
रमेश वाग्ले
24.2K posts

रमेश वाग्ले
@Rameshpost
Journalist: @12khari past: @sagarmathatv, @Mountaintv @Pahilopost, @bizmandu , @onsnews, @puleso @Souryadaily : Tweets are personal







Karma is Bi** ! चक्र But little early than expected 🤣

राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ। साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्। रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन। बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि? एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ। @RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang


गणतन्त्रले होइन हरेक व्यवस्थाले नेपालमा भ्रष्टाचार नै दिएको छ तर, म भ्रष्टाचारभन्दा अराजकता खतरनाक हुन्छ र विगतको गलत अभ्यासलाई अपरिपक्व गलत नजीरले सुधार्न सक्दैन। त्यसले परिस्थितिलाई झन बिगार्दै लैजान्छ भन्ने @RabindraMishra को विचारसँग सहमति राख्छु।











