BISHNU POKHAREL
228.2K posts

BISHNU POKHAREL
@55Kthm
#Health And #Fitness person #Motivation #Speaker

१९ दिनदेखि एउटा अपराधको यकिन गर्न नसक्ने कस्तो राज्य प्रणाली बनाएछौं हामीले ? सुर्खेतमा इनिसा बिकको शब अस्पालमै छ । हाम्रा छोरी-चेलीहरूले मारिएपछि पनि न्यायका लागि कहिलेसम्म इनिसाको शबले जस्तै अनशन बस्नुपर्ने हो ? बलात्कार हो भन्नेमा शंका छैन तर घटनाको टुंगो लाग्दैन । महिला प्रधानमन्त्रीज्यू, तपाईंको ध्यान तपाईंका आदर्शहरूना मात्र कति केन्द्रित गर्नुहुन्छ ? के यी नानीको भड्किरहेको आत्माको आवाज तपाईंको कानसम्म पुगेको छैन ? फेरि भन्छु- बलात्कारीलाई फासीको सजाय दिने कानुन बनाउनुपर्छ, त्यसमा पनि नाबालिकामाथि ज्यादति, सामूहिक दुष्कर्म आदिका हकमा त अनिवार्य नै ।



म विद्यालयमा हुँदा संस्कृत पढेको स्मृति अझै जीवित छ, तर त्यही भाषा हाम्रो शिक्षा प्रणालीबाट ओझेल पर्दै गएको देख्दा गम्भीर चिन्ता हुन्छ। हाम्रो सभ्यता, संस्कृति र ज्ञानको मूल आधार नै संस्कृत हो। तर विडम्बना, विश्वका अमेरिकादेखि जर्मनीसम्मका मुलुकहरूले यसको महत्व बुझेर संरक्षण र अध्ययन गरिरहेका बेला, हामीले आफ्नै धरोहरलाई कमजोर बन्न दिएका छौं। त्यसैले, यही यथार्थलाई उजागर गर्न, हाम्रो पहिचानप्रति गर्वका साथ उभिन, हरेक विद्यालयहरूमा फेरि पनि संस्कृतको कक्षा सुचारु गर्न र संस्कृतको संरक्षण तथा प्रवर्द्धनको सशक्त सन्देश दिन मैले संस्कृत भाषामै शपथ लिने निर्णय गरेकी हुँ। यो केवल भाषा रोजाइ होइन, आफ्नो जरा जोगाउने एक दृढ प्रतिबद्धता हो। ratopati.com/story/552321/k…














