Harka Sampang Rescue & Help Foundation स्थापना हुँदैछ ! गरीव दु:खी, बिरामीलाई सहयोग गर्ने तथा दुरदराजमा खानेपानी, विद्यालय, स्वास्थ्य चौकी आदि निर्माणमा लगाउने !
डोजर चालकहरु पनि धनी बर्गमा पर्दैनन् पक्कै पनि ! गरीब मारा सरकारले डोजर चलाएर आफु जस्तै गरीबको घर भत्काउन लगाउँदा पछि सर्नु है ! कुनै दिन आफ्नै घर भत्काउन लाउँला !
नेपाली मतदाताको चेतनाको स्तर 👇
चुनाव हार्ने : डा. मिनेन्द्र रिजाल
अनुभव तथा योग्यता : अमेरेकाबाट PHD गरेको , २-३ पटक सांसद र मन्त्रीका रुपमा काम गरेको र कुनै आरोप नलागेको
चुनावमा आएको मत - १२ हजार
चुनाव जित्ने : कृष्णकुमार कार्की
अनुभव तथा योग्यता : चरि ग्याङमा काम गरेको , सिंहदरबार जलाएको आरोप , प्रहरीको हतियार लुटेको आरोप , बिदेशी काली महिलालाई भूडी बोकाएर फरार भएको आरोप
चुनावमा आएको मत - ४० हजार
सरकारले ठगहरुबाट असुल्न नसकेर राज्यकोषबाट सहकारी पिडितलाई पैसा दिंदैछ जुन पैसा बिकासे योजनामा लाउनु पर्ने थियो ! यो चलनले अब जसले ठग्दा पनि हुने भन्ने देखियो !
देशै भरिका श्रमदाता ज्युहरुलाई हार्दिक माया सम्झना ! भेट्न मन लाको छ है ! दार्चुला दुम्लिङमा श्रमदान गर्नुहुने श्रमदाता ज्युहरुलाई झन धेरै माया सम्झना ! love you all.
विदेशी ऋणले होइन श्रमदानले आफ्नै बलबुँताले देशको बिकास गर्नुपर्छ भन्ने स्वाधीन अर्थतन्त्रको बिचार र अभियान हो हर्कवाद !
हर्कवाद स्वीकार्ने कि नस्वीकार्ने त्यो तपाइँको च्वाइस् हो !
रमेश लेखक १५ जुलाई २०२४ देखि ८ सेप्टेम्बर २०२५ सम्म कूल ४२० दिन नेपालको गृहमन्त्रि भएका रहेछन् । घण्टा झोलेहरुको भनाई मान्ने हो भने उनले भिजिट भिसामा गएकाहरुबाट मात्रै कूल ४२० गुणा ५० लाख अर्थात् २१० करोड अर्थात् २ अर्ब १० करोड मात्रै उठाएका रहेछन् । त्यसै गरी ७७ जिल्लाका सरकारी कर्मचारी, जनपथ तथा शसस्त्र प्रहरीबाट गरी कम्तिमा पनि १ खर्ब जति त उठाए नै होलान् । कहाँ राखे होला गाँठे तेत्रो पैसा 😂😂