ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾

1.6K posts

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 banner
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾

@lux_subedi

मलाइ शहर भन्दा गाउ मनपर्छ, किनभने गाउ प्राकृतिक हो शहर मानव निर्मित घरैघरले जोडिएको शहर भन्दा मनैमनले जोडिएको गाउ अत्यन्तै राम्रो हो पढ्नुभयो भने विचार गर्नुहोस

tokyo japan Katılım Eylül 2011
3.9K Takip Edilen5.6K Takipçiler
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
..........किनकि जो हाम्रो सबैभन्दा कठिन यात्रामा साथ दिन सकेनन ,उनीहरू हाम्रो सफलताको उत्सव मनाउने अधिकार पनि राख्दैनन,जीवनको कुनै न कुनै मोडमा, हामी सबैले यस्तो क्षण भोगेका छौं,जहाँ हामी थकित हुन्छौँ, कमजोर महसुस गर्छौं, र त्यही बेला केही आफ्नै भनिएका मानिसहरू चुपचाप टाढा सर्छन,कसैले व्यङ्ग्य गर्छन, कसैले हेला गर्छन, कसैले त तपाईंको सपनामाथि हाँस्दै भन्छन , कसैले १० पटक गर्दा पनि फोन उठाउदैनन र रिप्लाइ पनि कोही हाम्रा वुवाआमालाइ समेत भेट्न चाहादैनन बालबच्चा सित बोल्दैनन बोलाउदैनन । र भन्छन तैले गर्लास र .....??? यस्तो वेलाकी शक्ति हौ तिमी ....... त्यही शब्दहरूले मन चिरिन्छ। रातभर निद्रा लाग्दैन । आँखा बन्द गर्दा पनि ती आवाजहरू गुञ्जिरहन्छ .... त्यस्तो वेलामा तपाईं कमजोर हुनुहुन्न, तपाईं त बलियो बन्नुपर्छ । तिनीहरूलाई वास्ता नगर्नुहोस भन्ने चाही तिमी हौ तिनीहरूको मौनता, तिनीहरूको गाली, तिनीहरूको शंका यी सबै तपाईंको यात्राका ढु‌ङ्गा हुन्, जहाँ टेक्दै टेक्दै तपाईं माथि उठने हो । आफ्नो लक्ष्यतर्फ निरन्तर लागिरहनुहोस मात्र भन्यौ । अनुशासनसँग ,धैर्यसँग, तर संसार तुरुन्तै नतिजा खोज्छ, मैले के गरु ???तर भगवानले प्रक्रिया हेर्नुहुन्छ। कहिलेकाहीँ आफैलाइ लाग्छ म किन यति एक्लो छु तर म छु नि भन्ने तिमी छौर ........ तर साँचो कुरा के हो भने, महान यात्राहरू सधैं एक्लै सुरु हुन्छन् । यही संसारमा, भगवान गौतम बुद्ध पनि जब बुद्धत्व प्राप्त गर्ने यात्रामा लाग्नुभयो, त्यतिबेला उहाँलाई फुलले होइन, गालीले स्वागत गरिएको थियो। मानिसहरूले हाँसे, अपमान गरे, शंका गरे। तर बुद्ध रोकिनुभएन । उहाँले पछाडि फर्केर जवाफ दिनुभएन उहाँ अघि बढिरहनुभयो - शान्त, स्थिर र अडिग रुपमा जब उहाँले बुद्धत्व प्राप्त गर्नुभयो, जब उहाँ ज्ञानको शिखरमा उभिनुभयो, त्यसपछि मात्र उहाँ पछाडि फर्कनुभयो। यो पाठ मलाइ कति पटक सुनायौ याद गर त !!!! त्यो दिन, उहाँलाई गाली गर्नेहरू बोल्न सकेनन । उहाँलाई हेला गर्नेहरू आँखामा आँखा मिलाउन सकेनन सबैले सिर निहुराएर बस्नुपर्यो। त्यो नै साँचो मिहिनेत हो। हामिले पनि यस्तै मिहिनेत गर्नु छ हाम्रो लागी र परीवारको लागी शब्दले होइन, स्वरले होइन, उत्तरले होइन, आफ्नो परिणामले ।यस्तो केही गर्नु छ कि त्यो गन्तव्यमा पुगेपछि उनिहरुलाइ हरूलाई पछुताउनुपर्ने हुन्छ। तर समय बितिसकेको हुन्छ । हामिले कतिलाइ केही गर्यौ या गरेनौ त्यो नसंझौ तर .....अब उनीहरू चाहेर पनि भन्न सक्दैनन हामीले तिमीलाई गलत बुझ्यौँ। त्यतिवेला हामि धेरै नै बानि परीसकेका हुनेछौ । आज हामी रोइरहेका छौ भने, यसको अर्थ हामी कमजोर होइनौ, यसको अर्थ हामी एक्लो हौ । आज हामी एक्लो छौ भने, यसको अर्थ हामी गलत बाटोमा होइन, यसको अर्थ हामी सही बाटोमा छौ ।कसैलाइ दोष नदिम कर्म गरम भनेर....... उनीहरूलाई धन्यवाद दिन्छौ किनकि उनीहरूले नै हामिलाइ हाम्रो शक्तिमा विश्वास गर्न सिकाए। एक दिन, हामी पनि पछाडि फर्किनेछौ हजुरहरुसवैलाइ भेट्नेछौ .... र त्यतिबेला शब्दको आवश्यकता पर्नेछैन। हाम्रो मौनता नै पर्याप्त हुनेछ। त्यो दिन, तपाईंको आँसु दुःखको हुनेछैन – त्यो खुशिको को हुनेछ प्रिय ........ अब पवि संगसगै है तिमीसंग संगसगै २५औ बर्ष あなたと共に歩んできた25年
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
1
2
13
499
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
लडाई सकिए पछि एक सिपाहीले क्याप्टेन सँग भन्यो -: सर मेरो साथि युद्ध मैदानमा छट्पटिरहेको छ । म उसलाइ लिन जान्छु । क्याप्टेन-:के लिन जान्छस् छोड्दे । यति बेला सम्म त्यो मरिसक्यो । क्याप्टेनको कुरा नसुनि उ साथी भएतिर जान्छ र केही समय पछि उक्त साथीको लास लिएर आउँछ। तब क्याप्टेनले भनेछन-:मैले भनेको थिएँ ऊ मरिसक्यो भनेर । सिपाही भन्छ - सर जब म त्यहाँ पुगें,तब उ सँग अन्तिम ढुकढुकी मात्र बाकी थ्यो, तब साथीले मुस्कुराउँदै भन्यो 'साले, मलाइ थाहा थ्यो, तँ जरूर आउँनेछस्' यति भनेर मलाई अङ्गालो हाल्यो अनि प्राण त्याग्यो । सर, मैले मेरो साथीलाई बचाउन सकिन तर मैले साथीलाई उसको अन्तिम घडीमा आफ्नो न्यानो अंगालो दिन पाएँ । अन्तिम पल त्यो माथी यो बिरानो ठाँउमा उसको पनि आफ्नो भन्ने भावना दिलाउँन पाएँ । साथीको विस्वाश दिलाउन पाएँ । अन्तिम सास सम्म साथ दिन पाएँ। यही नै हो सर साथी भनेको, दुखसुखमा साथ दिनु नै मित्रता हो। साथी चाहे स्कुलको होस या घऱको, टोलको होस या लडाई मैदानको होस्, साथी भनेको साथी हो। जसको साथबाट एक्लोपन टाढा भाग्छ, अनि खुसीको पल साथमा हुन्छ, त्यही नै हो साथी ।
NE
1
9
71
6.3K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
सम्भोग एउटा मात्रै यस्तो डोरि हो जसले श्रीमतीले आफ्नो श्रीमानलाई बाँधेर राख्ने गर्छिन। कोही मान्छे जति धेरै सेक्सको शौकिन हुन्छ, त्यत्तिनै उसले श्रीमतीको स्पर्शमा बानी पर्दै जान्छ। नशा लिने मान्छे सधै नशा दिनेहरुको दास हुन्छ। तर त्यसबेला समस्या मुस्किल हुँदै जान्छ जब श्रीमतीले उस नशेडीलाई आफ्नो हत्यार बनाउनुको साटो उसलाई रोक्ने प्रयास गर्छिन। श्रीमतीले अब त छोराछोरी पनि भए, घर बसिसकेको छ, अब मेरो श्रीमान काहिँ जाँदैनन भन्ने कुरा सम्झन्छीन भने यही नै उनको जीवनको सबैभन्दा ठुलो गल्ती हुन्छ.... जब श्रीमतीले बारम्बार श्रीमानलाई शारीरिक सुख दिनलाई आनाकानी गर्छिन, नखरा देखाउँछिन भने त्यसबेला श्रीमानलाई श्रीमती बीस लाग्न थाल्छ। यो श्रीमान श्रीमतीको सम्बन्ध बिस्तार बिस्तारै खोक्रो हुँदै जान्छ... धेरैजसो महिलाहरुले छोराछोरी पछि आफ्नो श्रीमान कतै जाँदैनन् भन्ने कुरा बुझ्छन, र आफू ब्यबस्थित भइसकेको छु भन्ने ठान्छन्। तर यो गलत धारणाले प्राय घर बिनाशको सुरुवात बन्छ। दोस्रो बिहे गर्ने मान्छेको प्राय यस्तै महिला श्रीमती हुन्छन जसले आफ्नो सम्बन्धलाई जिम्मेवारी मात्रै सम्झीएर प्रेम र बासना मुक्त निभाउने गरेका हुन्छन्। छोरा मान्छेलाई रोक्न सकिन्छ, बाँधेर राख्न सकिन्छ... तर त्यसबेला मात्रै, जब उसको प्यास श्रीमतीको स्पर्शले मेटिने गर्छ। होइन भने त्यो प्यास कहिँ अरुबाट मेटाउने बाटो आफैले खोज्न थाल्छ। महिलाले साँच्चै नै आफ्नो श्रीमानलाई आफुसँगै जोडेर राख्न चाहन्छिन भने श्रीमानको बास्तबिक गन्तव्य बन्नुहोस। घर आशीर्वादले मात्रै चल्दैन, त्यो शारीरिक हकिकतहरुले बाँधिएको हुन्छ जसलाई प्राय अल्छि र छोराछोरी ठुला भए भन्दै लाजको कारण बेवास्ता गर्ने गरिन्छ। यदि श्रीमतीले आफुलाई श्रीमानको आवश्यकता लाई होइन, कर्तव्य मात्रै सम्झन लागिन भने.. एकदिन श्रीमानले पनि आफ्नो कर्तव्य तिरेर कुनै अर्को महिलाको बासना बन्न निस्कने गर्छन।
NE
2
7
46
9.7K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
वामपन्थी झुकाव भएको दलबाट प्रधानमन्त्री भएका स्पेनका प्रधानमन्त्री पेद्रो सान्सेजले ४५ जनाको ज्यान जानेगरी गएको आइतवार भएको रेल दुर्घटनाको सबै जिम्मेवारी आफूले लिएको बताएका छन् । म र मेरो सरकार यो सबै दुर्घटनाको निम्ति दुख व्यक्त गर्दै जिम्मेवारी लिन्छ । अनुसन्धान सकिएपछि आवश्यक सबै गरिनेछ । - दण्डित हुन तयार रहंदै उनले भने । हामीकहां त्यत्रा स्कूलका कलिला केटाकेटीलाई गोली हानेर मरेको विषय प्रधानमन्त्रीले थाहा छैन भन्छ । शोकमा एक शब्द बोल्दैन । आफूलाई कम्युनिष्ट दावी गर्नेहरू उसैलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै चर्को स्वरमा बोलिरहेका भेटिन्छन् । @LaxmanDevkota
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
0
3
11
659
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
यो चुनावमा कम्तीमा यी ३ पात्रले हार्नुपर्छ । कुलमान घिसिङ, जगदिश खरेल र बब्लु गुप्ता । जेनजीको रगतलाई भर्याङ बनाएर मन्त्री पद पड्काउने, सत्ता भोग गर्ने, जव मुख्य कार्यभार पुरा गर्ने बेला आयो, तव राजीनामा दिएर सांसद बन्न तम्सिने ? यीनलाई थाहा थिएन यो सरकारको म्यान्डेड नै चुनाव गराउनु हो भनेर ? यस्ता मान्छे नेता हुन सक्दैनन्, यी अवसरवादी हुन । जनताले बेलैमा चिन्नुपर्छ। copied by Dhiraj Basnet यो कुराको प्रतिक्रिया पाम न ??
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
24
65
217
10.6K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
विर्सन नसकिने शालिन कद र त्याे क्षण ****--************************* एक - अर्कामा वर्ग दुष्मन करार गर्न अाेर्लिएका वामहरू हाे ! याे शालिनताकाे त्याे महान छाती पनि बुझ जहाँ राजा ज्ञानेन्द्रकाे तुलनामा काेही यस्ताे शालिन पात्र भेटिन्न जसले अाम विश्वमा त्याे शीर उठाउन सकेकाे राजनितिज्ञ हाेस् । बरू नयाँ शिराबाट किन नहाेस, शालिन अभिभावकत्वबाट अघि बढ भन्छ समय । बुझ्न सक्छाै? तिमी नाथेहरू ! पद, पैसा, शक्ति, स्वार्थ, परिवार र अाफन्त पाेश्न नपाएकै कारण कति घृणा जन्माउँदैछाै अाफ्नै तिमीहरूलाई नै पत्तै छैन । तिमीहरूले जस्ताे तुच्छ भाषा, बाेली, व्यवहार, अनुहार र कृयाकदाप याे शालिन कदले कहिल्यै प्रस्तुत गरेन । के सिक्याै के सिकाउँछाै याे दुनियाँमा । हे नरपिचास बनेका राजनितिज्ञहरू हाे ! व्युँझ । धरातल हेर । अाफूलाई पढ । अाफ्नाे अनुहार हेर । कचेरा लागेका अाँखा,मन,मस्तिष्क,शरीर,याेजना,प्रतिबद्वता सबै राम्ररी सावुन पानी लगाएर भएपनि धाेऊ । सेनिटाईजर प्रयाेग गरेर भएपनि शुद्व सफा स्वच्छ स्वस्थ निष्कपट बन । हेर, अाफूले नियुक्त गरेका, मनाेनयन गरेका, वा अान्तरिक चुनावबाट पद सम्हालेका ती सबै पदिय पात्रहरूले तिमीहरूकाे न अाँखा खुल्न सहज गरे न त अाफ्नाे अाङ्गमा टाँसिएकाे भैंसी ठम्याउन सके बरू अर्काे अाङ्गमा जुम्रा केलाउँदा झण्डै झण्डै स्वाहाकाे स्थितिमा पुग्दैछाै । यसर्थ,व्युँझ । व्युँझाएनन कसैले नभन्नु शालिनताकाे विकल्प देखिन्न । राम्ररी सुझ, बुझ, गुन । हेर ! समय निरन्तर बगिरहने प्रकृति हाे यसलाई अघि बढ्नुछ । यथास्थितिमा रहन घडीकाे सुई मान्दैन । त्याे धृष्टता नगर । बरू मक्किएकाे सुई पनि मर्मत सम्भार गरेर अघि जान खाेज्छ । बुझ है बुझ । हुनतः नेपालीकाे बानी छ " पहिले गल्ती गर्ने फुर्सदमा पछुताउने!" यस्ताे पनि नहुनु । जनताकाे नजरमा त चेन अफ कमाण्ड बलियाे भएर प्रस्तुत भैदियाेस् यी फाेहाेरीहरू भन्दा ती शालिन कदमै सुरक्षित छाैं भन्ने महसुस छ । त्यसमाथि युवा तथा विद्यार्थीलाई हिंसात्मक अाक्रमण अावहान गर्नुले नरपिचासरूपी अनुहार र व्यवहार फेरि प्रकट हुन खाेजेकाे हाे कि! अब,त्यसलाई माथ गर्ने न स्व. गिरिजाप्रसाद काेईराला जिवित छन् न वर्तमान अवस्थामा चेन अफ कमाण्डलाई निर्देस गर्ने प्रजावत्सल महाराज छन्? अवस्था बुझेर अघि बढ । यसअघि पनि सुझाईएकाे छ, तुलसाकाे माेठमा पुगेका छाै नारायण बाेल्न नछाेड्नु तै पनि बुद्वि फिर्छ कि भन्ने झिनाे अास । अन्यथा,भैंसी भीरबाट लडे काँध थापिदिने काेही छैनन न तिमीले जन्माएकै छाेराछाेरी,भित्र्याएकी बुहारी,न पत्नि,न नातिनातिना,न बन्धुवान्धव, न ईष्टमित्र, न नातागाेता न जयजयकार गर्ने कार्यकर्ता हुनेछन ! निश्चय हाेऊ संसार सत्य छ । बरू सबै मिलेर अभिभावकत्व तय गराैं । राजनितीक क्षेत्रबाट स्थापित अभिभावक त तिम्रै व्यवहनरहरूले नङ्ग्याईदिने प्रयास गर्याैं अनुहार र व्यवहार दुवै देखायाै । हामीले पनि बुझिरहेछाैं ! फिल्ड कता ढल्कँदैछ ? त्याे पदमा बहालले बुझ्दैन है ।
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
1
5
44
1.9K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
तीन दिनका राजा : प्रेम, शक्ति र षड्यन्त्रको को कथा ! वि.सं. २०२८ साल असार १३ गते। नारायणहिटीमा खुसीको सीमा थिएन। राजा वीरेन्द्र र रानी ऐश्वर्यको जेठो सन्तानको रूपमा दीपेन्द्रको जन्म भयो। उनलाई सानैदेखि 'भावी राजा' को रूपमा मात्र होइन, एक जिम्मेवार नागरिकको रूपमा हुर्काइयो। बुबा वीरेन्द्रको शालिनता र आमा ऐश्वर्यको अनुशासनले उनलाई एउटा प्रभावशाली व्यक्तित्व बनायो। उनको बाल्यकाल दरबारको बगैँचा र बुढानीलकण्ठ स्कुलको चौरमा बित्यो। उनी केवल राजकुमार थिएनन्, एक अब्बल विद्यार्थी र खेलाडी पनि थिए। स्कुलमा उनलाई साथीहरूले एक मिलनसार र सहयोगी मित्रको रूपमा सम्झिन्छन्, जसमा राज खानदानको घमण्ड कहिल्यै देखिएन। २. शिक्षा र सौख: एक आधुनिक राजकुमार बेलायतको 'इटन कलेज' देखि त्रिभुवन विश्वविद्यालयसम्मको उनको शैक्षिक यात्राले उनलाई बौद्धिक रूपमा निखारेको थियो। उनी कराँतेका ब्ल्याक बेल्ट थिए, पियानो बजाउन जान्दथे र हेलिकप्टर उडाउनु उनको सौख थियो। तर उनको सबैभन्दा ठूलो विशेषता थियो— जनतासँगको सामिप्यता। दरबारको सुविधाहरू त्यागेर उनी कहिलेकाहीँ साधारण मानिसझैँ गाउँ-बस्तीमा पुग्थे। उनको त्यो 'चार्म' र हँसिलो चेहरा देख्दा लाग्थ्यो, नेपालले भविष्यमा एक दूरदर्शी र जनप्रिय राजा पाउनेछ। ३. प्रेमको अंकुरण र त्यो कठिन मोड जीवनको मोडमा हरेक मानिसझैँ दीपेन्द्र पनि प्रेममा परे। त्यो प्रेम थियो— देवयानी राणासँग। बेलायतमा सुरु भएको यो कथा काठमाडौँका गल्लीहरूमा झाँगिदै गयो। तर यो प्रेम केवल दुई मनको मिलन मात्र थिएन, यो त दुई प्रभावशाली खानदान र दरबारको परम्परा बीचको ठूलो पर्खाल थियो। एकातिर मुटुले रोजेको प्रेम, अर्कोतिर कुल र मर्यादाको दबाब। दीपेन्द्र आफ्नो प्रेमका लागि दृढ थिए। भनिन्छ, उनी र रानी ऐश्वर्यबीच यही विषयमा वैचारिक युद्ध चलिरहन्थ्यो। तर के एउटा प्रेमी राजकुमारले आफ्नो प्रेम पाउन नसक्दा आफ्नै संसार खरानी बनाउन सक्छ? यहाँ आएर इतिहासका पानाहरू धमिलो हुन थाल्छन्। ४. जेठ १९: कालो रात र तीन दिनको 'मौन' राज्य २०५८ जेठ १९ को त्यो शुक्रबारीय साँझ। दरबारभित्र भोज चल्दै थियो। हाँसोको फोहोरा छुटिरहेको बेला अचानक गो* 'लीको आवाजले काठमाडौँ स्तब्ध भयो। राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमार निराजन र राजकुमारी श्रुतिसहित राजपरिवारका सदस्यहरू ढले। अस्पतालको भेन्टिलेटरमा मृ' *त्युसँग लडिरहेका अचेत दीपेन्द्रलाई जेठ २१ गते नेपालको राजा घोषणा गरियो। उनले न मुकुट लगाए, न सिंहासनमा बसे, न त जनतालाई सम्बोधन नै गरे। उनी राजा त थिए, तर केवल तीन दिनका लागि— त्यो पनि मृ' *त्युको काखमा सुतेर। ५. दीपेन्द्र: दोषी कि षड्यन्त्रको सिकार? आधिकारिक प्रतिवेदनले भन्यो— "सबै दीपेन्द्रले गरे।" तर नेपाली जनताको मनले यो कुरा कहिल्यै स्वीकार गरेन। जुन छोराले बुबालाई 'आदर्श' मान्थ्यो, उसले कसरी बुबामाथि गो *'ली दाग्यो? दायाँ हाते दीपेन्द्रले कसरी देब्रे हातले आफैँलाई कंचटमा गो * 'ली हाने? दरबारको त्यो उच्च सुरक्षा घेराभित्र बाहिरी शक्ति वा षड्यन्त्रको प्रवेश कसरी भयो? जनताको नजरमा दीपेन्द्र एक 'बलिदानी प्रेमी' वा 'षड्यन्त्रको गोटी' बढी देखिन्छन्, तर अप 'राधी कहिल्यै होइनन्। उनी त ती अभागी राजकुमार थिए, जसको अन्त्यसँगै नेपालको एउटा स्वर्णिम युगको पनि अन्त्य भयो। हजुरलाई के लाग्छ? युवराज दीपेन्द्र साँच्चै दोषी थिए वा इतिहासको कुनै ठुलो षड्यन्त्रमा पारिएका थिए? आफ्नो विचार शालीनताका साथ कमेन्ट गर्नुहोस्। 👇
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
2
1
13
1.5K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
आजकालका आमाबुबाले आफ्नो साना छोराछोरीलाई "तपाईं" भनेर सम्बोधन गर्छन्, भने हाम्रो आमाबुबाले सानोमा हामीलाई "तँ" भनेर सम्बोधन गर्नुहुन्थ्यो। यो "तँ" सम्बोधनमा आफ्नोपन थियोे, अब यो कतै हराउँदै गयो। बच्चालाई "तपाईं" भनेर बोलाउँदा एउटा मिठास त आउँछ तर कहिले-काहीँ यो मिठास तितो पनमा परिणत हुन्छ। यस्तो लाग्छ जस्तो बच्चा आफ्नो आमाबुबा बराबर भए। बच्चालाई "तँ" मा नै सिमित राख्नुहोस। उनीहरुलाई "तपाईं" हुनलाई समय लाग्न दिनुहोस्। एक दिन आफुले आफैलाई "तपाईं" बन्नेछन र त्यसबेला उनीहरुले कसैले "तँ" किन भन्दैनन भनेर सोच्ने छ्न। यदि तपाईंले आफ्नो बच्चालाई सधैं सफा सुगर राख्नको लागि डिटोल र फिनेलको प्रयोग गर्दै गर्नुहुन्छ भने उनीहरुले वास्तविक जीवन धुलो र माटो बाट टाढै हुन्छन्। उनिहरुले आफ्नो आँगन र भित्ताहरुमा चित्र नबनाउने हो भने उनीहरु एउटा साधारण मान्छे पनि बन्न सक्दैनन। उनीहरु मात्रै एउटा आधुनिक युगको किटाणु बन्ने गर्छन्- दिमागी कमजोर र मन देखि कठोर। जब तपाईंको बच्चा चार पाँग्रा साइकल चलाने उमेरको हुन्छ, त्यसबेला उसलाई खेलौना जिपमा बसाएर धनी बनाउने प्रयास नगर्नुहोस्। यदि उनीहरुले आफ्नो साथीसँग खेल्ने समय लडाइ झगडा गर्ने वा गाली गलौज गरेर जित्छ र तपाईं नजिक बसेर बच्चाले जितेको खुशीमा ताली बजाउनुहुन्छ भने एक दिन झैझगडा मारपिट को केशको लागि तपाईं तयार हुनुहोस्। आफ्नो बच्चालाई हुर्काउँदै गर्दा बच्चाको साहरामा घरको बृद्ध सासू ससुराको मद्दत गर्नुहोस्। यसले बच्चाको आत्मविश्वास मात्रै होइन मनोबल र उर्जा पनि बढ्छ, तपाईंको आमाबुबाको पनि राम्रो हेरचाह हुन्छ र उनिहरुले तपाइँलाई आशिर्वाद पनि दिनुहुन्छ। जे तपाईंले बच्चालाई शिक्षा दिनुहुन्छ बुढेसकालमा त्यही फर्केर आउँछ।।
NE
1
3
16
1.5K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
६० बर्ष उमेर माथी लागेपछि भर्र्याङ् चड्दा लड्ने घाउ चोटपटक हुने र मर्नेसम्म गरेको पाइएको छ। त्यसैले भर्र्याङ् चड्दा साबधानी अपनाउनुहोस। ६० बर्षको उमेर देखि यहाँ तल लेखिएको काम अरु कसैको मद्दत बिना नगर्नुहोस्। १• हतार गर्दै छिटो-छिटो भर्र्याङ् चड्ने र झर्ने नगर्नुहोस्। २• कसैले बोलाउँदा वा केही आवाज सुन्दा छिटो-छिटो घुम्ने फर्किने नगर्नुहोस्। ३• उभिएर खुट्टालाई टेकेर अगाडी नझुक्नुहोस। ४• उभिएर दौरा सुरुवाल वा कट्टु नलगाउनुहोस। ५• बसिरहेको समयमा अचानक नउठ्नुहोस। ६• हतार गर्दै दायाँबायाँ नघुम्नुहोस। ७• अचानक पछाडी पाइला नचाल्नुहोस। ८• गरुँगो सामान उठाउन न-निहुरिनुहोस्। ९• ओछ्यानमा सुतेको बेलामा अचानक नउठ्नुहोस। १०• सधैं धेरै निराश र टेन्सनमा नबस्नुहोस। बृद्धअबश्थामा आइपर्ने चार समस्या र त्यसको निदान। १• खाना खाँदै गर्दा अचानक घाँटीमा खाना अड्कियो भने के गर्ने? त्यसबेला तपाईंले आफ्नो "दुबै हात" माथि उठाउँनुपर्छ। आफ्नो हातलाई शिर माथि उठाउनाले तपाईंको घाँटीमा अड्किएको खाना आफै पेटमा जान्छ। २• सिरानी गलत तरिकाले लगाउँदा घाटी दुखेमा के गर्ने? कहिलेकाही सुतेर उठ्दा तपाईंको गर्दन दुखेको महसुस हुनसक्छ, त्यसबेला तपाईंले ओछ्यानमा सुतेर आफ्नो खुट्टा माथी उठाउने खुट्टाको औंला चलाउने र ओछ्यानमा बसेर हातले औंला दायाँबायाँ तान्ने मर्काउने पड्काउने गर्नाले ठिक हुन्छ। ३• खुट्टा फर्किएको बेला के गर्ने? तपाईंको देब्रे खुट्टा फर्किएको महसुस भयोभने, त्यसबेला आफ्नो दाहिने हात माथी उठाउनुहोस, त्यसरी नै तपाईंको दाहिने खुट्टा फर्कियो भने, आफ्नो देब्रे हातलाई माथि उठाउनुहोस, यस्तो गर्दा तुरुन्तै राम्रो महसुस हुन्छ। ४• खुट्टा झमझमायो भने के गर्ने? जब देब्रे खुट्टा झमझमायो भने आफ्नो दाहिने हातलाई पूरा बल लगाएर घुमानुहोस, त्यसरी नै जब दाहिने खुट्टा झमझउँछ भने देब्रे हात पूरा बल लगाएर घुमाउनुहोस। यो जानकारीलाई सबैमाझ सेयर गर्नुहोस्। स्वास्थ रहनुहोस मस्त रहनुहोस, सधैं हाँसीखुशी बस्नुहोस दिनमा एकपटक आउने 'सन्तोष कार्की मौसुफ' को पोस्ट पढ्नुहोस, चिसो मौसम छ मन तातो पानी पिउदै गर्नुहोस्।।
NE
1
6
35
2.3K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
पहिलो पोष्ट को वाकी .... कानुन अन्धो हुन्छ भनेको त्यसले बड़ी ल्याङ्गवेज बुझ्दैन, आँखाको इमोशन हेर्दैन भन्न खोजिएको हो । जे लेखिएको छ, जे प्रमाण जुटेको छ त्यही पढ्छ । इमोशन हेर्न थाल्ने हो भने त बलात्कारी या हत्यारा पनि वृद्ध आमाबुबाको एक मात्र सहारा हुन सक्छ, आँखाभरि पश्चात्तापको आँसु हुन सक्छ । मन पग्लिन सक्छ । यत्रो विद्रोह र परिवर्तनपछि संसद् पुनर्स्थापना हुने हो भने देश झन् ठूलो द्वन्द्वमा जान सक्छ ! त्यत्रो कलिलो पुस्ताको वलिदान खेर जान सक्छ । खास जेनजी आन्दोलन त अघिल्लो दिनको हो । त्यो दिन केही जलेको छैन । बस् कलिला ज्यान मात्रै चुँडिएका छन् । दोस्रो दिनको विध्वंश त त्यसैको आक्रोश र दलहरूको घूसपैठ मिसिएर कालो बनेको हो ! संसद् पुनर्स्थापना यो समस्याको समाधान होइन । सँगसँगै समयमा चुनाब भएन भने त देश झन् अस्थिर पनि बन्न सक्छ । तर अदालतले, न्यायाधीशले राजनैतिक समीक्षा गर्ने भन्ने त हुँदैन । यदि कानुनसम्मत देखिएन भने संसद् पुनर्स्थापनाको फैसला हुन सक्छ ! यो मेरो चाहना होइन, वस्तुस्थितिको विश्लेषण हो । म न्यायाधीश भएको भए पनि मलाई कानुनको एउटा हाँगो त चाहियो समाउन । पुनर्स्थापना भएन भने त चुनाब हुन्छ, ठीक छ । नयाँहरू मिले र सिर्जनशील क्याम्पेन भयो भने अबको सरकार पनि नयाँ बन्छ । त्यस्तै होस् पनि ! तर यदि अदालतले संवैधानिक परीक्षणपछि पुनर्स्थापनाको फैसला गर्यो भने के होला ? एमाले दुबैका लागि तैयार देखिन्छ । चुनाबको तैयारी पनि छ र संसद पुनर्स्थापनाको मुद्दा पनि छ । कांग्रेस र माओवादी पनि खुशी नै हुनेछन् । अबको चुनाबमा तिनले हिजो जति जीत हासिल गर्न मुश्किल छ । आममान्छेलाई पनि राज्यको सात अरब रुपियाँ खर्चेर उस्तै उस्तै नतीजा आउने चुनाब त किन चाहियो र भन्ने होला । तर जेनजी भनिएका दुई दर्जन जति ग्रुपसँग प्लान बी छ कि छैन ? संसद् पुनर्स्थापना भयो भने के गर्ने भन्ने कानुनी र वैचारिक विमर्श छ कि छैन ? नयाँ संसदबाट बन्न सक्ने तर यो संसदबाट नसक्ने यति कुरा र माग छन् भन्ने स्पष्ट रोडम्याप छ कि छैन ? दिनहुँ जसो नयाँ नयाँ मान्छे र माग लिएर भेट्न जाँदा आफैले बनाएको प्रधानमन्त्री समेत दिक्क भएकी छन् भन्ने हेक्का छ कि छैन ? राजनीति गर्न मैदानमा ओर्लिएपछि हरेक खाले अप्ठेरा र चुनौतीसँग लड्ने पूर्वतैयारी चाहिन्छ । कम्तिमा प्लान-बी त चाहिन्छ चाहिन्छ ! नचाहिन सक्छ, खोजेकै पाइन सक्छ, कुनै घातक जनावर नभेटिन सक्छ तर जङ्गल पस्दा बलियो हतियार र सजग आँखा त चाहिन्छ चाहिन्छ ! छ त ?
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
1
3
24
1.3K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
एकपल्ट आफूलाई न्यायाधीशको कुर्सीमा राख्नुहोस्, आफूलाई दलभन्दा माथि राख्नुहोस् र संसद् पुनर्स्थापनाको मुद्दालाई ध्यान दिएर हेर्नुहोस् ! के देखिन्छ, कमेन्टमा लेख्नुहोस् ! देशको कुनै पनि व्यक्ति या संस्था आफूमाथि अन्याय भयो भन्दै अदालत जान सक्छ ! अदालतले प्रचलित नियम, कानुन र विधि पल्टाएर उसलाई अन्याय भए नभएको निर्क्योल गर्छ । मान्छेको भावना पढेर, के फैसला गर्दा लोकप्रिय भइन्छ भनेर होइन, कागजमा के लेखिएको छ भनेर फैसला हुन्छ ! हिजो कुलमानले हटाएपछि हितमान पनि अदालत गएका थिए । सयभन्दा बढ़ी पूर्व-सांसद् आफूमाथि बिनाकारण अन्याय भएको भन्दै अदालत गएका छन् । त्यसमा एकपल्ट पनि मन्त्री नभएका र राम्रो काम गरिरहेका सांसद् पनि होलान् । ती अस्ति भर्खर पाँच वर्षका लागि चुनाबबाट निर्वाचित भएर आएका थिए । केपी ओलीदेखि रवि लामिछानेसम्म र सुमना श्रेष्ठदेखि गगन थापासम्म त्यही निर्वाचन लडेका थिए । त्यो निर्वाचनमाथि कुनै प्रश्न उठेको छैन । तिनलाई जिताउने जनताले फिर्ता बोलाउन हस्ताक्षर गरेका छैनन् । ती सांसद्ले कुनै 'ग्रस मिसकन्डक्ट' या गैरकानुनी काम गरेका पनि छैनन् । राजीनामा दिएका पनि छैनन् । आन्दोलन त सरकारसँग थियो । भ्रष्टाचार गर्ने सरकारले हो । सोसल मिडिया बन्द गरेको सरकारले हो । सांसद्ले होइन । सरकारको विरोध गर्नेहरू पनि थिए त्यहाँ त । म पाँच वर्षका लागि अरू पेशा र जागीर छोडेर देशको निर्बाचनमा भाग लिएको थिएँ । मेरो क्षेत्रका जनताले मलाई पाँच वर्षकै लागि भोट दिएका थिए । तीन वर्षमैं गैरकानुनी ढङ्गले संसद् विघटन हुँदा म र मलाई भोट दिनेहरूमाथि अन्याय भयो भन्दै एउटा मात्रै सांसद् पनि अदालत पुग्यो भने अदालतले के गर्नपर्ला ? उसलाई जबाफ र न्याय त दिन पर्यो ! जेनजी आन्दोलनले देशको सत्तालाई पर्खाल नाघेर भाग्ने बनाएको सत्य हो । कुनै सरकारी कार्यालय त छोड़म्, अधिकांश पार्टी कार्यालयमा पनि चरोमुसो कोही बाँकी थिएन । सबै डरले लुकेका थिए । कुनै पनि आन्दोलन या विद्रोहको त्यो अभूतपूर्व सफलता थियो । माओवादीले पनि दश वर्षसम्म हजारौं नागरिकको ज्यान जाने गरी विद्रोह गरेको थियो र यस्तै रिजल्ट चाहेको थियो । तर त्यसबेला सत्ता भागेन । सम्झौता भयो । लिखित रूपमैं त्यो हिंसालाई विद्रोह भनियो र दुबै पक्षलाई प्रचलित कानुनबाट जोगाइयो । तर जेनजी आन्दोलनमा दुई दिनमैं सत्ता ढल्यो । माओवादीसँग मुद्दा थियो, नेतृत्व थियो तर जेनजीसँग भ्रष्टाचार नियन्त्रण गर्ने भन्ने अमूर्त मागबाहेक अर्को थिएन । न कुनै नेता नै फिल्डमा देखियो । त्यो विद्रोहको ठोस मुद्दा र नेतृत्व भएको भए आज अन्य दलले यति छिटै टाउको उठाउने थिएनन् । बालेन नै प्रधानमन्त्री बनेको भए र त्यो विद्रोहको स्पिरिट अनुसार भटाभट काम भएको भए देशमा थप द्वन्द्व त हुन्थ्यो होला तर पुराना दल ब्याकफुटमा हुन्थे । संविधान निलम्वन या पुनर्लेखन हुन्थ्यो । तर यो त संविधान मान्ने भन्दै सुशीला कार्कीलाई चुनाब गराउने जिम्मा दिएर टुङ्गियो । कुनै लिखित सम्झौता भएन ! अब संविधान मान्ने भनेपछि एक पाउ मान्ने, एक किलो मान्ने या रोजेर मन पर्ने जति मान्ने भन्ने त हुँदैन । संविधानमा नयाँ सरकार बन्न सक्ने अवस्था हुँदासम्म प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन नहुने भन्ने लेखिएको छ । विगतमा अदालतले दुई पल्ट त्यही धारा टेकेर विघटन उल्ट्याएको छ । संसदभित्रैको प्रधानमन्त्रीले गरेको विघटन त गलत भनेको अदालतले संसदबाहिरको प्रधानमन्त्रीले गरेको विघटन सही छ भन्न सजिलो छैन । अब न्यायाधीशले स्वविवेक प्रयोग गरेर संविधानमा जे लेखिएको भए पनि जेनजीको भावना अनुसार विघटन सही हो भन्ने फैसला गर्ने कि संविधान अनुसार विघटन हुन सक्दैन भन्ने ? अदालतले सड़क हेर्ने कि कानुन हेर्ने ? हो सड़कले, आन्दोलनले कानुन फेरेको भए अदालतलाई सजिलो हुन्थ्यो । कानुन त त्यही छ । अनि जसले सुरुदेखि जेनजीको नेतृत्व गरेर वार्ता गरिरहेको छ त्यही सुदन गुरुङ् पनि संसद् पुनर्स्थापनाको पक्षमा देखिएपछि अदालतले के हाँगो समाउने ? अन्याय भयो भन्ने सांसद्लाई के जबाफ दिने ? भावुक फैसला लेख्ने कि कानुनी फैसला लेख्ने ? भोलिका प्रधानमन्त्रीले जथाभावी संसद विघटन नगरून् भन्ने नजीर र हेक्का पनि राख्न पर्यो । फेरि वरिष्ठ वकिलले बहस गर्छन् र त्यो नजीर र कानुन अगाडि सार्छन् । तिनलाई पनि जबाफ दिन पर्यो । परिस्थिति हेरेर कानुनभन्दा बाहिर फैसला गर्ने हो भने अन्य मुद्दामा पनि कानुन मिचिने डर हुन्छ । हामीलाई त्यस्तो चाहिएको पनि होइन । सरकारले जेनजीसँग सम्झौता त गरेको छ तर त्यो धेरै ढिला र आफ्नै सरकार बनेपछि भएको छ । आफैले आफैसँग गरेको सम्झौता जस्तो देखिन्छ त्यो ।
NE
0
0
11
634
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
पहिलाको बाकी ..... हेर्दैजानु .... नेपालमा बसेर चीन र इन्डिया टुक्र्याउन सजिलो छैन । तिमिहरुका खेल यी शक्तिराष्ट्रहरुले बुझिसकेका छन् किनकी समय अघि नै आफ्नो रुप बंगलादेशमा देखाईदिएर तिमिहरुले सबैलाई बुझाईदियौ कि तिमिहरुको उद्देश्य नेपालमा के छ भन्नेकुरा .... हलगोरुलाई पहिले जोत्ने, बूढो भएपछी भिरबाट खसाल्ने नै हो । यो खेल पस्चिमिले राम्रोसंग जानेको छ । तिमिहरुका चुरिफुरी धेरै समय टिक्दैन । त्यसैले बेलैमा सुधृउ वा भिरबाट हाम्फाल .... अबको २०८३ सालको संवत्सर नै " रौद्र " संवत्सर हो । रुद्र अवतार त देखिने नै छ .... बेलैमा चेतना भया !!!
NE
0
2
22
1.4K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
अचेत प्राणिहरुले यो लेख नपढ्नुस ज्वरो आउँछ ( चेतना हुनेले पूरा पढ्नुस ) नेपाल तन्त्र भूमी, देव भूमी , ऋषि भूमी हो । सृस्टिको सुरुवात यहिँबाट शिवले गर्नुभएको गोरक्ष भूमी यहि हो । यो देशलाई तहस नहस गराईहाल्न त्यति सजिलो छैन। सोनियाँ गान्धिले र त्यो अघि इन्दिरा गान्धिले देखेको सपनाकै कारण आज इन्डियामा कांग्रेसको अब सयौं वर्ष बेहाल हुने भएको छ भने राहुल गान्धी बौलाहा भईसकेको छ । नेपाललाई आँखा लगाउनै खोज्दा अलेक्जेन्डर ग्रेट कहिल्यै नफर्किने गरि बिरामी परेर बाटैमा मर्यो, कसरी मर्यो, कस्ले मार्यो ? सबै आस्चर्यचकित भए । नेपाल खाने सपना देख्दै पस्चिमी उदाईराखेकै थियो , पृथ्वीनारायण शाहले एकीकरण गरे, बहादुर शाहले बिस्तार गरे , पस्चिमिले नेपाल आँखा लगाउँदा उसले कब्जा गरेको इन्डिया समेत छाडेर भाग्नुपर्यो । नेपालमा एमसिसि भित्र्याएको अमेरिकाको एउटा शक्ति पाखा लगाउन डोनाल्ड ट्रम्प जन्मिए । युरोपियन युनियनको हरिबिजोग गराउन रुसले युरोपसंग नै युद्धको तयारी मात्र गरेको हैन, युरोपभर र अमेरिकाभर आप्रवाशिले अब कुनैदिन मुस्लिम वा काला जातीले नै युरोप कब्जा गरिसक्ने स्थिती बनिसकेको छ र उ आफैं अस्तित्वको लडाइँ लड्नुपर्ने तहमा आईपुगेको छ । यसका लागि त मुस्लिम समुदाय र काला जातिलाई धन्यवाद दिनुपर्छ । ट्रम्प फेरि युरोपियन युनियनको हतियार ब्यवशाय षड्यन्त्रको पक्षधर हैनन । उनी युद्ध अपराध र अन्य देशमा हस्तक्षेप हैन अमेरिका फर्स्टको नीति लिने ब्यक्ती हुन् । उनले बरु खनिज, सम्पदा माग्नसक्छन, कब्जा गर्नसक्छन वा त्यसमा deal गर्नसक्छन र त्यसका लागि नमाने चाहिँ जो संग पनि युद्ध लड्न सक्छन तर हतियार बेच्नको लागि दुईबिच युद्ध गराउने नीति भने उनले त्यागेका छन् जुन काम यो अघि अमेरिकाले गर्दै आयो । यसैकारण हतियार ब्यवशायिहरु अब अमेरिका र युरोपमा भन्दा एसिया केन्दृत त्यसमा पनि दक्षिण एसिया केन्दृत हतियार ब्यवशायमा लागेका छन् । यी हतियार ब्यवशायी भनेका युरोपियन युनियनका सदस्यहरु, सोनियाँ गान्धी ग्रुप र हाल बंगलादेश , नेपाल कब्जा गरिराखेको समूह नै हो । हतियार नै बेच्नको लागि चीन, भारत जुधाउने निक्कै कोसिस भयो तर हाल चीन र भारतको मित्रता गाढा हुन थालेको छ र त्यसको लागि ट्रम्पलाई धन्यवाद दिनुपर्छ ( घटना बुझ्नेले बुझेकै छ ) । नेपालमा यस्ता बज्रस्वाँठहरु थिए र छन् जो चिनियाँ बन्दै भारत र चीन जुधाउने पस्चिमी नितिमा साथ दिईराखेका थिए तर आज त तिनको पनि होस् उडेको छ किनकी ठिक विपरित चीन र इन्डिया मित्रता हुने निस्चित भएको छ । यो हाम्रो लागि जानेदेखी फाईदा हो , नजाने देश जाने खतरा पनि हो । रुस र इण्डियाको संवन्ध यसै राम्रो छ । रुस यो कित्तामा हुँदा नेपाल स्थिर बन्छ कि भन्ने आश गर्न सकिन्छ । यदि दुई छिमेकले बाँडेर नेपाल लिने सल्लाह गरेछन् भने त्यस्लाई नियतिले खोजेको दुर्भाग्य मान्नुपर्छ र त्यसो नहोस् भन्ने हो भने राजसंस्था स्थापना गर्नुपर्छ अन्यथा ढिलो वा छिटो दुबै छिमेकी बाध्य हुने नै हो । त्यतिखेर जतिसुकै सरापे पनि हामी कायरका केही लाग्नेछैन । ओछ्यानमा लुक्दै जय हिन्द र एक चीन नीति जिन्दाबाद, नेपाल तिब्बत बन्यो हुरे भन्नेदिन नजिक नै छ यदि अझै राजा नफर्किने हो भने । युरोपियन युनियनलाई अहिले स्थिती पहिले बाबुराम र प्रचण्ड जस्ता घोडा तयार गरेको सरह सहज छैन र नेपालीले दुबै बिध्वंशकारिहरुलाई चिनिसके भन्ने बुझेर नै दुबैलाई एक गराउन पाए नेपालमा हतियार ब्यवशाय फस्टाउने थियो कि भन्ने अन्तिम उपायमा लागेको छ । उसले कब्जा गरिराखेको निकाय मार्फत उ खेलमा मस्त छ तर, अब उसको स्थिती सहज छैन । हल गोरुलाई हिँडाउन त सक्ला सायद खेतमा पनि उतार्ला तर जोत्न सक्दैन । अहिले उत्साहित हुने अचेतहरुको कारण एउटा झडप, युद्ध वा बंगलादेश सरह नै स्थिती पनि नआउला भन्न सकिन्न तर त्यही स्थिती आए पनि .... अब अमेरिकाले पनि राजदुत फेर्नु र चिनले पनि राजदुत फेर्नुमा गहिरो अर्थ छ । युरोपियन युनियनले गराउन खोज्ने अब युद्ध र झडप नै हो यसमा हल गोरु फेरि प्रयोग हुनेछन तर त्यो भए पनि ट्रम्प रहुन्जेल , अझ नेपालमा नयाँ राजदुत आएपछि नेपालमा अर्कै स्थिती हुनेछ । ठुटे, उरन्ठेउला र हुल्लडबाजहरुको खुशी त्यति लामो समय टिक्नेछैन किनकी या त यहाँ अर्को एउटा बिध्वंश भएर वा नभै , दुबै हर हालतमा युरोपियन युनियन कुलेलम ठोक्ने नै हो । हालको अवस्थामा यहाँ देखिएका जुनसुकै दलले वा खडा भएका हलगोरुले जिते पनि क्षणिक रुपमा जित हुने चाहिँ युरोपियन युनियनकै हो । असली खेल चाहिँ त्यो क्षणिक जित हुनुअघी नै वा भएपछी यसरी सुरु हुनेछ कि युरोपियन युनियन टाटा बाईबाई हुनेछ ...उसका आडमा उफृएकाहरुको पनि विचल्ली ....
NE
1
11
35
2.2K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
#बुर्किना फासोका 🇧🇫 राष्ट्रपति क्याप्टेन इब्राहिम त्राओरेले ९.७ अर्ब सीएफए फ्राङ्कको लागतमा केवल ८ महिनामै निर्माण सम्पन्न भएको काजु स्याउ प्रशोधन उद्योगको उद्घाटन गर्नुभएको छ। यस उद्योगले वार्षिक १०,००० टन काजु स्याउ प्रशोधन गरी जुस, वाइन, भिनेगर र इथानोलजस्ता उत्पादनहरू बनाउनेछ। यो एक महत्वपूर्ण परिवर्तन हो, किनभने यसअघि हरेक वर्ष उत्पादन हुने २० लाख टनभन्दा बढी काजु स्याउ फोहोरका रूपमा खेर जाने गरेका थिए। स्थानीय उद्योगलाई मजबुत बनाउन सरकारले काँचो काजु निर्यातमा प्रतिबन्ध लगाएको छ, जसले काजु देशमै प्रशोधन गरी अन्तिम उत्पादन बनाउने सुनिश्चित गर्दछ। यस पहलले रोजगारी सिर्जना, औद्योगिक विकास र आर्थिक आत्मनिर्भरतालाई सहयोग पुर्‍याउँछ । यसले बुर्किना फासो काँचो पदार्थ निर्यात गर्ने देशबाट मूल्य अभिवृद्धि गर्ने राष्ट्रतर्फ अघि बढ्दै गरेको स्पष्ट संकेत गर्दछ।
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
1
11
75
5.2K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
श्री ५ महेन्द्रले विश्वेश्वरप्रसाद कोइरालाई १६ पटक सोधिएको थियो-" पि. एम. नेपाल बनाउनेकी इण्डिया ?" यस्ता प्रश्नहरु १ देखि १६ सम्मै प्रसङ्ग मिलाएर शोधनी भै रहदा वि. पि. ले राजाका अगाडि त भन्थ्ये-" सरकार ! नेपाल बनाउने मेरो कर्तव्य हो ।" तर केही दिनमै इण्डियाले बोलाएर झाको झारे पछि पर्किदा भन्दै आउथ्ये-" म लाई राजाले काम नै गर्न दिएन ।" ल भन्नू होस् ! जनता राजा गलत थिए ? कि बिपिलगायतका नेता गलत थिए ? तर राजाका तर्फबाट बोल्ने पन्चायतका मन्त्री पनि उतै मिलेकै आभास पाइन्छन् ,डायरीबाट । १७ पटकमा भने -"पिएम अब मैले हेरेर बस्न सकिन अब म अगाडि बढे" भने प्रष्ट रुपमा छिचलेरै भने " को पनि लेखिएको छ। त्यस पछि मात्रै १७ सालको कदम चलिएको रहेछ । श्री ५ महेन्द्रको बानी रहेछ ! जोसंग भेटेर जुन विषयमा कुराकानी भए पनि टिप्पण लेख्ने ! तर सुवर्ण , बिपि, गणेशमान, कृष्ण प्रसाद लगायत भने इण्दियाका पुरै समर्थनमा अडिग भक्त रहेकाले श्री ५ महेन्द्रलाई धेरै सकस रहेछ भन्ने यावत टिप्पणहरुबाट बुझ्न सकिन्छ मात्रै होइन, नेपालमा विकासमा वाधा र व्यवधानकै कारण थियो भनेर भन्न सकिन्छ । तप्केनी र ओसले हामी नेपालीहरुले कसरी बाच्न बाध्ये रहेछौ यस्को लेखाजोखो जनताबाट नै हुनु जरुरी छ । श्री ५ ज्ञानेन्द्रका समयमा पनि के कस्ता हरकत भए, त्यो भन्दा अघि पनि के के भएका थिए त्यसको बिवरण बिस्तार हुने नै छ तर आज अर्को एउटा कुरामै बरालिन चहेको छु! यस्तो छ-"कूटनीतिमा विचौलियाको, राजनीतिमा हस्तक्षेपको अन्तर दुई पक्षीय सम्वन्धमा भएका गिरावट्को समीक्षा र सुधारविना इण्डियाले नेपालबाट सम्मान पाउन कठिन छ ।" इण्डियाका भगतसिं कोसियारीले नेपाल हेर्ने द्रुष्ट्रीकोण पुरानो मानसिकता नछोडेको उसैको प्रतिनिधित्व गर्ने गरि भनेका थिए-" भुटान दुनियामा खुशी प्राप्त गर्ने पहिलो मुलुक भएको र हामी नेपाल भुटान जस्टै होस् भन्ने चाहन्छौं ।" उहाले के भन्न चाहेका थिए भनेर तर्क त दिई नै हालेका थिए । नेपालीहरु के हामीले कस्तो र कस्का लागी नेपाल आमालाई रुहाएर राजनीति गरेका छौं ? यो प्रश्नको उत्तर त विगत भदौ २३ र २४ मा कस कसले के के गरे ? को को नेपालीहरु संलग्न रहेका थिए ? यो जनता आफैले बुझ्न सकिन्छ । को के देशको प्रधान्मन्त्री बनेका र कस्ता कस्ता छानी मन्त्री परिषद्का सदस्यहरु भएका रहेछन त्यो पनि त बुझिएला नी हैन? नबुझिने भए कि तीन बित्ता उफ्रिनु र नबुझी यो र त्यो ले गर्ने छ भन्नू ? दुर्गा के ? रवि के अनि दलहरु को भनेर पहिले बुझौं । सन् १९४७ मा बृटिसबाट स्वतन्त्र भयो, इण्डिया । चीन सन् १९४९ अक्टोवर १ (२००६ असोज १५ ) मा आफ्नै बलबुताले स्थापना भयो । माओत्सेतुङ्गको नेतृत्वमा जन-गणतन्त्र ( सम्यवादी सरकार बन्यो)। चीनमा १,३५,५६,९२,५७६ भन्दा बढी जनसंख्या छ । देशको क्षेत्रफल ९३,२६,४१० वर्ग मिटर छ । जुन नेपालको जनसंख्या भन्दा ४४ गुणा बढी रहेको छ । क्षेत्रफल ६७ गुणा बढी छ । २२ प्रान्त,५ स्वशासित क्षेत्र र सभ्यता विश्व को प्राचीन मानिन्छ । दिशा छुट्याउने यन्त्र कम्पास,वारुद, कागज बनाउने पद्धती तथा मुद्रण विश्वले चीबाटै प्राप्त गरेको थियो । युरोपहरुले यी " आविष्कारहरु भने झण्डै एकजार वर्ष पछि मात्रै थाह पाएका थिए । चीनको पर्खाल "ग्रेटर बाल" मानव निर्मित हो ! क्यानाडामा ग्यास पाइप ९,०९६ किलोमिटर लामो छ । जनताका घर घरमा पुराइ जनताको सेवा दिएको छ । के नेपालमा जनता भुटेर देश लुटेर दलका कार्यकर्ता पाल्ने ? भ्रष्टाचार गरेर एस आराम गर्ने । अनि राजाको विरोध गरेर अनेकन गाली गलौज गर्ने अधिकार कस्ले दियो यी " ससिदुवा" हरुलाई ? उत्तर दिने को ? हो ! अब जनताले नै खोजी गरे देश जोगाउनु पेरेको छ । - नेपाल संरक्षण अभियाय २०८२/०९/०५
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
0
1
24
956
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
पहिलो पोष्टको बाकी ...,, ॅ अब म फेरी पान्डा चीन फर्किएको कथा लेख्दैछु हजुर फ्रान्सको बोभाल चिडियाखाना आइपुगेका बाउ र आमा पान्डाको फ्रान्स बस्ने अबधि य गएको नोभेम्बरमा सकियो । भिसा सकिएपछि उनीहरु फर्कनु पर्ने थियो फर्किए । फ्रान्सेलीका आँखाका नानी यि पान्डाहरु चीन फर्काउने बेला सबैका आँखा रसाए । यि पान्डाहरु मानौँ सबै फ्रान्सेलीका साझा परिवार थिए । उनीहरुलाई चीन फर्काउने दिनको सानो कथा यस्तो थियो । बिहान ३:३० बजे, बोभाल चिडियाखानाको पाण्डा–कोआला क्षेत्रमा कार्यरत स्याहारकर्ताहरूको टोलीको अन्तिम बैठक बस्यो । मतलब रातभर कोही सुतेन । केहि दिन देखिको तयारी थियो । पठाउनका लागि भने । पठाउने उपयुक्त समय र अबधि अनि टोली निर्धारण पनि पूर्व तयारी का साथ गरिएको थियो । बिहान पाँच बज्नु अगावै पान्डाहरुलाई छुट्छुटै बाकसमा एकपछि अर्को गर्दै पान्डा खालहुँदै चिडियाखानाको मुख्य भवन बाहिर ल्याइयो । स्याहारकर्ताहरू पछि पछि लागिरहे । पाण्डाहरूको भोक मेटाउन १८० किलो ताजा बाँस उनीहरूलाई बोकेको ट्रकमा लोड गरियो । धेरै पत्रकार र क्यामेराको उपस्थितिमा बोभाल चिडियाखानाका निर्देशक रोडोल्फ र सोफी डेलोर्ड टोलीसँगै उपस्थित भए । त्यसैबेला चीनिया प्रतिनिधि पनि त्यहिँ पुगे । सँझनाको लागि अन्तिम तस्बिर खिचे । धेरै वर्षदेखि यी दुई पाण्डाको हेरचाह गर्दै आएका स्याहारकर्ताहरूको आँखामा आँसु देखियो । बिहान ५:०० बजे फ्रान्सको प्रहरी सुरक्षा निगरानीमा पाँ पुँ गर्दै उनीहरुलाई सुरक्षित ट्रकमा राखेर विमानस्थल लगियो । उनीहरुका बाकसहरूमा “शुभ यात्रा युआन जी” र “शुभ यात्रा हुआन हुआन” लेखिएको थियो । फ्रान्सेली र चिनियाँ झन्डा तथा “चीनमा स्वागत फिर्ता” सन्देशले सजाइएको थियो उनीहरुको यात्रा बाकसलाई । बाटोमा ट्रक रोकेर एकबार पाण्डाहरूको स्वास्थ्य जाँच गरियो । दुवै पाण्डा मस्त सुतिरहेका थिए । उनीहरुलाई एक पटक व्युँझाइयो । सबै प्रशासनिक, पशु–चिकित्सकीय तथा भन्सार प्रक्रिया पूरा भएपछि १७ वर्षे यि दुई पाण्डाका बाकसहरू एयर चाइनाको एयरबस A330 कार्गो विमानमा चढाइयो । करिब ९,००० किलोमिटरको १२ घण्टे यात्रा तय गरेर फ्रान्सेली पशु चिकित्सक र चिनियाँ स्याहारकर्ताहरूको साथमा चेंगदुस्थित संरक्षण केन्द्र पुगे । यो मनै भरीने दृष्यलाई फ्रान्सेली टेलिभिजन रेडियोहरुले समाचार बनाए । पान्डा सँरक्षण कति खर्चिलो छ भन्ने कुरा पुन सुनाइयो । पान्डा कुटनीतिबारे पनि स्टोरी बने । अनि चीनका राजदुतले भविषयमा फ्रान्समा अरुपनि पान्डाहरु आउनेछन् र हामीले फ्रान्स अनि चीनिया सम्बन्धलाई अझ मजबुत बनाउने छौँ भन्दै गर्दा फ्रान्सेलीहरुले चीनलाई एक आशाको देशको रुपमा पनि हेरे । किनभने अहिलेको वर्तमान परिस्थितिमा चाइना र फ्रान्सको कुटनीति कसरी मजबुत बनाउने र ओरालो लागेको अर्थतन्त्र भएको फ्रान्सलाई चीनक सहयोगमा कसरी कसरी प्राण भर्ने भन्ने कुरो महत्वपुर्ण भएको छ । यसै सन्दर्भमा हालै फ्रान्सेली राष्ट्रपतिले चीन भ्रमण पनि गरेका थिए । हेर्नुस जनावरको कुटनीतिले कहिले काँही देशको अर्थतन्त्र सवल बनाउने पक्ष सम्म जोड्छ । कुटनीतिमा हुने अनेक अभ्यास मध्ये जनावर कुटनीति पनि एक हो । महानुभावहरु हात्ती कतारलाई दिनु अपराध होइन । थाह पाउनु भयो जनावरलाई भाडामा पनि लगाउन सकिने रहेछ । तर तिनिहरुको लागि उचित र अनुकुल वातावरण सृजना हुनुपर्छ र अन्तराष्ट्रिय सँझौताहरुको राम्रो पालना हुनुपर्छ । अहिले कतारीलाई छि छि र दुर दुर भन्दा पनि कतारसँगको समन्बन्ध कसरी मजबुत बनाउने भन्ने कुरो हो । यस्तो बेला दुइ देशको सम्बन्धलाई बलियो बनाउनु राष्ट्रिय हितमा हुन्छ
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
1
3
14
675
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
सौराहाका दुइ हात्ती खगेन्द्र प्रसाद र रुरुद्रकली कतारलाई उपहार दिनु हुन्छ कि हुँदैन ? कोही बिरोधमा हुनुुहन्छ र कसैले केहि हुदैन भन्नुभएको छ । यस्ते यस्तै कथा छ फ्रान्सको हालसालैको पढ्नुहोला है । यो दुइ पान्डाको एक असाधारण र भावनात्क कथा हो । फ्रान्सको राजधानी पेरिसबाट धेरै टाढा छैन बोभाल फ्रान्सेली भाषामा "ZooParc de Beauval " भन्ने चिडीयाखाना । यहि चिडीयाखानालाई भनेर सन् २०१२ मा फ्रान्सले चीनसँग दुइ विशाल पाण्डा भाडामा ल्यायो । शब्द जान्नुस है भाडा या रिण पनि भन्न सकिन्छ । उचित र अनुकुल वातावरणको शतप्रतिशत ग्यारेन्टी भएपछि चीनले ( हुआन हुआन भन्ने पोथी र र युआन जी भन्ने भाले ( Huan Huan and Yuan Zi) लाइ यस चिडिया खानामा पठायो । चिडिया घरमा आउनासाथ यि दुइ पान्डा अचम्मैले लोकप्रिय भए । हामी पनि हेर्न गयौँ । यति भिड हुने कि पान्डाको सेक्सन त कुरै नगरौँ । यति राम्रा कि काखमा लिएर बसौँ जस्ता । उनीहरुले बाँस खाइरहेको र बेला बेलामा खेलिरहेको चर्तिकला खुब हेर्यौँ । त्यतिबेला उनीहरु भाले पोथी लाग्ने याममा थिए । बाँसका झप्पामा रमाइलो अनि भाले पोथीको सिजन बहुतै आकर्षक याम थियो हामी पुग्दा । उनीहरूको आगमनले रमाइलो मात्र बनाएन । बास्तवमा फ्रान्सले पहिलो पटक यति ठूलो स्तरको पाण्डा संरक्षण परियोजना युरोपमा पनि सम्भव छ भन्ने देखायो । बोभाल चिडियाखानामा यि जोइ पोइ पान्डाले सन् 2021 मा हुआनलिली र युआन्दुदु ( Huanlili and Yuandudu ) नाम गरेका जुम्ल्याहा सन्तान जन्माए र दुइ बाट यि चार भए । चार हुनु भनेको फ्रान्सले पनि पान्डाको अनुसन्धान, प्रजनन र जनचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान दिनु सरह थियो । हुआनलिली र युआन्दुदु फ्रान्समा जन्मिएको कुरा त मैले लेखेँ । अब तपाइलाई लाग्ला भाडमा ल्याइएका बाउ आमाका सन्तान त फ्रान्सेली भए होलान् । तर होइन है । कुरा बुझौँ । तर यि दुइ बालबालिका पान्डा पनि उनका बुबा आमा जस्तै चीनको सम्पत्ती हुन् । कानुनी रूपमा चीनकै स्वामित्वमा पर्छन् यिनिहरू । किनभने अन्तर्राष्ट्रिय सम्झौताअनुसार, सँसारको जुन सुकै कुनामा पान्डा जन्मिउन् ति चीनका सम्पत्ती हुन् । तस्विरको जस्तो है । नेपालमा पाइने रातो पान्डा होइन । यस्तो पाण्डा चीनमा मात्र पाइने दुर्लभ जनावर भएकोले चीन सरकारले पाण्डालाई आफ्नो राष्ट्रिय प्राकृतिक सम्पदा मानेको छ । मतलब चीनको मात्र सम्पत्ती । कुनै समय पाण्डाको सँख्या घटेर एक हजार भन्दापनि तल पुग्यो । यसपछि चीनले अत्यन्तै कडा संरक्षण नीति अपनायो । यसअनुसार, तस्विरका जस्ता सेता काला पाण्डा सँसारका जुन सुकै कुनामा पुगुन सदैव चीन सरकारको स्वामित्वमा रहने निर्णय गरियो । तिनका छोराछोरी पनि चीनकै हुने भए । सँसारका अन्य देशमा यस्ता पाण्डा भए पनि उनीहरू बेचिएका होइनन । उपहार दिइएको पनि होइन । केवल संरक्षण र अनुसन्धानका लागि ऋणमा पठाइएको हो अर्थात भाडामा दिइएको हो । भाडामा दिएकोले फ्रान्सले पनि ल्याएको थियो । यसरी आफ्नो चिज ऋणमा दिने या भाडामा लगाउने प्रचलनलाई पान्डा कुटनीति पनि भनिन्छ । यो प्रचलनलाई कहिलेकाँही व्यग्यका रुपमा पनि हेरिन्छ । हाम्रा हात्तीलाई कहाँ राख्दा हुन्छ छलफल हुनुपर्छ । कसरी दिने त्यो पुन अध्ययन हुनुपर्छ तर नेपालले जहिल्यै पनि जनावरहरु दिँदा अन्तराष्ट्रिय नियम कानुन मजाले हेर्ने गरेको छ तर उनीहरु पुगेका ठाम कस्ता छन् त्यो तपाइ हामीले फेसबुकमा लेखेका भरमा हुँदैन । यसका लागि लामो अध्ययन गरिएको हुनुपर्छ । अब म फेरी पान्डा चीन फर्किएको कथा लेख्दैछु
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 tweet media
NE
1
3
17
1K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 retweetledi
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
रवि लामिछाने थुनामुक्त भएकोमा धेरै खुशी लाग्यो। नयाँ पार्टीहरूको नेतृत्व रवि फ्याक्टरले मात्र गर्न सक्छ। जेन–जी देखि हर्क र कुलमान सम्मका मान्छेहरु सबै रवि तिर एकत्रित हुनु राम्रो हो। पुराना नेताहरू रविसँग डराउँछन्।
NE
19
40
335
10.2K
ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾
भुटान र नेपालबीचको संविधानमा समेत उल्लेखित भिन्नता के के छन्, हेरौँ- १. ६५ वर्ष नाघेकाहरू राजनीतिबाट रिटायर हुनुपर्छ । २. ग्रेजुअट नपढेका सांसद हुन पाउदैनन् । सबै प्रत्यक्ष निर्वाचित, समावेशी समानुपातिक कानुन छैन, बहुधार्मिक बहुभाषिक र विविधता भएको मुलुक। ३. राजाउपर महाअभियोग लगाउने अधिकार संसदलाई छ । ४. राजा पनि ६५ वर्ष पछि रिटायर हुनुपर्छ । ५. दुई दलीय राज्य व्यवस्था छ । ६. दल फुटाउन वा परिवर्तन गर्न पाईदैन । ७. दुरूस्त सशक्त राज्यका संवैधानिक अंग छन् । ८. विश्वकै दोश्रो सानो संविधान छ । ९. संविधानमा मुलुकको फरेस्ट कभर ६०% भन्दा बढी हुनुपर्ने उल्लेख छ । हाल ७०% छ। १०. संविधानमा एउटा पूरा धारा अध्यात्ममा छ । ११. एउटा पूरा धारा संस्कृतिमा छ । १२. राज्यधर्म बज्रयान बुद्धिज्म भएको एक मात्र देश । १३. सांसद हुन विगतमा कुनै क्रिमिनल रेकर्ड नभएको हुनुपर्छ। १४. जनताले नचाहदा नचाहदै पनि राजाले नै जनतालाई सम्झाई बुझाई गरेर प्रजातान्त्रिक संविधान २००८ लागू गरिएको देश । १५. मन्त्रालय र मन्त्रीको संख्या ११ जना तोकिएको देश । १६. कार्वन न्युट्रल र कूल राष्ट्रिय खुशियाली मूल नीति कायम गरी सोही आधारमा सबै नीति योजना र शासन व्यवस्थाको मापन र मूल्यांकन गर्ने संयन्त्र बनेको मुलुक । १७. टेक्नोक्रेट र पेशाविदहरू सांसद र मन्त्री रहेको मुलुक । १८. विश्वमा व्याप्त लोकतान्त्रिक विकृतिलाई भुटान छिर्न नदिने संबैधानिक र कानुनी व्यवस्था भएको देश । १९. विदेशीहरूको हस्तक्षेपलाई र आफ्नो मौलिकतालाई संरक्षण गर्नमा पूरा नियन्त्रण हुने गरी हरउपाय गरिएको देश । २०. प्रधानमन्त्रीको कार्यकाल बढीमा २ पटक हुने देश । २१. सरकारले कार्यकाल पूरा गर्न पाउने देश, कुनै राजनीतिक अस्थिरताको चिन्ता गर्न नपर्ने। २२. सबै नेशनल रिजर्भ पार्कलाई एकआपसमा जोडेर वन्यजन्तु जुनठाउँबाट जता जान पनि मिल्ने गरी करिडर पूर्वाधार बनाइएको । २३. अन्तर्राष्ट्रिय ईस्युमा आफ्नो स्वतन्त्र धारणा र मत दिने देश । २४. शिक्षा (उच्चशिक्षासमेत) र स्वास्थ्य सबै नि:शुल्क छ । २५. प्लाष्टिक र सुर्तिमुक्त छ । २६. ग्रीन अर्थतन्त्र छ । २७. संसदमा पक्ष विपक्ष दलका अलग्गै बेन्चसीट हुदैन, निर्वाचन क्षेत्र क्रसं बमोजिम सीट रहन्छ । २८. निर्वाचन खर्च राज्यले नै बेहोर्छ , आफूखुशी पैसा बगाएर मतदातालाई जॉडरक्सी मासुभात खुवाउन र व्यापारी कर्मचारीबाट उठाएर भ्रष्टाचार गरेको पैसा दुरूपयोग गर्न पाईदैन । २९. भुटानको प्रतिव्यक्ति आय ३,००० डलर भन्दा माथि छ। ३०. भुटान विश्वकै अति कम भ्रष्ट र नेपाल विश्वमा अति बढी भ्रष्ट। ३१. भुटानमा प्रजातन्त्र आएको १७ वर्ष पुगेको छ। नेपालमा भने दुई चोटी प्रजातन्त्र आयो र ३५ वर्ष मात्र पुगेको छ । राजनीति अस्थिरताको भुमरीमा नेपाल फँसेको ७५ वर्ष पुगिसक्यो तर भुटान ढुक्कसंग अगाडी बढेको छ। भुटानसंग नेपालको तुलना गर्न पनि नमिल्ने छैन त?
NE
1
3
21
998