
सबिधान सशाेधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका सयाेजक तथा प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहद्वारा प्रधानमन्त्रीकाे कार्यालय सिहदरबारमा अायाेजित बैठकमा बाेल्दै मैले भनेका मुख्य कुराहरू -१) नेपालले ६ वाेटै सबिधानहरूमा अनुभव गरेका सबल र दुर्बल पक्षहरूकाे पूर्वाग्रहरहित समीक्षा गरेर , २) पछिल्ला पाच वाेटा सबिधानहरू असफल हुनुकाे मूल्याकन गरेर, ३) तत्कालिन खपतकाे लागि चतुर्याइपूर्वक छानिएका शब्दहरू मिलाएर लेखिएका बाक्याम्सकाे सगालाे सार्थक सबिधान हुदाे रहेनछ भन्ने मूल्यवान पाठ सम्झेर, ४) निराश जनताकाे क्राेध सम्बाेधन गर्न प्रचलित राजनीति र सबैधानिक प्रकृया असक्षम भएपछि देशले पछिल्लाे भदाै २४ गते भाेगेकेा बिपत्तीले पढाएकाे पाठ सम्झेर, ५) शक्ति विकेन्द्रीकरणकाे सिध्दान्तलाइ जिवन्त राख्ने, प्रजातान्त्रिक राजनीतिक र शासकीय सस्कारलाइ सस्थागतरूपमा बलियाे बनाउने सबिधानकाे चाहना राखाै । ६) प्रतिनिधिसभामा दुइ तिहाइकाे बहुमत, जनताकाे अपार समर्थन र विश्वसमुदायकाे सहानुभूति तथा समर्थन प्राप्त सरकारले सार्थक र दिगाे हुने काम गर्नुपर्छ । नेपालले ज्यादै अनुकुल सम्वेग Momentum पाएकाे छ , सदुपयाेग गराै । खेर जान नपावाेस

NE














