एउटा नया दिनको सुरुवात
रुपरङ्ग पुरानै उहीँ हावा उहीँ घाम
त्यस्तै रोशनी त्यस्तै वातावरण
फरक मात्र सोच छ
एक सकारात्मक सोच
एक भिन्न उर्जा
#PositiveVibes#goodmorning 😍
बेरङ्ग यो जिन्दगीमा
रङ्ग भर्ने कोही भए!
हात समाइ जीवन-यात्रा
सङ्गै गर्ने कोही भए!
तर्न गाह्रो जिन्दगीका
भँगाला र दोभानहरु।
नआत्तिँदै पाइला राखी
सङ्गै तर्ने कोही भए!
एक्लै पनि चल्छ तर-
कोही भए सहज हुन्छ।
यै मनलाई थातवास मानि
बसाइँ सर्ने कोही भए!
😊
धेरै बेर सम्म आफैलाइ ऎना सामु राखेर हेरिरहे
फिक्का मधुरो खिन्न अनुहार
जबर्जस्तिको हासो
रसिला अनि रातमा ननिदाएका जस्ता आँखा
ओहो आफैलाइ हेर्दा पनि रुन मन लाग्ने भएछ
खै त त्यो मेरो चन्चलपन
खिल्खिलाएको हासो
उज्यालो अनुहार
सबै कतै हराएछ
ओहो आफैलाइ ऎना सामु राख्दा पनि
रुन मन लाग्ने भएछ
आफैलाइ खुसी राख्न नसक्ने म,
मैले के खुसी राखुला र अरु कसैलाइ।
सबैको अगाडि कत्ती हसिली म,
भित्र के छ के था र अरु कसैलाइ।
के छ भन्दा फिस्स हास्न बाहेक
अरु केही नभएकी म,
के दिनु सकुला र अरु कसैलाइ।
म को हु भन्ने प्रश्नको जवाफ
आफैमा खोजीरहेकी म,
मैले के दिनु सकुला र अरु कसैलाइ....।
अन्धकार, चकमन्न रात
निन्द्रा कतै हराएको छ
मन एकछिन मौन छैन
चिच्याउछ कराउछ रुन्छ
भोलि देख्न नपरे हुन्थ्यो सोच्दै
भोलिको अनिश्चिततालेनै आत्तिन्छ
गुनासो गर्न ठाउँ छैन
बिषय छैन
व्यक्ति छैन
केवल छौ त म र मन
द्वन्द्व प्रतिद्वन्द्वमा पिल्सिएको मन
अस्तित्वविहीन मन
आफैलाई खोजिरहेको मन
म आफैं सँग भयानक
युद्द गरिरहेको मान्छे,
आफ्नै कायरता सँग,
आफ्नै अहमता सँग,
आउँछन् उदासीहरु
अनि लड्छु आफ्नै अन्योलता सँग,
मैले यी तनावहरुको
हत्या गर्न खोजेको छु,
चिन्ता, डर उग्र हुँदैछन्
भावहरु बज्र हुँदैछन्
भो न आउ अन्जुली भरी माया बोकेर
म भयानक युद्द......
अन्धकार, चकमन्न रात
निन्द्रा कतै हराएको छ
मन एकछिन मौन छैन
चिच्याउछ कराउछ रुन्छ
भोलि देख्न नपरे हुन्थ्यो सोच्दै
भोलिको अनिश्चिततालेनै आत्तिन्छ
गुनासो गर्न ठाउँ छैन
बिषय छैन
व्यक्ति छैन
केवल छौ त म र मन
द्वन्द्व प्रतिद्वन्द्वमा पिल्सिएको मन
अस्तित्वविहीन मन
आफैलाई खोजिरहेको मन
गुलाबकाे फुल मनपर्छ भने गुलाब
सँगै भएको काँडा पनि मन पराउनु
पर्छ राम्रो कुरा त सबैलाई मनपर्छ
तर उसको नराम्रो कुरा पनि मन
पराउनु नै प्रेमकाे परिभाषा हो ।
जीवनका हरेक पाईला चाल्न सिकाउने बा
सन्तानको खुशीमा आफू लाई रित्ताउने बा
भविष्यको उज्जवल वाटो देखाउन लाई
दिन रात ज्याला मजदुरी गरी पढाउने बा
आफू च्यातिएको टोपी दौरा मै खुशी रहि
सन्तान लाई नयाँ नयाँ कपडा दिलाउने बा
सन्तानलाई शहर पठाई,गाउँमै गोठालो गरे
दुध घिउ बेची गोठमै खुसीको गित गाउने बा
आफ्ना रहर मारेर,कुर्कुच्चा चिरिदा पनि
सन्तानको भविष्य काध बोकी सजाउने बा
#विनोदविनोदी