Sabitlenmiş Tweet
अप्सरा🤣
45.4K posts

अप्सरा🤣
@realendangered
''यो समय बितेर जाने छ'' breathe in peace, calm & confidence
Oslo,Norway Katılım Şubat 2020
408 Takip Edilen31.6K Takipçiler

पढेलेखेका मानिस भएर अरुलाइ न खा यस्ले शरीर लाई असर गर्छ भनेर सिकाउनु पर्ने मा आफै खादै सामाजिक सन्जाल मा हाल्दा अलिक शरम लागेन?
एक जना पढेलेखेका ले २ जना सहि बाटो मा हिनाउन सकेनन भने उस्को शिक्षा बेकार हुन्छ।।।
लेकाली/solobagpacker👣@lekali_vibes
8% ले स्वागत गर्यो पोखरामा🤪
NE

@realendangered Phupuko maya Sagarmatha bhanda ni aglo, samudra bhanda ni gahiro Chha la !
हिन्दी


@realendangered बेरोजगार लाई काम दिलाई दिनु पर्याे भनेकाे मान्छे गाएप ;-)
NE

@realendangered Chalekai Chha aadhi, balekai chha diyo- Yestai Chha Hajur . Thikai bhanam
हिन्दी

@mama_shr33 Pet ma haina dada janmiskya theo 😂 vhrkr bachha janmeko xodi xodera testo cheat garne , yesle ek choti matra cheat garyo hola ta ? Bichara budi vhrkr kai raichhin....
Indonesia

@realendangered Not only that, rape nai nabhayeni naitik haraam ta rahechha ni bachcha petma hudahudai...🤐🤐
हिन्दी

ए नेपालको “महान् संस्कारी”, “इज्जतदार” र “परिवारवादी” समाज!
तिमीहरू अझै पनि बलात्कारको आरोप लाग्ने बित्तिकै पीडितको चरित्र हत्या गरेर सेलिब्रिटीको फ्यानबेस जोगाउन व्यस्त छौ? एक वर्षपछि बोलिन् भने “बार्गेनिङ नमिलेपछि आरोप लगाइन्”?
मन मिल्दा “दाइ” ले चमत्कार गरिदिन्छ, मन नमिलेपछि “बलात्कार”?
यो कस्तो बुद्धि हो तिम्रो? यो कस्तो अन्धो फ्यानबेस हो जसले आँखा चिम्लेर “निर्दोष” भन्न सक्छ? सागर लाम्साल (बले) को मुस्कान देख्ने तिमीहरूले पीडितको आँसु देखेनौ?
उनी अमेरिकामा एक्लै थिइन्, स्वास्थ्यमा समस्या थियो, “परिवारजस्तै दाइ” भनेर विश्वास गरिन् र तिमीहरूले निर्लज्जतापूर्वक भन्छौ- “आफैं बोलाएकी थिइन्, मोज गरिन्, कुरा नमिलेपछि बलात्कार भनिन्”? अरे ! लाज लाग्दैन तिमीहरूलाई? मन दुख्दैन?
यो पहिलो पटक होइन!
पल शाहको केसमा नाबालिग गायिकालाई “टिकटक बनाउने, ध्यान खिच्ने” भनेर ट्रोल गरेर उसको इज्जत लुट्यौ।
सन्दीप लामिछानेको केसमा अदालतले ८ वर्ष जेल सजाय तोके पनि “झुटो आरोप, पैसाको लागि” भनेर पीडितलाई दोस्रो पटक बलात्कार गर्यौ।
#MeToo नेपालमा जब कृष्णबहादुर महाराजस्ता हाइप्रोफाइल सेलिब्रिटी तथा नेताहरू विरुद्ध सयौं पीडितहरूले आफ्नो पीडा पोख्न खोजे, तिमीहरूले उनीहरूलाई नै “चरित्रहीन”, “झुटो”, “सेलिब्रिटीको इमेज खराब गर्न खोज्ने” भनेर दोस्रो, तेस्रो र चौथोपटक बलात्कार गर्यौ। #MeToo ले नेपालमा एउटा आशाको किरण देखाएको थियो कि अब पीडितले बोल्न सक्छन्, न्याय पाउन सक्छन् तर तिमीहरूले त्यो किरणलाई पनि कुल्चेर मारिदियौ।
सेलिब्रिटीको मुस्कान र फ्यानबेसको अन्धभक्तिले हरेक पटक न्यायको हत्या गर्छ। अब म तिमीलाई एउटा प्रश्न सोध्छु, मनमा हात राखेर जवाफ देऊ:
तिमीहरूको आफ्नै परिवारमा यस्तै घटना घट्यो भने? आरोपी कोही आफन्त नै छ भने? छोरी, बहिनी वा श्रीमतीमाथि “दाइ” वा “काका” ले बलात्कार गर्यो भने त्यो घटना तुरुन्तै बाहिर आउँछ? कि “घरको इज्जत”, “परिवारको नाम”, “समाजले के भन्छ” भनेर चुपचाप ढाकछोप गरिन्छ?
मलाई त लाग्छ नेपालमा हरेक छोरीले आफ्नो जीवनमा यौन हिंसा भोगेकी हुन्छिन्। उनीहरू रातभरि रुन्छन्, तर बोल्न सक्दैनन्, किन? किनकि तिमीहरू जस्तै “संस्कारी” समाजले बोल्ने बित्तिकै उनीहरूलाई दोस्रो बलात्कार गर्छ- आफ्ना सामाजिक संजालका पोस्टमा, कमेन्टमा, शेयरमा, मिम बनाएर, ट्रोल गरेर, चरित्र हत्या गरेर।
यो समाजमा सेलिब्रिटी भएपछि बलात्कार पनि “चमत्कार” बन्छ। पीडितले ढिलो बोलिन् भने “ट्रमा” होइन, “बार्गेनिङ” हुन्छ। ट्रमा, डर, लाज, परिवारको इज्जत, विदेशमा एक्लै बसेको पीडा- यी कुरा तिमीलाई थाहा छैन, किनकि तिमीलाई त फ्यानबेसको “इज्जत” मात्र बचाउनु छ। तिमीहरूले पीडितलाई दोस्रो, तेस्रो, चौथो पटक बलात्कार गरिरहेका छौ।
यो देशमा न्याय होइन, “सेलिब्रेटीको पक्ष” मात्र चल्छ।
यो देशमा “संस्कार” होइन, “अन्धभक्ति” मात्र चल्छ।
अझै नसुध्रिने? अझै “मन मिल्दा चमत्कार, नत्र बलात्कार” भन्ने मिम बनाएर बस्ने? पीडितले बोल्न सक्ने, न्याय पाउने समाज बनाउनु छ भने आजैदेखि पीडितको पक्षमा बोल नत्र चुप लागेर बस। किनकि तिमीहरू नै बलात्कारको मुख्य साझेदार, मुख्य अपराधी हौ।
फगत आरोप मात्र रहेछ भनेपनि आरोप लगाउनेलाई नेपालको कानुनले दण्ड दिन्छ, सजाय दिन्छ। कमसेकम बोल्न त देऊ!
कि न्याय पाउन ज्यान नै दिनुपर्ने हो?

Ajman, United Arab Emirates 🇦🇪 NE



