
Geja Sharma Wagle
6.4K posts

Geja Sharma Wagle
@GejaWagle
Follows political, geopolitical, strategic and international affairs, Nepal-India-China relations, liberal democracy, social justice, football, music, hiking.
Kathmandu, Nepal Katılım Ocak 2013
657 Takip Edilen11.4K Takipçiler
Sabitlenmiş Tweet

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेस र सभापति गगन थापाको भविष्यबारे राजनीतिक वृत्तमा गम्भीर बहस भइरहेको घडीमा मेरो विश्लेषण! ekantipur.com/opinion/2026/0…
NE
Geja Sharma Wagle retweetledi

जतिसुकै कुशल र सफल खेलाडी भए पनि ९० मिनेट पछिको समयमा मैदान प्रवेश गर्दा गोल नगर्न सक्छन् । त्यसैले ‘इन्जुरी’ समयमा प्रवेश गरेको मेसी र रोनाल्डोले गोल गरेन भनेर आलोचना गर्नु कति न्यायसंगत होला ? अहिले थापाप्रति गरिएको टिप्पणी वा आलोचना फुटबलको त्यही घटनाजस्तै हो ।
- @GejaWagle

NE
Geja Sharma Wagle retweetledi
Geja Sharma Wagle retweetledi

नेतृत्वको परीक्षण केवल ५० दिनमा हुँदैन । सभापतिका रूपमा थापाको नेतृत्वको परीक्षण भएकै छैन । यदि सभापतिको एक कार्यकाल पूरा भएपछि भएको चुनावमा पराजित भएको भए राजीनामा स्वाभाविक हुन्थ्यो ।@GejaWagle @thapagk
Geja Sharma Wagle@GejaWagle
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेस र सभापति गगन थापाको भविष्यबारे राजनीतिक वृत्तमा गम्भीर बहस भइरहेको घडीमा मेरो विश्लेषण! ekantipur.com/opinion/2026/0…
NE
Geja Sharma Wagle retweetledi

फागुन २१ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजयपछि नेपाली कांग्रेस र उक्त पार्टीका सभापति गगन थापाका चुनौतिका बारेमा विश्लेषक गेजा शर्मा वाग्लेको अत्यन्त पठनीय लेख।
@GejaWagle
ekantipur.com/opinion/2026/0…
NE
Geja Sharma Wagle retweetledi

बिश्लेषक @GejaWagle को उत्कृष्ट लेख !
नेतृत्वको परीक्षण केवल ५० दिनमा हुँदैन । सभापतिका रूपमा थापाको नेतृत्वको परीक्षण भएकै छैन । यदि सभापतिको एक कार्यकाल पूरा भएपछि भएको चुनावमा पराजित भएको भए राजीनामा स्वाभाविक हुन्थ्यो ।
ekantipur.com/opinion/2026/0…
NE
Geja Sharma Wagle retweetledi

समय छोटो भएका कारणले कांग्रेस बदलिएको सन्देश प्रभावकारी रूपमा जनता र कार्यकर्तासमक्ष पुग्न सकेन । त्यसको सबैभन्दा ठूलो क्षति कांग्रेस र थापालाई भयो । उपरोक्त तथ्य र तथ्यांकका आधारमा विश्लेषण गर्दा पराजयको कारण थापाको नेतृत्व र नीति होइन
@GejaWagle
ekantipur.com/opinion/2026/0…
NE
Geja Sharma Wagle retweetledi

सन् १९४५ भएको बेलायतको आमनिर्वाचनमा दोस्रो विश्वयुद्धका हिरो मानिने चर्चिलको कन्जर्भेटिभ पार्टी पराजित भएको थियो । तर चर्चिल निराश पनि भएनन् र राजनीतिबाट संन्यास पनि लिएनन् । सन् १९५१ मा भएको आमनिर्वाचनबाट कन्जर्भेटिभ पार्टीले बहुमत हासिल गरेपछि चर्चिल पुनः प्रधानमन्त्री भएका थिए ।
Geja Sharma Wagle@GejaWagle
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेस र सभापति गगन थापाको भविष्यबारे राजनीतिक वृत्तमा गम्भीर बहस भइरहेको घडीमा मेरो विश्लेषण! ekantipur.com/opinion/2026/0…
NE
Geja Sharma Wagle retweetledi

“कांग्रेसको भविष्य र गगनको भूमिका” मा गेजा दाजु @GejaWagle राम्रो लेखेचन।
Kantipur@ekantipur_com
कांग्रेसको भविष्य र गगनको भूमिका ekantipur.com/opinion/2026/0…
NE
Geja Sharma Wagle retweetledi

Yes, @GejaWagle "अहिले कांग्रेस पराजित हुनुमा गगनको नेतृत्व र उनले अख्तियार गरेको नीति होइन, विगतको नेतृत्वको असफलता, अलोकप्रियता र कांग्रेस सरकारमा हुँदाको भ्रष्टाचार, कुशासनको कारणले हो।"
ekantipur.com/politics/2026/…
NE

**लोकतन्त्रको विजय, प्रधानमन्त्री सुशीला कार्कीको सफलता**
भदौ २३-२४ को जेन-जी विद्रोहपछि विकसित भएको विशिष्ट र अन्यौलपूर्ण घडीमा उक्त विद्रोहलाई स्वीकार र आत्मसात गरी आज फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु लोकतन्त्र र संविधानको रक्षाका लागि एक मात्र विकल्प भएको विचार राख्दा मेरो विरुद्धमा व्यापक ट्रोल गरिएको थियो।
तर आज शान्तिपूर्ण रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ।
यो नेपाली जनता र लोकतन्त्रको विजय हो भने प्रधानमन्त्री सुशीला कार्कीको ऐतिहासिक सफलता हो।
यस्तो संक्रमणकालीन र संवेदनशील घडीमा लोकतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको इतिहासले उच्च मूल्याङ्कन गर्नेछ।


NE

**मेरो भोट कसलाई?**
१. लोकतन्त्रवादी पार्टीलाई
२. सुस्पष्ट भिजन, नीति र एजेन्डा भएको घोषणापत्रलाई
३. जनताप्रति उत्तरदायी भई पारदर्शी रूपमा राज्य सञ्चालन गर्ने सरकारलाई
४. भिजनरी, जिम्मेवार र स्वच्छ छवि भएको प्रधानमन्त्रीको उम्मेदवारलाई
५. भ्रष्टाचार नियन्त्रण, सुशासन र आर्थिक विकासलाई सर्वोच्च प्राथमिकता दिनेलाई
#Think_Before_Vote🙏
NE
Geja Sharma Wagle retweetledi

**भोट दिने निर्णय त गरौँ तर गम्भीरतापूर्वक सोचेर**
एक दिन गल्ती गरेर ४ वर्ष ३६४ दिन पश्चाताप गर्नु नपरोस्!
मेरो विचारमा आसन्न निर्वाचनमा भोट दिने आधार!
youtube.com/shorts/iMyqZ2c…

YouTube
NE

**निर्वाचन र बहस**
आसन्न निर्वाचनलाई नजिकबाट नियालिरहेको छु । तर जे विषयमा गहन सार्वजनिक बहस हुनुपर्ने हो, त्यसमा अपेक्षाकृत भएको छैन । जे विषयमा बहस कम हुनुपर्ने हो, त्यही विषयमा व्यापक भइरहेको छ । यो नेपाली राजनीतिको विडम्वना नै हो ।
निर्वाचनमा कुनै पनि पार्टीको घोषणापत्र, भिजन र नीति तथा उम्मेदवारको एजेन्डा, प्राथमिकता र प्रतिबद्धताको बारेमा छलफल हुनुपर्ने हो । अहिलेसम्म हुँदै आएको बहसको समीक्षा गर्दा कुनै पनि पार्टीको नेतृत्व र उम्मेदवारको बारेमा बहस, छलफल र चर्चा-परिचर्चा भएको छ, प्रतिस्पर्धी पार्टी र नेताका बीचमा आरोप-प्रत्यारोपको शृंखला पनि शुरु भएको छ ।
तर पार्टीको घोषणापत्र, भिजन र नीति तथा उम्मेदवारको एजेन्डा, प्राथमिकता र प्रतिबद्धताको बारेमा अपेक्षाकृत बहस भएको छैन, किन ? यदि राजनीतिक पार्टी र नेतृत्वको यस्तो सैद्धान्तिक-वैचारिक विषय बहसको प्राथमिकता नभए पनि सार्वजनिक सञ्चारमाध्यममा घोषणापत्र, भिजन, नीति तथा एजेन्डाको बारेमा तथ्य र तथ्यांकको आधारमा सुसूचित बहस, छलफल र टीका-टिप्पणी हुनुपर्थ्यो, बौद्धिक समुदाय तथा नागरिक समाजले प्रश्न गर्नु पर्थ्यो । तर त्यो पनि अपेक्षाकृत भएको देखिएन ।
कुनै पनि पार्टी र नेतृत्व प्रश्न भन्दा माथि छैनन् । त्यसैले प्रश्न गरौ र पार्टी र नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाऔं ।
प्रश्न गर्न छोडेको घडीबाट नै स्वतन्त्रता र लोकतन्त्रको अन्त्य हुन्छ!!!
NE
Geja Sharma Wagle retweetledi

Reading Fateful Hours shook me to the core. In the 1929 German election-“many of those who cast their ballot for the Nazi Party were first-time voters and previous non-voters..voting for Hitler and his henchmen was a way of protesting against the status quo.”#nepalelection
English
Geja Sharma Wagle retweetledi


