'मञ्जरी'

36K posts

'मञ्जरी' banner
'मञ्जरी'

'मञ्जरी'

@Manzari77

Nepal Katılım Aralık 2013
254 Takip Edilen16.4K Takipçiler
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
उ तिमिलाई प्रेम गर्छ बेतोडले तिमी बुझ्दैनौ, सम्झिन्छ, रुन्छ, कराउछ जोडले तिमी बुझ्दैनौ, प्यासी मनको फन्दामा पर्छौ कि भन्ने डराइरहन्छ, देख्दैनौ चोखो माया, उतै झुम्मिन्छौ तिमी बुझ्दैनौ ।
NE
1
8
19
620
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
तिमी मेरो मात्र हुनु, तिम्रो त्यो उत्पातै रिस अनि माया मेरो लागि मात्रै होस् ।😁
NE
1
2
11
359
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
आशाको दियो हावाको भरमा हुन्छ जिन्दगी किन डरको घेरामा हुन्छ तेसैले भीडभन्दा टाढा बस्न रुचाउँछु आफ्नै मान्छे कहिलेकाहीँ पर हुन्छ उस्को प्रतीक्षामा अझै दिन गन्दै बस्छु भन्थ्यो हाम्रो भेट छिट्टै सपनामा हुन्छ कसरी भनूँ उज्यालो छ यो संसार भनी जब अन्यायको छायाँ हर घरमा हुन्छ। #💜
NE
0
5
10
382
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
तिमिलाई "म " मन् पर्दैन अनि मलाई पनि "म" मन् पर्दैन हेर त हाम्रो रोजाई कस्तो मिलेको तिम्रो र मेरो आँखाले एउटै ब्यक्ती एउटै आवरण मन नपराउने रैछ हामी दुबैले मेरो आकृति अनि 'मलाई' नै नरुचाउने रहेछ अरु भिन्न भएपनी 'म' राम्रो नलाग्ने बानी हाम्रो मिल्दोजुल्दो अनि समान रैछ
NE
0
3
8
698
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
कालो धनले कहाँ सुख शान्ति दिन्छ र! अहिलेको यो मान्छेलाई जति टेन्सन अरु कसलाई होला? -भ्रष्टाचार मुद्दामा जेलमा रहेका नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीले आफूमाथिको छानबिन प्रभावित पार्न अन्डरवल्र्ड समूहमार्फत धम्कीदेखि तान्त्रिक बाबासम्म प्रयोग गरेका छन्😁
'मञ्जरी' tweet media
NE
1
5
16
1.4K
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
हुँदा एक्लै कोठामा किन रुन्छिन् नढाटी भन्नुस् चेली, किन रुन्छिन् लुटेर अस्मिता ज्यानै फालिदिए हेरेर ती पुराना जामा किन रुन्छिन् फर्कने छैन अब जे गरे पनि छोरी पर्खिएर ढोकामा किन रुन्छिन् आमा टेकेर पैसामाथि फैसला सुनाइन्छ ब्यर्थ हुन्छ थानामा किन रुन्छिन् चेलि?
NE
2
12
37
1.2K
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
इन्धनको मूल्य बढाएको सरकारले होइन,गलत भाष्य निर्माण गर्नु उचित हुँदैन युद्ध र अन्तर्राष्ट्रिय परिस्थितिका कारण विश्वभर नै इन्धन संकट र मूल्यवृद्धि देखिएको छ अब समाधान खोज्नु जरुरी छ,स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग बढाउन इन्डक्सन चुलो र बिजुलीबाट चल्ने सवारी साधन प्रयोग गरौँ🙂
NE
2
7
25
868
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
@Manzari77 शुभ सोमबार, श्री आराध्यादेव भोले बाबाको कृपाले शुभ, मंगलमय र फलदायी रहोस 🔱🙏
NE
1
0
0
16
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
बालेन र रबिले आफूलाई शक्तिशाली ठान्ने पार्टीका नेतालाई धुलो चटाइदिएकै हुन् जनताले पार्टीभन्दा उनीहरूको कामको आश देखेर मत दिए जे होस्, देशलाई वर्षौँदेखि चुसिखाने भाडो बनाएका धमिराहरूको समय अब सकियो हरेक कुराको विकल्प हुन्छ भन्ने कुरा अब बिस्तारै सबैले बुझे होलान्🤣 #शुभबिहानि
NE
5
10
32
768
Paudel Madhuban
Paudel Madhuban@madhuBTM276·
@Manzari77 सुन्दर कविता ! शुभ प्रभात !
हिन्दी
1
0
1
18
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
मदिरा नपिउँ त के पिउँ विष पिउने आँट भएन होसमा बस्दा हरेक घडी तिम्रै अभावले पोलिरह्यो बेहोस नभई एकछिन पनि मनलाई थाम्ने बल भएन दिनरात उस्तै बिते यहाँ जीवनमा तिम्रो साथ भएन साँचो कुरा यति मात्रै हो घाउ त समयले पनि निको पार्थ्यो तर सम्झनाले छोड्ने बाटो मनले कहिल्यै पाएन। #जय_होस्
NE
2
10
32
988
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
यो जुनि परेको छ जन्मैदेखि रुनलाई अर्को जन्म नपरोस् फेरि छोरी हुनलाई आँखाभरि सपना थिए आकाश छुनलाई समाजले पखेटा काट्छ चुपचाप हुनलाई दुखपीडा लुकाएर अरूलाई हसाउन पर्ने मनभित्र आँधीहुरि चल्छ एक्लै सहनलाई जन्मिनुनै अपराध भयो,गाह्रो बाँच्नलाई अर्को जन्म नपरोस् फेरि छोरी हुनलाई।।
NE
1
11
43
1.1K
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
अशिक्षा झुट बोल्ने कारण हुन सक्छ, तर चेतना भएर पनि झुटलाई समर्थन गर्नु समाजको सबैभन्दा ठूलो कमजोरी बन्न जान्छ, किनकि झुट एक्लै बलियो हुँदैन, त्यो बलियो तब बन्छ जब सत्य जान्नेहरू नै चुप लाग्छन् वा ताली बजाउँछन्। #शुभप्रभात #शुभ_दिन_साथीहरू🌷🙏 🌅☕️❣️🙏
NE
5
9
28
680
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
एक्लो रात कटाउन कोइ चाहिने रैछ मनको बात बताउन कोइ चाहिने रैछ मुस्कान ओढेर दिनभरि हिँड्दा पनि भित्रको घाउ देखाउन कोइ चाहिने रैछ आँसु लुकाएर साहसको कथा बोलेपनि पीडा सँगसँगै बटुल्नन कोइ चाहिने रैछ जीवनको बाटो एक्लै त हिँडिन्छ होला तर हात समात्न आउन कोइ चाहिने रैछ। #शुभबिहानि 🙏
NE
5
19
67
2.4K
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
म हर्क जस्तो गालि गरिरहन्छु..तिमि बालेन जस्तो माया गरिरहनु ल माया ...💖🤣
NE
3
24
85
10.4K