Sabitlenmiş Tweet
Na~zo💗
10.3K posts

Na~zo💗
@Ms_khatoon8
#Nepali_Muslim🕋🇳🇵#Love_To_Reading_Writing_📖#Travel✈️#Coffee_☕️#Zena🫶❤️🇳🇵🇹🇭🇹🇼🇦🇪🇵🇰🇫🇷 #DM❌
🇳🇵Banke🇳🇵 Katılım Haziran 2019
678 Takip Edilen4.8K Takipçiler
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi

तिम्रो मनको सिमानामा
रेखाहरू त कसैले कोरेका थिए होलान्,
तर म त त्यो रेखा नदेख्ने मान्छे,
चुपचाप छिरेर बसेँ,
सुकुम्बासी बनेर।
न कुनै ढोका ढकढक्याएँ,
न अनुमति नै मागें,
बस तिम्रो एउटा मुस्कानले
मलाई त्यहीँ बस्न बाध्य बनायो।
म अवैध छु तिम्रो मनमा,
तर माया मेरो अपराध होइन,
यो त त्यो भावना हो
जुन रोक्न खोज्दा झन् गहिरो हुन्छ।
तिमीले कहिल्यै खोजिनौ मलाई,
तर म त तिमी भित्रै हराउँदै गएँ,
जसरी सास लिँदा
हावा देखिँदैन, तर महसुस हुन्छ।
यदि कहिल्यै निकाल्न खोज्यौ भने पनि,
म सम्झनाको रूपमा फर्किरहनेछु,
किनकि सुकुम्बासी त हटाइन्छ,
तर माया कहिल्यै मेटिँदैन।
म त मात्र यति चाहन्छु,
तिम्रो मनको कुनै कुनामा
अवैध भएरै सही,
तर सधैं बाँचिरहन पाउँ।
#म_अनि_मेरो_भावना
NE
Na~zo💗 retweetledi

फर्केर आउनेछु अर्को जन्ममा,
यो जन्ममा त मैँले
आफूलाई नै जित्न सकिन,
तिमीलाई जित्ने कुरा त टाढै रह्यो…
सायद मेरो कर्म अधुरो थियो,
सायद मेरो माया साँचो भएर पनि
भाग्य सँग हार खायो…
तर एउटा विश्वास छ,
अर्को जन्ममा म
आफैलाई यति योग्य बनाउनेछु,
कि तिमीलाई पाउन
कुनै प्रार्थना गर्न नपरोस्…
त्यो जन्ममा,
तिमी मेरो हुनेछौ,
कर्मले होइन,
मेरो योग्यताले… ❤️
#म_अनि_मेरो_भावना
NE
Na~zo💗 retweetledi

घमण्ड गर्न थालेछ शब्दहरू पनि आजकल,
आफ्नै स्वरमै हराउँछन् अर्थहरू पनि आजकल।
पहिले त भावनाले बाटो देखाउँथे सजिलै,
अहिले त अल्झिन्छन् यी अक्षरहरू पनि आजकल।
खोज्दै हिँडिरहेको छु प्रियलाई जसरी,
हराउँछन् भीडमै मेरा पाइला पनि आजकल।
मौनताले धेरै कुरा बुझाउँछ भित्रभित्रै,
सुन्न सक्दिन म आफ्नै धड्कनहरू पनि आजकल।
तिमी बिना अधूरो छ यो जीवनको हर पाटो,
पूर्ण हुँदैनन् मेरा चाहनाहरू पनि आजकल।
सायद कुनै दिन थाक्नेछन् यी घमण्डी शब्दहरू,
त्यो दिन भेटिनेछौ तिमी, सपनाहरू पनि आजकल।
#म_अनि_मेरो_भावना
NE
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi

अचम्म छ…
म उसकै लागि मरेँ जस्तो लाग्छ,त्यो दिन देखि,
जुन दिन उसले मलाई आफ्नो संसार बाट बिस्तारै हटायो।
त्यसपछि म भित्रको म हरायो,
सपना हराए, चाहना हराए, अनि मुस्कान पनि कृत्रिम बन्यो।
तर झन् अचम्म त यो छ,
ऊ आज पनि जिउँदै छ म भित्र,
मेरो हरेक सासमा, हरेक सम्झनामा, हरेक एकान्तमा।
म उसलाई बिर्सन खोज्छु, तर ऊ झन् गहिरो भएर बस्छ,
म टाढा भाग्न खोज्छु, तर ऊ मेरो आत्मा सँगै गाँसिएको छ।
सायद प्रेम त्यही हो,
जहाँ हामी आफैलाई हराउँछौं,
तर त्यो एक मान्छे कहिल्यै हराउँदैन…
ऊ त सधैं हामी भित्रै बाँचिरहन्छ,
हामी बाँचिरहेका छौं कि केवल उसको सम्झनामा बाँचिरहेका छौं,
त्यो छुट्याउनै नसकिने गरी… 💔
#म_अनि_मेरो_भावना
NE
Na~zo💗 retweetledi
Na~zo💗 retweetledi



