Sabitlenmiş Tweet
Sharad Raj Pathak
14.2K posts

Sharad Raj Pathak
@SharadRPathak
महामन्त्री-राप्रपा।
KATHMANDU, NEPAL Katılım Nisan 2009
369 Takip Edilen8.3K Takipçiler
Sharad Raj Pathak retweetledi

फेरि एकपटक अनुनय विनय:
-- युएन ह्यावबिट्याट भन्छ, शहरहरूमा लगभग १५% खुला क्षेत्र हुनु राम्रो।
-- भूकम्पीय जोखिम भएका क्षेत्रमा पनि लगभग १५% खुला क्षेत्रको अपेक्षा गरिन्छ।
-- सरकारी तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा केवल आधा प्रतिशत खुला क्षेत्र छ।
बजेट निर्माणलाई लिएर यी तीन नेताको भेट भएछ। मैले तीन हप्ताअगाडि गरेको एउटा अनुनय विनयलाई फेरि दोहोर्याउन चाहेँ:
सुशासन विग्रियो, शिक्षा/स्वास्थ्य/पर्यटन/कृषी नीति बिग्रियो भने, त्यसलाई सुधार्न सकिन्छ। गरिवी र विपन्नतालाई सुधार्न सकिन्छ। जब भू-उपयोग नीत बिग्रिन्छ, एकाध अपवादबाहेक, त्यसलाई सदियौँसम्म सुधार्न सकिँदैन।
तपाईँहरूले नयाँ सवारी साधनको दर्ता रोक्नुभयो। त्योभन्दा सय गुणा बढी महत्वपूर्ण कुरा त अनुमति लिइसकेका बाहेक नयाँ भवन निर्माणलाई केही समय रोक लगाएर proper planning गर्नु हो। किनभने, सवारी साधन बढी हुँदा पनि पछि त्यसलाई phase out गर्न सकिन्छ। अत्यधिक भवन निर्माणबाट शहर कंक्रिटको जङ्गल बनेपछि के गर्नुहुन्छ? केही गर्न सकिन्छ?
हाम्रो शहरीकरण, वस्ती व्यवस्थापन र भू-उपयोग सबै नीति बर्बाद छ। आजभन्दा ३० वर्षपछि काठमाडौँ उपत्यका र देशका ठूला शहरको हाल के होला? गरिवको सुकुम्वासी वस्ती हटाएजस्तो सजिलो हुँदैन “धनीहरूको सुकुम्वासी वस्ती (अर्थात बिग्रिएको शहर)" हटाउन। यो संसारभरीकै यथार्थ हो।
तपाईँहरूले ऐतिहासिक बजेट ल्याउनु होला, अर्थतन्त्र उद्वेलित पनि होला, मध्यमवर्गको विस्तार होला, गरिवी घट्ला, शहरहरूको विकास होला -- तर शहरहरूमा मान्छेले सास फेर्न नसक्ने स्थिति भयो भने के गर्ने? जबकी नेपालमा मात्र होइन संसारभरी शहरीकरण तिब्ररूपमा बढीरहेछ। नेपालमा गाउँहरू खाली हुन थालिसके।
त्यसैले, अहिले नै बढी केही गर्न नसके पनि, खासगरी हाम्रो पुस्ताले छियाछिया पारेको राजधानी शहर, काठमाडौँ उपत्यकामा, कम्तिमा हरेक ३/४ किलोमिटरको अन्तरमा रङ्गशालाको आकारको जमिन "चरणवद्धरूपमा" अधिग्रहण गरेर त्यसलाई केटाकेटी तथा युवाहरूको खेल मैदान बनाउन/पार्क बनाउन बजेट मैँ व्यवस्था गर्नुहोस् भन्ने मेरो फेरि पनि अनुरोध छ।
एकै पटक गर्न सकिँदैन। तर यो "चरणवद्धरूपमा" नगरी नहुने काम हो। @ShahBalen, @hamrorabi, @SwarnimWagle

NE
Sharad Raj Pathak retweetledi

विदेशमा रहँदा अप्ठ्यारो पर्यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ; मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।
—-
#Mofa
#ForeignEmployment
#change


NE

पैसा र ह्विस्की दिने महिला कहाँबाट ट्याक्सी चढेकी थिइन्? भिडियोमा देखिने ट्याक्सीका लागि पठाओ वा त्यस्तै सेवा प्रयोग गरेको भए उनको नाम फोन नं जस्ता विवरण त्यहीँ होला। बाटोमा ठाउँ-ठाउँमा सिसीटिभी क्यामरा छन्, आए-गएको ठाऊँ खोजेर उनलाई भेटेर अनुसन्धान अघि बढ्न सक्थ्यो होला। सार्वजनिक सूचना नै जारी गरेर उनलाई चिन्नेहरूबाट प्रहरीलाई गोप्यरूपमा खबर गर्न आह्वान गर्न पनि सकिन्थ्यो होला।
छिमेकी कुटनीतिक संयन्त्रसमेत आकर्षित भइहकेको यो मामिलामा दुई दिनमा यत्ति पनि खोज्न नसक्ने भएको हो हाम्रो प्रहरी? कि यो सबै भइसकेर मैले थाहा नपाएको?

NE

उनले फोन गरेर दरबारमार्गमा कफी खाऔँ न कहिलेकाहीँ भन्ने अफर गर्थे। कहिले तपाईँ र तपाईका केही साथीको टिमसँग यसो एभरेष्ट होटलतिर डिनर खाएर गफगाफ गर्न पाए हुन्थ्यो भन्थे।
नेपालका सञ्चारकर्मी त्यो समयमा आफ्नै पैसाले हम्मेसी जान नसक्ने महङ्गो ५ तारे होटलमा खानपान गरौँ न भनेर बारम्बारजसो अनुरोध गर्नुको पछाडी प्रभाव जमाएर म समेतले त्यतिखेर कान्तिपुर एफएम मा सञ्चालन गर्ने लोकप्रिय टक शो मा बारम्बार आइरहने र मिडियामा छाइरहने ध्येय लुकेको हुन्थ्यो। अहिलेजस्तो धेरै मिडिया नभएको बेलाको कुरा थियो त्यो। बेलाबखत समाचारीय स्रोत पनि बन्ने नेताजीसँग किन छुच्चो भइहाल्नु भनेर उनको अफर जहिल्यै एउटा एउटा बहाना बनाएर टारिदिन्थेँ।
एकदिन फोनमा उनले घरमा विशेष पूजा लगाएको र गाडी लिन पठाउने अफर गर्दै जसरी पनि आउनुपर्ने भन्दै निमन्त्रणा गरे। नेतासँग पेशागत चिनजानमात्रै भएकाले र विगतको रवैयाले मलाई पूजा नै भएपनि उनको घर जान मन लागेन। फेरी बहाना बनाएँ। अनि उनैले अफर गरे, "प्रसाद र मिठाई पठाउँछु। ग्रहण गर्नुहोला।"
भगवानको प्रसाद अस्वीकार किन गर्नु? हुन्छ भनेँ।
पूजाको दिन दिउसो नेताजीका ड्राइभरले फोन गरेर भने, "हजुर प्रसाद ल्याएको छु, बाहिर आएर ग्रहण गरिदिनुपऱ्यो।" एउटा राम्रो ठिक्क आकारको चिटिक्कको कागजको झोला उनले मेरो हातमा राखिदिन खोजे। मैले उनैलाई झोला समात्न लगाएर टिका र फूल निकालेँ। लगाएँ। मिठाइ रहेछ, एउटा खाएँ।
ड्राइभरले "तल फुलमुनि दक्षिणा पनि छ, लिनुहोला हजुर" यस्तै केही भने। उनैले खाम झिके। एक त अपेक्षा नगरेको कुरा, त्यसमाथि बाहिरैबाट बाक्लो खाम देखेपछि झसङ्ग भएँ। छुँदै छोइन। बरू उनैलाई पैसा निकाल्न भनेँ। गन्न लगाएँ। ३१ सय ५ रूपैयाँ रहेछ।
२०६५ सालमा त्यो पैसा मेरो ११/१२ दिन बराबरको तलबको पैसा हुन्थ्यो। अनि भगवानको पूजामा दक्षिणामा हदै धेरै भए २०/५० रूपैयाँ दिइन्छ। त्यसमाथि दक्षिणा दिन म न उनको भान्जा, न ज्वाईँ।
उनले गरेको त्यो ब्यवहारले निक्कै नराम्रो लाग्यो। सामान्यतया नरिसाउने मलाई बेस्सरी रिस पनि उठिसकेको थियो। उनको ड्राइभरलाई पैसा र झोला फिर्ता लैजान भनेँ। अनि नेताजीलाई फोन गरेँ। भन्नुपर्ने सबै भनेँ। जोसिलो उमेरमा सायद अलि धेरै नै कडा आवाजमा पनि कराएँ। उनले सुनेमात्र। अन्तिममा सरी भने।
खासमा हाम्रो फोनमामात्रै संवाद हुन्थ्यो, भेट कहिल्यै भएको पनि थिएन। त्यस घटनाको केही समयपछि म केही बर्षलाई देश बाहिर गएँ। फर्केर आएर पुन: करिब आधा दशक सञ्चारकर्म गर्दा पनि उनको र मेरो कहिल्यै पनि फोनमा पनि कुरा भएन। २०७५ सालमा एउटा कार्यक्रममा भेट भयो। मैले आफै अघि सरेर नामले चिनाएँ। उनि हात मिलाउँदै असहज तरिकाले मुसुक्क हासे। त्यसपछि फेरी आजसम्म आमनेसामने भएको पनि छैन।
(पत्रकार/सञ्चारकर्मीलाई पैसाले प्रभावित पार्न खोजिएको(?) भन्ने हिजो/आजको एउटा चर्चित घटनाले स्मरण गराइदिएको आफूसँग घटेको एउटा घटना।)

NE

असावधानीवस् भनिएको भए फरक कुरा। नत्र आफ्नो दलका सभापति भारतजस्तो निकट छिमेकी मुलुक, जो सँग चुच्चे नक्सामा समाविष्ट भूगोलको स्वामित्वका साथै सीमाको विवादका साथै अन्य कयौँ महत्वपूर्ण मुद्दाहरू छन्, को औपचारिक भ्रमणमा जाँदा वरिष्ठ नेता/प्रधानमन्त्रीको सम्बन्ध नहुने हुन्छ र?
NepalPress@NepalPressnp
सभापतिज्यू आफ्नै ढंगले भारत जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीको केही सम्बन्ध छैन #NepalPress
NE

शक्तिको प्रभावमा गैरकानुनीरूपमा राज्यकोषबाट लिएको उपचार खर्च फिर्ता गर्दैमा कानुनी दण्डबाट उन्मुक्ति पाउन मिल्दैन।
पैसा फिर्ता गरे पनि बदनियतपूर्वक गैरकानुनी फाइदा लिने मनसायसहित गरिएको 'अपराधको तत्व' त कायमै रहन्छ। यो नै आम जनताले तिरेको करमा लुट मच्चाउनेहरूमाथि कारवाहीको आधार बन्नुपर्छ।
सुशासन कायम गर्ने सवालमा यो आधारभूत कुरा हो। यसमा कुनै सम्झौता हुन सक्दैन।
NE
Sharad Raj Pathak retweetledi

मध्य पहाडी क्षेत्रमा बालीनालीदेखि घरमा पकाएको खानेकुरासम्म बाँदरको चर्को हमलाले दिक्क भएर मानिसहरू थातथलो छाडेर हिँडिरहेका छन्। गाउँका गाउँ रित्तिँदो छन्। खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन्।
सहरमा बसेर भावुक साहित्य र रोमान्टिक पर्यावरणवादको प्रतिष्पर्धा गर्नु ती लाखौँ पीडित किसानको अपमान हो।
अध्ययनको हवाला दिँदै आएको मिडिया रिपोर्ट अनुसार नेपालमा बाँदरको सङ्ख्या ५ लाख बढी छ। बन्ध्याकरण/नसबन्दी, बाली विविधिकरण, विद्युतीय घेराबारा, समुदायको पहलमा सुरक्षा, चर्को समस्या भएका क्षेत्रमा मार्ने अनुमतिसम्मको कानुन निर्माण, वन क्षेत्रमै खाद्य व्यवस्थापन- यिनै त हुन् अहिलेसम्म विदेशमा पनि अभ्यास गरिएका उपाय।
राज्यले तत्काल समाधानको कानुनी बाटो समातोस्। भावनामा मात्र होइन, वैज्ञानिक र व्यावहारिक समाधानमा जोड दिऔं।
NE

लिपुलेक-कालापानी-लिम्पियाधुराको स्वामित्वको कुरा जङ्गे पिलर यताउता सरेको वा दशगजा क्षेत्र थोरै मिचिएको जस्तो मामिला (Border Dispute) होइन, बरु ऐतिहासिक, भौगोलिक र सार्वभौमिकतासँग जोडिएको क्षेत्रीय दाबी (Territorial Claim) हो।
विगतदेखि हालसम्म पनि सरकारी स्तरबाट यसलाई बेलाबखत "सीमा विवाद" भनेर वर्णन गरेको देख्छु, जुन उचित छैन। यसले दाबीको महत्व र प्रभावलाई कमजोर बनाउँछ।
बोलीचालीमा वा मिडिया प्रस्तुतीमा पनि कूटनीतिक भाषामा "कालापानी-लिम्पियाधुरा क्षेत्रीय विवाद" वा "सुगौली सन्धि अनुसारको ऐतिहासिक भू-क्षेत्र दाबी" भन्नु बढी स्पष्ट र बलियो हुन्छ।
नेपालले आफ्नो नक्सालाई संवैधानिक रूपमा बलियो बनाएजस्तै, भाषा र कूटनीतिमा पनि स्पष्टता अपनाउनुपर्छ।

NE

फत्तेमान राजभण्डारीको कालजयी गीत 'रक्तिम अधर' मा Stairs of Cirith को कभर सुन्नुभएको छैन भने सुन्न सुझाएँ है। निकै गज्जब गाएका रहेछन्।
youtu.be/BWdpEGv2XXA?si…

YouTube

NE

@RabindraMishra सम्पादकको दरखास्त अस्वीकृत भएपछी अब राजदूत ताक्या? 😉
एक त आजकल लामो पोष्ट पुरा खासै मान्छेले पढ्दैनन्, त्यसमाथि तपाईँले मिसाउने ठट्टा। 😀
NE

एउटा सल्लाह दिनोस् न, प्लिच!
मलाई नि, म अम्रिका, बेलाइत, भारत या ती नपाए खाडीको कुनै देशको राजदूत हुन योग्य छु जस्तो लाग्छ।
नियुक्ति गर्दा योग्यता र क्षमताको आधारमा प्रतिश्पर्धा गराउने भनिएको छ। तर रास्वपाका नेताहरूसँग मेरो राम्रै चिनजान छ, त्यसैले भित्रभित्रै अलिअलि कुरा मिलाउँ जस्तो लागेको छ। त्यसो गर्दा कसो होला? सल्लाह दिनोस् न है।
लाग्न चाहिँ मलाई के लाग्छ भने, यो नेपालजस्तो देशले, पहिलो कुरा, ३४/३५ वटा देशमा राजदूतावास राख्न पर्दैन। त्यो घटाए हुन्छ। र, दोस्रो कुरा, नेपालजस्तो देशको राजदूतहरू सबै career diplomat नै हुनुपर्छ जस्तो लाग्छ। त्यसो गर्दा परराष्ट्रका कर्मचारीहरूको क्षमता र मनोबल पनि बढ्छ। Stability, Efficiency र Credibility पनि बढ्छ। त्यसो गर्न अहिलेकै परराष्ट्रको जनशक्ति पनि पर्याप्त छ भनेर मलाई एकजना भूपू परराष्ट्र सचिवले भन्नुभयो।
त्यस्तो भयो भने चाहिँ, म कसैलाई भनसुन गर्दिन, सामाजिक सञ्जालमा टिप्पणी लेखेर बस्छु, हस्?
CC: @shisir

NE
Sharad Raj Pathak retweetledi









