Sabitlenmiş Tweet
Kamal Thapa
11.5K posts

Kamal Thapa
@KTnepal
Former Chairman RPP, Former Deputy Prime Minister of Nepal
Kathmandu, Nepal Katılım Şubat 2013
184 Takip Edilen781.2K Takipçiler
Kamal Thapa retweetledi
Kamal Thapa retweetledi

अत्यन्तै खुशी लाग्यो , यो जित सबै उमेर समुहको लागि प्रेरणादायी छ ।
हार्दिक बधाई तथा शुभकामना !
Kamal Thapa@KTnepal
'प्रधान सेनापति कप राष्ट्रिय खुला टेनिस प्रतियोगिता २०८३' अन्तर्गत ६५ वर्ष समूहको सिङ्गल र डबल (पार्टनर:झ्याम्पा धोण्डुप) दुवैमा प्रथम स्थान हासिल गर्न पाउँदा गौरवको अनुभूति भएको छ।उत्कृष्ट एवं भव्य प्रतियोगिताको निम्ति आयोजक समिति,रेफ्री तथा अफिसियलहरूमा हार्दिक धन्यवाद
NE

देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत २०८२ पौष १६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकीकरण भएको हो। तर, एकीकरण भएको पाँच महिना बित्न लाग्दा समेत स्थानीय र केन्द्रीय तहमा समायोजन हुन सकेको छैन भने भातृ सङ्गठनहरूको एकीकरण पनि अझै अलपत्र छ। यहाँसम्म कि निर्वाचन आयोगमा पार्टी एकताको औपचारिक पत्र समेत पठाउन सकिएको छैन। यसले गर्दा दुवै पार्टीका कार्यकर्ताहरूमा अन्योल र अनिश्चितता बढेको छ। बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने कार्य अधुरै छ।
मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रको विकल्पमा हिन्दु राष्ट्र र राजसंस्थासहितको वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यकता झन् टड्कारो बन्दै गएको छ। यो वास्तविकतालाई दृष्टिगत गर्दै, दुई पार्टी एकता गर्दा तय गरिएको अवधारणापत्र अनुसार अविलम्ब सबै तहमा समायोजन कार्य सम्पन्न गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व समक्ष हार्दिक ध्यानाकर्षण गराउँदछु। @RajendraLingden

NE
Kamal Thapa retweetledi
Kamal Thapa retweetledi
Kamal Thapa retweetledi

पृथ्वीपथ प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित 'हिन्दू अधिराज्य नेपाल' विषयक विचार गोष्ठी उत्साहजनक रूपमा सफल भएको छ।
करिब दुई-तिहाइ बहुमत प्राप्त @ShahBalen को सरकारले नेपाली जनताको चाहना र भावना अनुसार हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको कदम चाल्न अब ढिलाइ गर्नु हुँदैन।
उज्वल पाेखरेल@PokhrelUjwel
याेजनाबद्व र संगठित रूपमा हाम्रो सनातन धर्म र संस्कृति प्रति अाक्रमण भएको कुरा हामी सहन सक्दैनौं । कमल थापा
NE

संसदमा उपस्थित भएर सार्वभौम जनताप्रति जवाफदेही हुन नचाहे पनि @ShahBalen ले यौनिक अल्पसंख्यक (LGBTQIA)को नाम समेत जोडेर मन्त्रालय नै खडा गर्ने संसारको पहिलो सरकार बन्ने विश्व किर्तिमान खडा गरेका छन्।शायद,भदौ २३/२४ र फागुन २१ को म्याण्डेट र प्राथमिकता नै त्यही हो कि?
NE

विगत केही समययता गौरवशाली इतिहास बोकेको तथा राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाका रूपमा रहेको नेपाली सेनाबारे भ्रम सिर्जना गर्ने, सेनालाई बदनाम गर्ने र सेनाको मनोबल कमजोर बनाउने योजनाबद्ध प्रयास भइरहेको देखिन्छ। यस्ता गतिविधि कुनै पनि दृष्टिले राष्ट्रहितमा हुन सक्दैनन्। त्यसैले यस्ता कार्य तत्काल रोकिनु आवश्यक छ।
संवेदनशील भूराजनीतिक अवस्थिति तथा निरन्तर आन्तरिक सुरक्षा चुनौतीको जोखिम रहेको नेपालको विशिष्ट परिस्थितिमा सेनालाई कमजोर बनाउने प्रयास जानाजानी वा अन्जानमा कहीँकतैबाट पनि हुनुहुँदैन। कुनै कमी–कमजोरी देखिएमा सम्बन्धित निकायसँग आवश्यक परामर्श र समन्वय गरी समाधान खोजिनुपर्छ।
यस विषयतर्फ प्रधानमन्त्री, नेपाल सरकार तथा सबै राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
NE

औपचारिक वा राष्ट्रिय समारोहहरूमा प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूले राष्ट्रिय पोसाकको उपेक्षा गर्नु परिवर्तन वा क्रान्तिकारिता होइन र हुन सक्दैन।संघीय संसद्मा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा र राष्ट्रपतिको बिदाइका अवसरमा प्रधानमन्त्री अनुपस्थित हुनुलाई कदापि स्वाभाविक एवं उचित मान्न सकिँदैन
NE
Kamal Thapa retweetledi
Kamal Thapa retweetledi
Kamal Thapa retweetledi

'यो संविधानको उल्लङ्घन होइन, संविधानले नै दिएको अधिकार प्रयोग गरेर विकृतिको शुद्धीकरण गर्ने प्रयास हो।'
#NagarikNews nagariknews.nagariknetwork.com/politics/the-a…
NE

संविधान र लोकतन्त्रको हित चाहने हो भने यो परम्परा तोड्नु आवश्यक छ।अहिले कांग्रेस र कम्युनिस्टका नेताहरू, उनका सहयोगी र समर्थकहरू न्यायपालिकाको स्वच्छता, गरिमा र नियुक्तिमा वरीयताको वकालत गरिरहनुभएको देखिन्छ। सिद्धान्ततः त्यो राम्रै कुरा हो। तर विगत लामो समयदेखि कांग्रेस र कम्युनिस्टले आपसमा भागबन्डा गरेर न्यायाधीशहरूको नियुक्ति गर्ने परम्परा बसालेकै कारण न्यायपालिकाको समेत तीव्र राजनीतिकरण हुन पुग्यो। दुई पार्टी मिलेर एक दशकभन्दा लामो समयसम्म आफूअनुकूलको प्रधानन्यायाधीश कायम हुने सेटिङ मिलाउनुभयो। यो प्रवृत्ति संविधान र लोकतन्त्रको मर्मविपरीत थियो। संयोगवश यो विकृत परम्परा सुधार हुने संकेत देखिएको छ। यसलाई प्रोत्साहित गर्न र सहज रूपमा ग्रहण गर्न सकेमा मात्र प्रजातन्त्र सुदृढ हुनेछ र न्यायपालिका पुनः स्वच्छ र निष्पक्ष न्यायको मन्दिर बन्न सक्नेछ
Shilapatra@Shilapatra
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिमा ४ दशक देखिको परम्परा नतोड्न सरकारकाे गम्भीर ध्यानाकर्षण गराएका छन् । shilapatra.com/detail/185122
NE

नेपालको भूराजनीतिक अवस्थिति र १९५० को सन्धि
m.facebook.com/story.php?stor…
NE

कथित वरियता वा परम्पराको नाममा पार्टीगत भागवण्डामा १० वर्षसम्मको सेटिंग मिलाएर नियुक्त भएका पार्टीका पुराना सांसद, सदस्यलाई पुरस्कृत गरिनु हुंदैन।विकृतिको अन्त्य गर्न संविधानले रोकेको छैन,संविधानले दिएको अधिकार प्रयोग गरेर विगतका त्रुटि सच्याइनुपर्छ। जनताले साथ दिनेछन्
Nepalkhabar@nepalkhabar
भागभण्डाका आधारमा तयार गरिएको सेटिङको अन्त्य हुनुपर्छ: कमल थापा nepalkhabar.com/politics/27380…
NE


