केवल किरण
244 posts

केवल किरण
@kewalpb
तिम्रा प्रत्येक शव्दहरूसँग असहमती, तिम्रो बोल्ने एकाधिकारको अन्तसम्म प्रतिवाद!

निजामती विधेयक चर्चामा आएको बेला छ। उच्च पदमा पुगेर अवकाश पाएका एक सज्जनलाई हालै एक भीडियोमा सुनियोः- भारत हैदराबादको निजामका निजी नोकर भएकालाई ‘ निजामती’ भनियो। त्यसैको सिको गरेर नेपालमा यो शब्द चलाइयो। त्यसो त होइन कि ? आफ्नो जानकारीको दायरालाई केही फराकिलो पारौ,महोदय। Civil Servent मा परेको पछिल्लो शब्दले ‘नोकर’ नै बुझाउॅंछ।कि होइन ? तर नेपालीमा त ‘राष्ट्रसेवक’ कर्मचारी भन्ने/लेख्ने चलन छ। आखिर जनताको सेवा गर्न खटेको व्यक्ति सेवक नभए के हो त ? भारतमा— पहिलो पटक प्रधानमन्त्री भएकै बेला नरेन्द्र मोदीले आफूलाई ‘प्रधान सेवक’ को रूपमा चिनाएका हुन्। अचेल के छ कुन्नि, थाहा भएन।



एकतिर सिस्टम करप्ट गरी करोडौं-अरबौंको लूटका समाचार। अनि अर्कोतिर १००-१५० का सामानमा कर तिरिनस् भनेर सामान्य नागरिकमाथि जोरजुलुमका खबर। मुलुक त हाम्रो बबालै हो के ! मा'राज कि जै !


भारतबाट नेरू १०० बराबरको सामान भंसार महशुल नतिरी ल्याउने व्यवस्था पहिलो पटक साविकको भंसार नियमावली, २०२६ ले गरेको हो। ५७ वर्षसम्म यहि व्यवस्था राख्नुको कारण निश्चय नै बहस योग्य छ तर पछिल्लो समय यो व्यवस्था राख्दा भंसार विभागको चमेनागृहमा यति मुल्यमा के आउँछ विचार गरेको भए हुने।














