चुपचाप तिमी चुपचापछु म
र कुरा नगरीकन बस्दछु म ।
चुपचाप समाज हुनेछ घर
चुप गाउँ रहुन् चुप हुन् सहर ।।१।
नगरेर कुरा यदि काम भए
किन फ्याँक्नु गरेर कुरा समय ।
अघि बढ्दछ फाइल टेबुलमा
सब शान्त बसून् नबसी हुलमा ।।२।
जब शान्त प्रशान्तछ सागर त्यो
अति शान्त उँचो अम्बर त्यो ।।
पाँच सुसेलीहरू
°°°°°
बालै दिएन
सुकुम्बासी लखेट्ने
चालै भएन ।
भत्किए घर
दृश्य हेरी झरेका
आँसु बरर ।
सुकुम्बासीको
भाडा खाने टहरा
हुकुम्बासीको ।
लिपु टेकेर
कैलास जाने बाटो
ढुङ्गा न माटो ।
ज्याला निमेकी
ऐंचोपैंचो नमिल्ने
कस्तो छिमेकी ।
-उत्तम विचार ।
विपक्षी खोज्नुपर्ने संसद्मा आफ्नै सांसदमाथि विश्वास गरिएको भए विधेयकले शीतल निवास पुग्नै पर्थेन । माननीय मनिष खनाल जस्तै अन्य सांसदको मन उसैगरी पोलेको हुनुपर्छ । भनिन्छ अति गर्नु अतिसार नगर्नु - चेतना भया !
#चुस्स…
म त हुकुमबासी हैन सुकुम्बासी
सरकार आए डोजर लिई लड्छु हाँसीहाँसी
साँच्चै सुकुम्बासी यहाँ भेट्नै गाह्रो छ
नदी किनार ओगट्नेकै बोली साह्रो छ ।
जसको नाउमा माटो छैन, छैन खेतीपाती
बर्सौँदेखि आकाश मुनि हुर्के छोरानाति ।
ती हुन् सुकुम्बासी सच्चा सुकुम्बासी
तिनकै छाप्रो...
झन् बढ्दो जलवाष्पको असरले ढल्दै छु ढल्दै छु म
देऊ आँट ममा मिलोस् सफलता गल्दै छु गल्दै छु म ।
मेरो नास विनाशमा खुस हुने सन्तान को रुन्छ र
मास्ने कर्म बढ्यो भने अवननिको अस्तित्व के हुन्छ र ।।
#SaveEarth