जमेकाे छ तर दुवै नै छन यहाँ ।
NE
0
5
34
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
भित्ते पात्रोको पन्ना जसरी एक-एक गर्दै पल्टिदै भोलीसंसार मा पुग्नु त छदै छ तिमी न तिम्रो डरले न त रोधनले न तिम्रो विनयले रोकिने वाला छ पान्ना पल्टिन टाउकाँ पो रंग पोतौला अनुहारा पो क्रिम धसौला मुटुलाई कसरी झुक्याउछौ? मनसँग के बात मार्छौ ? 🖤
NE
0
5
32
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
झरेको प्वाख देखे चरा अझै छन सोच्छु ढुङ्गाहरू देखे देवता अझै जन्मन्छन् सोच्छु दुवोको त्यान्द्रो देखे पृथ्वी अझै हरियालि छ सोच्छु अनि देख्छु टुक्रिएकाे मन.... बद्लिन्छ साेच प्रेमिल बिहान देख्छु निष्पट्ट रात अझै बाँकी छ सोच्छु उनका कोमल अाँखा सोच्छु त्यहाँ पनि कपट लुकेको देख्छु ! 🖤
NE
2
7
49
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
सुरङ झै खुम्चिएकाे पहाड झै बाेझिलाे कुइराे झै अष्पट्ट ‌औशी झै निष्पट्ट हुन्छ मन कहिले फेरी.. आकाश झै फराकिलो बाफ झै हलुका शित झै चोखो आखा झै निश्चल फुल झै शुन्दर कपास झै कोमल हुन्छ यो मन.. आखिर फेरीन्छ यो मन उनकै यादले कोमल हाँसोले अनि उनकै मायाले फेरीन्छ मिठास अनि प्रेमिल बोलिले
NE
3
12
54
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
जबजब बन्द आँखाहरू भित्र तिम्रो आकृति मुस्कुराँउछ! लाग्छ .... आँखाहरू नखोलेरै हेरिरहुँ!
NE
1
8
34
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
माया प्रितिका अनेक जायज-नाजायज सपना देख्थे म कल्पनामैं म उनलाई अाफ्नै समीप ल्याउथे असिमित प्रेम गर्थे हुन्थे प्रेमिल भलाकुसारि पनि कल्पनामा मलाई... अहँ थिएन् कुनै रोक-तोक त्यसैले त, म अराजक पनि भईदिन्थे अनि अश्लिल पनि !!
NE
1
7
46
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
मेरै झ्यालबाट देख्दै छु रुदै छ आकाश बर्साउदै छ पिडाहरु साच्चै, म झरी किन भइन??? हुदो हु त निस्फिक्री बगाउथे बर्सौ देखी लुकाइराखेका पिडाहरु😏
NE
1
22
86
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
जबजब बन्द आँखाहरू भित्र तिम्रो प्रेमिल आकृति मुस्कुराँउछ! लाग्छ .... आँखाहरू नखोलेरै हेरिरहुँ! 💙❤️
NE
3
7
74
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
बगरहरू दुई किनारमै शुन्दर हुन्छन्; जोडिने त नदिको अस्तित्व समाप्ति पछि मात्र हो, सायद हाम्रो सम्बन्ध नि उस्तै हुँदो हो !! 💙❤️
NE
1
11
64
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
थाहा छैन मलाई तिमी मसँग छौ या म तिमीसँग , मलाई यत्ती मात्र थाहा छ- "तिमी र म सँगै छाैं।" 💙❣️
NE
3
20
80
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
दुखाउने घाउ त हजार छन् चुप यस कारण बसेकि छु; देखाउने दाग कुनै छैन् !! 🖤
NE
0
4
40
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
एकपटक मात्र दुखेको मन भए पो सहन गाह्रो हुन्थ्यो, धेरै पटक दुख्दा त बानी पर्दो रहेछ !! 😂
NE
0
11
51
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
हिजो अभाव र दु:ख थियो दुखी थिएनन् आज सुविधा र सुख छ खुसी छैनन् यो समय; यसरी नै अगाडि बढिरहने हो भने.............!! भोलि मान्छेको अवशेष रहला अस्तित्व रहन्न । 💙❤️
राजा 👑 tweet media
NE
1
5
40
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
म एक खाली बिल एक खाली विभाग र एक खाली पेट हुँ म एक सभा एक श्रोता एक वाह र एक ताली हुँ म नेताजीको एक गीत एक भाषण र एक गाली हुँ म एक जुलूस ए उफ्र्याइँ एक नारा र एक झण्डा हुँ बस म केवल एक क्रान्ति एक प्रजातन्त्र एक चुनाउ र एक भोट हुँ केवल एक भोट हुँ -भुपी
NE
0
4
12
0
राजा 👑 retweetledi
राजा 👑
राजा 👑@_messi_lover·
मेरा पैतालाले छैन चिनेको जुत्ता र चप्पल तिम्रा पैतालाले पनि त चिनेको छैन जमिन र माटो अहँ, छदै छैन सायद तिमीलाई जमिनले बिझाउँछ अनि मलाई जुत्ताले चप्पलले, जतासुकै तिमीलाई गाडीले पुर्याउँछ मलाई खुट्टाले, म आफ्नै स्वाभिमानमा उभिएको छु तिमि..........!!
NE
0
4
22
0
राजा 👑
राजा 👑@_messi_lover·
मैसम विभाग भन्दैछ बर्षा हुन्छ बाहिर ननिस्कनु, सरकार छाप्रा भत्काइ सुकुम्वासी निकाल्दैछ !!
NE
0
1
3
176
राजा 👑
राजा 👑@_messi_lover·
अर्काको खेदो खन्नु हुँदैन(हर्क साम्पाङ) धेरै लोभ गर्नु हुँदैन (कुलमान घिसिङ) अति गर्नु अत्याचार नगर्नु।(केपी वलि) म हिरो अरू जिरो(महेस बस्नेत) सादगी जीवन जिउनुपर्छ(महाबिर पुन) बिना प्रमाण झुठो बोल्नु हुदैन(गगन थापा) ठोस चाहिने कुरा मात्र बोलु धेरै सुन्नु ( बालेन) अरु केहि …?
NE
0
0
0
58
राजा 👑
राजा 👑@_messi_lover·
कहिले काही त उत्तरलाई पनि प्रश्न हुन मन हुँदो हो प्रश्नलाई पनि उत्तर हुन मन हुँदो हो..!!
NE
1
1
2
92
राजा 👑
राजा 👑@_messi_lover·
🕊️ परेवा सोच्दै थियो शान्तिको नाममा.. मान्छेले मलाई यताबाट उता उताबाट यता लगेर उडाए चल्लाबाट पर लगेर उडाए अण्डाबाट टाढा लगेर उडाए मेरो जीवनमा पनि उसै गरी मलाई शान्ति चाहिए मैले के पो उडाउने होला ..
NE
0
0
1
122