
..........किनकि जो हाम्रो सबैभन्दा कठिन यात्रामा साथ दिन सकेनन ,उनीहरू हाम्रो सफलताको उत्सव मनाउने अधिकार पनि राख्दैनन,जीवनको कुनै न कुनै मोडमा, हामी सबैले यस्तो क्षण भोगेका छौं,जहाँ हामी थकित हुन्छौँ, कमजोर महसुस गर्छौं, र त्यही बेला केही आफ्नै भनिएका मानिसहरू चुपचाप टाढा सर्छन,कसैले व्यङ्ग्य गर्छन, कसैले हेला गर्छन, कसैले त तपाईंको सपनामाथि हाँस्दै भन्छन , कसैले १० पटक गर्दा पनि फोन उठाउदैनन र रिप्लाइ पनि कोही हाम्रा वुवाआमालाइ समेत भेट्न चाहादैनन बालबच्चा सित बोल्दैनन बोलाउदैनन ।
र भन्छन तैले गर्लास र .....???
यस्तो वेलाकी शक्ति हौ तिमी .......
त्यही शब्दहरूले मन चिरिन्छ।
रातभर निद्रा लाग्दैन । आँखा बन्द गर्दा पनि ती आवाजहरू गुञ्जिरहन्छ .... त्यस्तो वेलामा तपाईं कमजोर हुनुहुन्न, तपाईं त बलियो बन्नुपर्छ । तिनीहरूलाई वास्ता नगर्नुहोस भन्ने चाही तिमी हौ
तिनीहरूको मौनता, तिनीहरूको गाली, तिनीहरूको शंका यी सबै तपाईंको यात्राका ढुङ्गा हुन्, जहाँ टेक्दै टेक्दै तपाईं माथि उठने हो । आफ्नो लक्ष्यतर्फ निरन्तर लागिरहनुहोस मात्र भन्यौ । अनुशासनसँग ,धैर्यसँग, तर संसार तुरुन्तै नतिजा खोज्छ, मैले के गरु ???तर भगवानले प्रक्रिया हेर्नुहुन्छ। कहिलेकाहीँ आफैलाइ लाग्छ म किन यति एक्लो छु तर म छु नि भन्ने तिमी छौर ........
तर साँचो कुरा के हो भने, महान यात्राहरू सधैं एक्लै सुरु हुन्छन् । यही संसारमा, भगवान गौतम बुद्ध पनि जब बुद्धत्व प्राप्त गर्ने यात्रामा लाग्नुभयो, त्यतिबेला उहाँलाई फुलले होइन, गालीले स्वागत गरिएको थियो।
मानिसहरूले हाँसे, अपमान गरे, शंका गरे।
तर बुद्ध रोकिनुभएन । उहाँले पछाडि फर्केर जवाफ दिनुभएन उहाँ अघि बढिरहनुभयो - शान्त, स्थिर र अडिग रुपमा जब उहाँले बुद्धत्व प्राप्त गर्नुभयो, जब उहाँ ज्ञानको शिखरमा उभिनुभयो, त्यसपछि मात्र उहाँ पछाडि फर्कनुभयो। यो पाठ मलाइ कति पटक सुनायौ याद गर त !!!!
त्यो दिन, उहाँलाई गाली गर्नेहरू बोल्न सकेनन । उहाँलाई हेला गर्नेहरू आँखामा आँखा मिलाउन सकेनन सबैले सिर निहुराएर बस्नुपर्यो। त्यो नै साँचो मिहिनेत हो। हामिले पनि यस्तै मिहिनेत गर्नु छ हाम्रो लागी र परीवारको लागी शब्दले होइन, स्वरले होइन, उत्तरले होइन, आफ्नो परिणामले ।यस्तो केही गर्नु छ कि त्यो गन्तव्यमा पुगेपछि उनिहरुलाइ हरूलाई पछुताउनुपर्ने हुन्छ। तर समय बितिसकेको हुन्छ । हामिले कतिलाइ केही गर्यौ या गरेनौ त्यो नसंझौ तर .....अब
उनीहरू चाहेर पनि भन्न सक्दैनन
हामीले तिमीलाई गलत बुझ्यौँ।
त्यतिवेला हामि धेरै नै बानि परीसकेका हुनेछौ । आज हामी रोइरहेका छौ भने, यसको अर्थ हामी कमजोर होइनौ, यसको अर्थ हामी एक्लो हौ । आज हामी एक्लो छौ भने, यसको अर्थ हामी गलत बाटोमा होइन, यसको अर्थ हामी सही बाटोमा छौ ।कसैलाइ दोष नदिम कर्म गरम भनेर.......
उनीहरूलाई धन्यवाद दिन्छौ
किनकि उनीहरूले नै हामिलाइ हाम्रो शक्तिमा विश्वास गर्न सिकाए।
एक दिन, हामी पनि पछाडि फर्किनेछौ हजुरहरुसवैलाइ भेट्नेछौ ....
र त्यतिबेला शब्दको आवश्यकता पर्नेछैन।
हाम्रो मौनता नै पर्याप्त हुनेछ।
त्यो दिन, तपाईंको आँसु दुःखको हुनेछैन – त्यो खुशिको को हुनेछ प्रिय ........ अब पवि संगसगै है
तिमीसंग संगसगै २५औ बर्ष
あなたと共に歩んできた25年

NE









