Narayan Ghimire (अथर्ववेदाचार्यः)

7.9K posts

Narayan Ghimire (अथर्ववेदाचार्यः) banner
Narayan Ghimire (अथर्ववेदाचार्यः)

Narayan Ghimire (अथर्ववेदाचार्यः)

@TalkVeda

@TalkVeda. Chair - Canadian Vedic Heritage. Food & Drug Scientist; अथर्ववेदाचार्यः TalkVeda, VedicBhela, CanadianReporters

Toronto, Ontario Katılım Kasım 2009
2.2K Takip Edilen6K Takipçiler
Narayan Ghimire (अथर्ववेदाचार्यः)
"जहाँबाट अरूले गीता सुन्न छाड्छन्, त्यहीँबाट वास्तविक गीताको प्रयोग सुरु हुन्छ।" मैले यो ग्रन्थ त्यसैले लेखेँ कि - गीता केवल मन्दिरमा अगरबत्ती बालेर पाठ गरिने मृत अक्षरहरूको संग्रह होइन; यो त प्रत्यक्ष युद्धको मैदानमा उभिएको सैनिकका लागि 'अजेय रणकौशल' (Sovereign Military Science) र जीवनको कठोर सङ्घर्षले थलिएका साधारण मानिसका लागि 'परम मनो-विज्ञान' (Ultimate Psychology) हो। यो केवल एउटा पुस्तक होइन। यो मानसिक अन्धकारबाट परमतर्फको एक मात्र नक्सा हो। यस ग्रन्थमा वैदिक ऋचा र गीताका श्लोकहरूलाई आधुनिक न्युरोसाइन्स, क्वान्टम फिजिक्स र उच्च गणितको अभूतपूर्व सूत्रमा बाँधिएको छ। जुन प्रयोग यसअघि कहिल्यै गरिएको थिएन। एउटा कुरा स्पष्ट हुनुहोस्: मानसिक रोग कमजोरी होइन, यो त एउटा चुनौती मात्र हो। र यो ग्रन्थ, त्यो चुनौतीलाई परास्त गर्ने यस्तो अचुक हतियार हो। जसभन्दा शक्तिशाली अस्त्र आजसम्म संसारमा बनेकै छैन। यो दाबी अतिशयोक्ति लाग्न सक्छ। तर यसका शब्द-शब्दको रस पिउने र व्यवहारमा उतार्नेले मात्र यसको ब्रह्माण्डीय शक्ति महसुस गर्नेछन्। श्रीमद्भगवद्गीताको सन्दर्भमा 'विषाद' शब्दको अर्थ अस्तित्वगत संकट' (Existential Crisis) हो।'विषाद' नै आधुनिक समयको Depression (अवसाद) र Anxiety (चिन्ता) को मूल जरो हो। कुरुक्षेत्रमा अर्जुनले भोगेको विषादलाई कृष्णले जसरी विजयमा बदले, ठ्याक्कै त्यसरी नै तपाईंको मनको कुरुक्षेत्र जित्न यो ग्रन्थ नै तपाईंको लागि 'कृष्ण'सावित हुनेछ। युद्धका लागि तयार हुनुहोस्, किनकि यो मार्ग पछ्याउनेको विजय निश्चित र अनिवार्य छ। COMING SOON .............. STAY ..................... TUNED !!
Narayan Ghimire (अथर्ववेदाचार्यः) tweet mediaNarayan Ghimire (अथर्ववेदाचार्यः) tweet mediaNarayan Ghimire (अथर्ववेदाचार्यः) tweet media
NE
0
1
0
39
Narayan Ghimire (अथर्ववेदाचार्यः) retweetledi
Deshsanchar
Deshsanchar@deshsanchar1·
कार्की आयोगको हावादारी छानबिन... Sunya Samaya by YUBARAJ GHIMIRE । KARKI AAYOG PRATIBEDAN
1
21
42
2.7K
Narayan Ghimire (अथर्ववेदाचार्यः)
तपाईंको कार्यकुशलता र समर्पणले सधैं प्रेरित गर्यो। आगामी दिनहरूमा पनि तपाईंको अतुलनीय क्षमतालाई प्रस्फुटन गर्ने अझ सुन्दर अवसरहरू मिल्दै जाऊन् भन्ने प्रार्थना। मैले पटक-पटक एउटा तितो यथार्थलाई नजिकबाट महसुस गरेको छु "आफ्नो पौरख र पसिना बगाउन एउटा उचित अवसर खोज्ने व्यक्तिको पीडा त छँदैछ, तर त्योभन्दा हजारौँ गुणा बढी चुनौती त एउटा मेधावी संस्थाले आफ्नो विरासत थाम्ने योग्य काँध नपाउनुमा रहेछ।" कान्तिपुर केवल एउटा संस्था मात्र होइन, यो नेपाली सञ्चार जगतको एउटा अमुल्य हिरा हो। यसको गरिमा र विरासतलाई अझ उचाइमा पुर्‍याउन सक्ने योग्य र उत्तम प्रधान सम्पादक यस संस्थाले पाउन सकोस् - अटुट शुभेच्छा छ। तपाईंको यात्रा सधैं उज्यालो रहोस्। जय होस्! ॐ शान्ति: शान्ति: शान्ति: ।।
Narayan Ghimire (अथर्ववेदाचार्यः) tweet media
NE
0
0
0
345
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
कृतज्ञता र गर्वका साथ आज कान्तिपुरबाट अलग भएको छु । पत्रकारिता यात्राको सुरुवातदेखि नै कान्तिपुरमा काम गर्ने रहर थियो, यही संस्थाको सम्पादकीय नेतृत्व गर्ने अवसर पाउनु मेरो व्यावसायिक जीवनको अर्थपूर्ण उपलब्धि रहनेछ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सरको विश्वास र स्नेहप्रति हार्दिक आभारी छु। प्रवन्ध निर्देशक सम्भव सिरोहियाको उर्जा, आत्मविश्वास तथा समग्र मिडिया उद्योगको भविष्यप्रतिको चासो र प्रतिबद्धतामा मेरो विशेष सम्मान छ । केएमजीका सिईओ महेश सर र समग्र म्यानकमका सहकर्मीहरुले देखाउनुभएको विश्वास र साथलाई म सधैभरी सम्झिरहनेछु । । कान्तिपुर न्युजरुमका मेरा प्रिय साथीहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। कठिनभन्दा कठिन दिन र रातहरूमा पनि तपाईंहरूको साथ, इमान, व्यावसायिकता र आत्मीयताले यो यात्रा अझ अर्थपूर्ण बनायो । तपाईहरुको लगनले कान्तिपुर र नेपालको समग्र पत्रकारितालाई सधै जीवन्त बनाइरहनेछ । कान्तिपुर मिडिया ग्रुपका हरेक सदस्यप्रति म कृतज्ञ छु, रिपोर्टर तथा सम्पादकहरु, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरु, चालकदेखि छपाई र वितरणमा खटिने सहकर्मीहरु, तपाईंहरू प्रत्येकको योगदानले नै यो संस्था र पेशालाई जीवन्त र बलियो बनाएको छ । कान्तिपुरमा प्रवेश गर्दा ५ वर्ष काम गर्छु भन्ने मनस्थिति र प्रतिबद्धता थियो, त्यो पूरा भएको छ । आगामी नेतृत्वमा कान्तिपुर अझ सबल, विश्वसनीय र प्रभावशाली बन्दै जानेछ भन्ने पूर्ण विश्वास छ। जीवन गतिशील छ । उमेर, उर्जा र उत्साहले मलाई विश्राम लिने अनुमति दिएको छैन, छिट्टै नयाँ प्रतिबद्धतासहित आउनेछु । 💕🙏👍✍️💪❤️
Umesh Chauhan tweet mediaUmesh Chauhan tweet media
NE
21
3
128
9.9K
Narayan Ghimire (अथर्ववेदाचार्यः)
श्रीमद्भागवत महापुराण : प्रवचन म्यानुअल हामीले नेपाली समाजका लागि श्रीमद्भागवत महापुराण साप्ताह प्रवचन म्यानुअल “ ब्याक टू बेसिक" प्रवचन मार्गदर्शिका” तयार पारेका छौं। यो मार्गदर्शिकाले आधुनिक समयको मागअनुसार वेदको सारलाई हाम्रो शिक्षित समाजमा "जुन रूपमा भनिएको छ, त्यही रूपमै" पुग्ने गरी यो "ब्याक टु बेसिक सनातन हिन्दु ग्रन्थ" हुबहु प्रवचन गर्न सहयोग गर्नेछ। निःशुल्क श्रीमद्भागवत महापुराण ग्रन्थ डाउनलोड लिंक [PDF COPY] talkveda.com/storage/images… वेदको गहिराइमा लुकेको प्राचीन ऋषिहरूको ज्ञान, त्यसप्रति आधुनिक विज्ञानको बुझाइ, नेपाली लोक संस्कृतिमा त्यसको रुझान, न्युरोसाइन्स र मनोविज्ञानसँग सम्बन्धित संस्कृत ऋचाहरूको विद्वत्ता, र तिनै कुरामा क्वान्टम विज्ञानले गरेको समर्थनको पक्षलाई मात्र १०४ पृष्ठको सानो पुस्तिकामा अटाएर प्रस्तुत गर्न हामी यसमा सफल भएका छौं। यसले तपाईँ–हाम्रो घरका प्रत्येक सदस्यलाईश्रीमद्भागवत महापुराणको प्रस्ट र सत्य वाचन गर्न सहयोग पुर्‍याउनेछ। साथै, यसमा हामीले कृष्णको राधा, रुक्मिणी र गोपीहरु संगको सम्बन्ध बारेको छुट्टै रस प्रवचन म्यनुल यसको अन्तमा समेत उपलब्ध गराएका छौ। जुन ज्ञान बिना श्रीमद्भागवत महापुराण यज्ञ आफैमा अपूर्ण हुने श्रीमद्भागवतको मान्यता छ। यस ग्रन्थले तपाई हाम्रो घरका सम्पूर्ण परिवारको चासो, इच्छा र दक्षता अनुरूप एउटै पुस्तिकाबाट एकैपटक एउटै श्रीमद्भागवत महापुराण वाचन सुनेर फरक–फरक सन्देशहरूको संश्लेषण गरी ग्रहण गर्न सक्ने अवसर पनि दिनेछ। यो हाम्रो रोबोटिक गुरुकुल स्थापनाको पूर्वाधार निर्माण गर्ने प्रयासका थुप्रै पाइलाहरू मध्ये एक हो। यो आधुनिक श्रीमद्भागवत महापुराण ग्रन्थ तपाइलाई अध्यात्मिक र वैज्ञानिक यात्रा गराउने सवारी हो। यसका शब्द र अक्षरहरु यात्राको सवारी डोर्‍याउने सवारी चालक हुन्। तपाईँ त्यसका सवार यात्री हुनुहुन्छ। यो श्रीमद्भागवत महापुराण ग्रन्थ तपाईँको बिस्तरा देखि सुरु भएर मोक्षको द्वार सम्म पुग्नको लागि तपाइलाई साथ दिन सक्ने गरि लेखन इञ्जिनियरिङ्ग गरिएको छ। आफ्नो–आफ्नो मनले रोजेको गन्तव्यमा पुगेर ओर्लिने उद्देश्यले यसमा यात्रीहरू सवार हुने गर्छन्। तपाईँ पनि चाहना भए यसमा सवार हुन सक्नुहुन्छ। तपाईँ आफैँ यसको स्वतन्त्र यात्री भएकाले जहाँसम्म मन लाग्छ त्यहाँसम्म पुग्न सक्नुहुनेछ। जब मन लाग्छ उत्रिन पनि सक्नु हुनेछ। यो किताबको पीडीएफ प्रतिलिपि माथिको लिंकबाट निःशुल्क डाउनलोड गरी आफ्नो प्रतिलिपिको रुपमा सुरक्षित राख्न सक्नु हुने छ। जसलाई मन लाग्छ दिन पनि सक्नुहुने छ। यो पुस्तकको लेखन र प्रस्तुतिमा यदि केही आलोचनात्मक सुझावहरू भए, कृपया दिनुहोला, यही नै यस पुस्तकको मूल्य तिर्नु हुनेछ। धन्यवाद।
Narayan Ghimire (अथर्ववेदाचार्यः) tweet mediaNarayan Ghimire (अथर्ववेदाचार्यः) tweet media
NE
0
1
2
543
कफी कुमार
बाजुरा जिल्लामा परेको हिउँ र सेताम्मे हिउँले ढाकिएको सडक।
NE
7
46
263
12.5K
Narayan Ghimire (अथर्ववेदाचार्यः)
मेरो लेखनमा पूर्ण अधिकार र खुल्ला अनुमति "म यो स्पष्ट पार्न चाहन्छु कि मेरा सबै लेख र पुस्तकहरू अब 'सार्वजनिक' हुन्। तपाईंले यी सामग्रीहरू आफ्नो संग्रहमा राख्न सक्नुहुन्छ। मेरो तर्फबाट सबैलाई पूर्ण र खुल्ला अनुमति छ—जसले जहाँसुकै पनि यी लेखहरू प्रयोग गर्न, छाप्न, प्रकाशन गर्न वा बिक्री गर्न सक्नुहुन्छ। यदि कसैले यी रचनाहरू आफ्नै नाममा दाबी गरेर लेख्न चाहनुहुन्छ भने पनि मलाई कुनै आपत्ति छैन। यी शब्दहरू सबैका हुन्; तपाईंको इच्छा अनुसार प्रयोग गर्नुहोस्। प्रेम र कृतज्ञता सहित।"
NE
0
0
0
9
B.Pathak
B.Pathak@biratpathak·
@TalkVeda तितो सत्य तितेपाती झै !😎😂😀😏🤔 अब हजुरलाई खेद्न शुरु गर्छन् वालेर र रविका भेंडाहरुले 😂😀😎
NE
1
0
1
40
Narayan Ghimire (अथर्ववेदाचार्यः)
तितो सत्य: आज हामीले देखेका अनुहारहरू व्यवहारिक रूपमा प्रत्यक्ष निर्वाचित सांसद होऊन् वा समानुपातिक, यो जातको संसारभर जुनसुकै देशको संसदमा जानुस्, एउटा चरित्र हुँदो रहेछ— ‘दौरा र सौराको खल्ती’। नेपालका हाल प्रत्यक्ष निर्वाचित समेत माननीय होइन, ‘छाननीय’ हुन्। कारण, बालेन र रविले छानेकाले जितेका हुन्; कुनै खुबी भएर वा काम गर्ने क्षमता भएर होइन। समानुपातिकवाला टुप्पी तानेर बनाइएकाहरू पनि मुलुकको जरुरतअनुरूपका देखिएनन्। यी माननीय होइनन्, ‘हाननीय’ हुन्। सामाजिक सञ्जालमा जति फोहोर र विवादास्पद कुरा फाल्यो र रवि वा बालेनको भक्ति गर्‍यो, त्यसकै भरमा आएका; अलिकति चुनावमा रकम दिएर गुन लाएको। परिस्थिति यस्तो बन्यो कि ‘विद्वान्’ बनेर जो चर्चित छन्, ती न नेपालको माटोबारे ज्ञान राख्छन्, न ज्ञान राख्ने धैर्यता छ, न अरूको आलोचना सुन्ने सम्म धैर्यता छ। "बोकाले दाइँ हाल्ने भए किन चाहिन्थ्यो गोरु" भनेर किन भनिएको रहेछ भन्ने कुरा बुझिने गरी दृश्य आएको छ। बालेन एक्लैले यहाँ के गर्नु? रविलाई कुनै भूमिकामा हुन नसक्ने तर भएका गलतको भरिया बन्नुपर्ने गरी दैनिक पछि-पछि जाने गियर भएको गाडीमा सवार गराइएको छ। यो काम अदालतले जिम्मा लिएको छ, जुन पूरै ५ वर्ष फरक-फरक रूपमा कायम हुने निश्चित छ। हेर्दा ‘शेर’ तर यथार्थमा ‘टुलुटुलु हेर’ बन्ने निश्चित छ। भन्छन्, दुई तिहाइ छ, तर प्रतिपक्षीले सहयोग नगरे बहुमतले पास गर्नुपर्ने एउटा बिल पनि पास गर्न नसक्ने आजको संसदको संरचना छ। किनकि राष्ट्रिय सभामा यिनीहरू शून्य छन्। राष्ट्रिय सभा विघटन नगर्दा सम्म यो जनमतले खुबी र नैतिकता गुमाएका बुढाबाट भुरा कच्चा पार्टीमा पक्षघात भएको शक्ति हस्तान्तरण गरेको छ। व्यवहारिक रूपमा यिनको केही पनि काम गर्न सक्ने कानुनी हैसियत छैन। जनताको कर यताउता छर्न सक्छन्, तर मुलुकलाई कमाउने र विकसित बनाउन एक्लैले सक्दैनन्। जनतामा दुई तिहाइ पुगेको र अब यिनले चाहे जे पनि हुन्छ भनिएको छ; आफैँलाई सांसद मानेकाहरू समेत त्यही विश्वासमा छन्। आफ्नो वास्तविक शक्ति आकलन नभएकाहरूले हल्ला मच्चाउन सक्छन्, युद्ध जित्दैनन्। यो आजको संसद नजन्मँदै असफलता प्राप्त गर्ने निश्चित भएको भाग्य लिएर शपथ ग्रहणमा जाँदै छ। यसमाथि अपेक्षा कस्तो छ र यसको डेलिभरी दिने क्षमता के छ, दुवै हेरेपछि मात्र १ वर्ष ६ महिना पछिका सोसल मिडिया र पत्रिकाहरू के-कस्ता समाचारले भरिएका हुनेछन् भन्ने कुनै अनुमान गर्न पर्दैन। प्रष्ट छ, निश्चित छ।
Narayan Ghimire (अथर्ववेदाचार्यः) tweet media
NE
1
2
7
687
narayan wagle
narayan wagle@narayanwagle·
राजकाजबारे छलफल भनेर सार्वजनिक गरिएको रास्वपाको चार शीर्ष पुरुष सज्जित तस्वीरबारे महिला अभियन्ताहरूले उठाएको प्रश्न बलियो दनक हो।परिवर्तनका लागि भनेर आम मतदाताले दिएको मतको कदर गर्ने हो भने पुरुष मात्र अट्ने तस्वीरले कुनै परिवर्तनको छनक दिॅदैन!
narayan wagle tweet media
NE
128
27
179
31.2K
Bishwa Prakash शर्मा
Bishwa Prakash शर्मा@bishwaprakash77·
`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !
Bishwa Prakash शर्मा tweet media
NE
166
151
931
35.5K
Narayan Ghimire (अथर्ववेदाचार्यः)
विगतका दागहरू पखाल्दै र आफूलाई तिखार्दै कांग्रेस यसपटक चम्किलो हिरा बनेर जनअनुमोदित भएको छ। वास्तवमा यो हार होइन, एउटा गौरवशाली पुनर्जन्म हो। गगनको राजीनामा आउनु अत्यन्त राम्रो कुरा हो। गगनको नेतृत्वमा चुनावमा गएकाले कांग्रेस दोस्रो ठूलो दल बनेको हो। नत्र हर्कको माटोमुनि धेरैको जमानत जफत हुने अवस्था आउँथ्यो। सुध्रिएको गगन बिना नेपाली कांग्रेसले गति लिन सक्दैन। पार्टीले निर्बाध रूपमा उनको राजीनामा अस्वीकृत गरी पुनः सभापति पदमा फर्काओस्। गगनको नेतृत्वमा अर्को चुनावमा कांग्रेसको बहुमत सरकार बन्न रोक्ने शक्ति नेपालमा कोही रहने छैन। चेतना भया। जय नेपाल!
Narayan Ghimire (अथर्ववेदाचार्यः) tweet media
NE
0
1
6
261