Sabitlenmiş Tweet

बहस्थली निति -
Ø ‘बहस्थली’(बहस+थलो) नेपाली भाषामा विविध विषयमा खुल्ला कुराकानी वा बहस गर्ने साझा थलो हो।
Ø यहाँ व्यक्त अभिव्यक्तिको लागि सम्बन्धित वक्ता स्यमंको अपनत्व र जिम्मेवारी हुनेछ। बहस्थलीले कसैको विचारको अनुमोदन, अपनत्व वा खण्डन गर्दैन। विचारकै आधारमा कसैलाई पनि आफ्नो वा पराई गरिने छैन।
Ø बहस्थलीले फलो गरेको जुनसुकै ह्याण्डलबाट स्पिकरमा आएर कुरा गर्न सकिने छ। फलो नभएको ह्याण्डलले भने स्पिकरको लागि गरेको अनुरोधलाई सहजकर्ता वा को-होस्ट भएको अवस्थामा मात्र सहजकर्ताको तजविजमा प्रयोग गर्न पाउने वा नपाउने हुने छ। यसबाट पर्नजाने असुविधाको लागि अग्रिम क्षमा प्रार्थी छौ।
Ø औसत नेपाली परिवारमा बोलिने जुनसुकै विषयमा आफ्ना कुराकानी गर्न सकिने छ। परिवारमा अपच्य सब्द प्रयोग गरी कुराकानी गर्ने गरेको पाईएमा उक्त वक्तालाई अनफलो गरिनेछ। यसबाट पर्न जाने असुविधाको पनि बहस्थली क्षमा प्रार्थी छ।
Ø दुईजना भन्दा बढी वक्ताहरु भएको अवस्थामा आफू बोल्नेबेलामा माईक्रोफोन अन गर्ने र बोलिसकेपछी माईक्रोफोन अफ गर्ने गरेर अन्य वक्ताको सम्मान गर्न अनुरोध छ। धेरैजना वक्ताहरुले कुराकानी गर्दा, हात उठाएर पालैपालो सबै वक्ताको अभिव्यक्तिको सम्मान गर्न अनुरोध छ।
Ø एक्सको प्रावधानअनुसार, एक पटकमा १० जना भन्दा बढी वक्ताहरु नअट्ने भएकोले १० जना (सेचुरेट) भएको अवस्थामा आफूले कुरा गर्न सकिसकेपछि अन्य वक्ताको लागि स्थान दिने वातावरणको लागि अनुरोध छ।
Ø कुनै विषयमा विशेष अतिथि निम्ताएर यस थलोलाई सार्वजनिक संवादको लागि प्रयोग गरेर बहस्थलीलाई थप प्रभावकारी बनाउन चाहनुहुन्छ भने त्यस्तो प्रयासलाई सम्मान र आवश्यक सहयोग हुने छ।
Ø थप जानकारीको लागि बहस्थलीलाई प्रत्यक्ष मेसेज गर्न सक्नुहुनेछ।
NE
