आफू जस्तै तिमीलाई सोचें
आफू जस्तै तिमीलाई ठानें
बस् , यत्ति !
तर
तर फेरि पनि
किमार्थ
प्रेम अन्धो थिएन
न हो
भूल मेरो थियो,
केवल
आँखा चिम्लेर विस्वास गरे,
तिमीलाई .....(पापी)
जल विहार गर्न मिल्ने कागजको नाऊ हुँदैन
झुम्राको पुतलीमा भावनाको कुनै भाऊ हुँदैन
भुराभुरीको खेल न हो क्षणभरको रमाइलो
कागज र झुम्राको खेलौनाले कोही साहू हुँदैन ।
धेरै फरक हुन्छ, कसैलाई सञ्जालका भित्तामा चिन्नु र आत्मा बुझ्नुमा । रमितेहरू सञ्जालमा छलछामको लिपपोतमा गुमराहको नाटक मञ्चन गर्छन । बुझ्दैनन्- चिन्नु साथ हुनु हो, बुझ्नु पासमा हुनु हो ।
"कविजी! केमा व्यस्त हो? उनले टेक्स्ट् गरिन् ।
मैले लेखेँ- "बिरुवा सार्दै, पानी हाल्दै"
उनले लेखिँन् "कविजी,बगैचामा मात्र हैन, नाता सम्बन्धका बगानमा पनि केही नातासम्बन्ध नीम र चिराईतो वर्गका रोप्नुहोस्, तीतै भए पनि पीडामा, दुखाईमा दवाई बन्छन् "