Speaker of Nepal

164 posts

Speaker of Nepal banner
Speaker of Nepal

Speaker of Nepal

@speaker_nepal

Speaker, House of Representatives, Nepal

Kathmandu Katılım Şubat 2020
8 Takip Edilen1.3K Takipçiler
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
२०७९ सालको दसैं, तिहार, छठ लगायतका राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४३ को अवसरमा सम्पूर्ण दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet media
NE
55
4
45
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको ७ बर्ष पूरा भएको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet media
NE
4
2
17
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
हाम्रो निमन्त्रणामा नेपाल भ्रमण गर्नु भएकोमा महामहिम ली चान्शु र प्रतिनिधिमण्डलप्रति विशेष आभार व्यक्त गर्दछु। उहाँसँगको शिष्टाचार भेट र द्विपक्षीय वार्ता सौहार्दपूर्ण रह्यो। भ्रमणका क्रममा नेपाल र चीनबीच भएको अन्तरसंसदीय समझदारीले दुई देशबीचको सम्बन्धलाई थप उपचाइमा पुर्याएको छ।
Speaker of Nepal tweet mediaSpeaker of Nepal tweet mediaSpeaker of Nepal tweet mediaSpeaker of Nepal tweet media
NE
0
1
10
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
हरितालिका तीज २०७९ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet media
NE
0
1
19
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ। दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।
Speaker of Nepal tweet mediaSpeaker of Nepal tweet media
NE
1
1
12
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
प्रतिनिधि सभाका माननीय उपसभामुख पुष्पा भुसाल (गौतम) की आमा ९१ वर्षीय शारदा गौतमको आज भएको दुःखद निधनले स्तब्ध बनाएको छ। दिवंगत शारदा गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोकमा रहनु भएका माननीय उपसभामुख पुष्पा भुसाल (गौतम) लगायत परिवार एवम् आफन्तहरुमा गहिरो समवेदना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet mediaSpeaker of Nepal tweet media
NE
0
1
3
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
प्रतिनिधि सभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदिप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Speaker of Nepal tweet media
NE
1
3
18
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदका अवसरमा यो पर्व मनाउनु हुने नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet media
NE
1
1
10
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
हाम्रो असल मित्र देश जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि भएको साङ्घातिक आक्रमणबाट उहाँको निधन भएको खबरले स्तब्ध बनाएको छ। यस दु:खद घडीमा दिवङ्गत आबेप्रति भावपूर्ण श्रद्धाञ्जली ! संघीय संसद र ब्यक्तिगततर्फबाट सम्पूर्ण जापानी जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
NE
1
2
12
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
‘संसद दिवस २०७९’ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet media
NE
1
2
10
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
मानव सभ्यता र आधुनिक विकासक्रमले उच्चता कायम गरिसक्दा समेत समाजमा भेदभाव र छुवाछूत जस्ता अमानवीय सोच कायम रहनु हामी मानव जातिकै उपहास हो । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा यस्ता हानिकारक परम्परागत अभ्याससँग जोडिएका सोचबाट मुक्तिका लागि सामूहिक प्रण गरौं।
NE
4
1
18
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
जेठ १५ गते विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भई विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरुको निधन भएको खबरले मर्माहत बनाएको छ। यस दुःखद घडीमा दिवंगत सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
NE
0
2
7
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
गणतन्त्र दिवसका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet media
NE
2
3
17
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
प्रकृति पूजक किराँत समुदायले मनाउने उभौलीका अवसरमा राई, लिम्बू, याक्खा, सुनुवारलगायत किराँत समुदायका सम्पूर्णमा हार्दिक शुुभकामना व्यक्त गर्दछु । उभौली पर्वले सामाजिक सद्भाव र एकताका लागि थप टेवा पुग्ने विश्वास लिएको छु ।
NE
0
1
9
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
२५६६ औं बुद्ध जयन्तीका अवसरमा सबै नेपाली दिदीबहिनी एवं दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet media
NE
1
1
6
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का अवसरमा यो पर्व मनाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । पर्वले नेपाली मौलिकता एवं विविधतालाई संरक्षण गर्दै भातृत्व र मजबुत राष्ट्रिय एकताका लागि प्रेरणा मिल्ने विश्वास लिएको छु ।
NE
0
1
5
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारजगत् सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुुभकामना व्यक्त गर्दछु । नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति भएका संघर्षहरुमा आफ्नो अमूल्य जीवन अर्पण गरेका सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
Speaker of Nepal tweet media
NE
0
1
3
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet media
NE
1
1
6
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
नव बर्ष २०७९ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Speaker of Nepal tweet media
NE
6
1
19
0
Speaker of Nepal
Speaker of Nepal@speaker_nepal·
काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा आज र तराई/मधेशका जिल्लाहरुमा भोलि हर्षोल्लासका साथ मनाइने रङ्गहरुको उत्सव फागु पूर्णिमा (होली पर्व) २०७८ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
NE
0
2
14
0