roshan🦉🧑🔬🔬🦠
5.9K posts

roshan🦉🧑🔬🔬🦠
@ronepz
Postdoctoral Fellow @CSIRO | hunting fish phages | PhD @UniofAdelaide | MSc @ Tribhuvan Uni | Shoot me for #Phage #Bacteria #Prophage #AMR #InfectiousDisease

This alert gave me the feeling of saving someone's life. ❤️❤️

दिल्ली एयरपोर्टमा नेपाली पासपोर्ट बोक्दाको पीड़ा “नेपाली पासपोर्ट कमजोर छ” भनेर मानिसहरूले भन्ने कुरा म वास्तवमै बुझ्दिनथेँ। त्यो कुरा मैले आफैंले अनुभव नगरेसम्म, नदुखेसम्म, नदेखेसम्म बुझिनँ, बुझ्न चाहिन। केही हप्ता अघि म जर्मनीको बर्लिनमा हुन गईरहेको World Health Summit मा सहभागी हुन जानुपर्ने थियो। म अत्यन्त उत्साहित थिएँ यो मेरो जीवनकै सबैभन्दा गज्जब क्षणहरु मध्ये एक थियो किनकी म मेरो देश र मेरो संस्थाको प्रतिनिधित्व गर्दै युवा प्रतिनिधिको रूपमा जर्मनी जाँदै थिएँ। म संग सबै आवश्यक कागजपत्र थिएः निमन्त्रणा र स्पोन्सर लेटर, भिसा, पासपोर्ट, फ्लाईटको जाने र फर्किने टिकट, होटेलको विवरण। सबै ठीक र वास्तविक। मैले काठमाडौँबाट दिल्लीसम्म Air India को फ्लाईट लिएकी थिएँ, र त्यहाँबाट Qatar Airways हुँदै बर्लिन पुग्ने योजना बनाएकी थिएँ। यो मेरो लागि सबैभन्दा सस्तो मार्ग थियो, किनभने टिकटको खर्च मैले आफैं व्यहोर्नु परेको थियो। तर मलाई थाहा थिएन, यो “सस्तो” बाटोले मलाई धेरै ठूलो कुरा गुमाउन बाध्य पार्नेछः मेरो आत्मसम्मान, मेरो शान्ति, र मेरो सुरक्षाको अनुभूति। मलाई दिल्ली बिमानस्थलमा ढ्याक्क रोकियो। एउटा संदिग्ध अपराधीजस्तै। विमानस्थलमा अधिकारीहरूले मलाई प्रश्नै प्रश्न सोधे : “तिमीलाई कसले बोलाएको?” “किन जाँदैछौ?” “के तिमी साँच्चिकै विद्यार्थी हौ?” “तिमीसंग पर्याप्त पैसा छ?” “त्यहाँ कहाँ बस्छौ?” “तिमी जस्तो नेपालीले यस्तो सम्मेलनमा किन जानुपर्यो? “त्यहाँ को को को वक्ता छन् र तिमी कुन–कुन सत्रमा सहभागी हुन्छौ?” त्यतिबेलासम्म म शान्त रहेँ। मैले आफूसँग भएका सबै प्रमाण देखाएँ। हरेक प्रश्नको जवाफ दिएँ। तर मेरा उत्तरले उनीहरू सन्तुष्ट भएनन्। निरन्तर आधा घण्टाको सोधपुछपछि पनि मलाई जान दिईएन।मलाई फोनबाट अर्को अधिकारीले अपराधीलाई जस्तै झैँ सोध्दै थियो। न कुनै आदर न कुनै सम्मान। निरन्तर प्रश्नै प्रश्न। अन्त्यमा ती अधिकारीले भने “ तिम्रो यो यात्रा शंकास्पद छ।” त्यसपछि उनले मेरै अगाडि मेरो बोर्डिङ पास च्यातिदिए। त्यसपछि मलाई ८ घण्टा विमानस्थलभित्रै नजरबन्द गरियोः पासपोर्ट बिना, झोलाबिना, खाना–पानी वा इन्टरनेट बिना। मलाई कतै हल्लिन दिईएन। बाथरूम जान, केही खान समेत दिईएन। मैले अत्यन्त अपमानित महसुस गरेँ। चारैतिर अँध्यारो थियो। म असहाय भएँ। एक जना दयालु नेपाली यात्रुको सहायताले मात्रै म नेपाली दूतावाससँग सम्पर्कमा पुग्न सकेँ। दूतावासले नेपाल एयरलाइन्समार्फत मलाई फर्काउने प्रयास गर्यो। तर Air India ले अन्य एयरलाइन्सबाट समेत फर्कन नदिँदा, मलाई रातभर विमानस्थलमै रोकियो मानौं मैले ठूलो अपराध गरेकी थिएँ। एक अधिकारीले म तिर नराम्रो नजरले हेर्दै भने, “तिम्रो प्रोफाइल क्लिन छैन, तिमी युरोपका कुनै देशमा पनि सजिलै पुग्न सक्दैनौ।” त्यो सुनेर म भित्रभित्रै टुटेँ। डरले भरिएँ। त्यो रात, म चुपचाप रोएँः डर, आक्रोश र पीडामा। म त केवल एउटा विद्यार्थी थिएँ, जसलाई सम्मेलनमा बोलाइएको थियो। अन्ततः नेपाल एयरलाइन्सले हस्तक्षेप गर्यो र मलाई नेपाल फर्काईयो। भोलिपल्ट म काठमांडौस्थित Qatar Airways र जर्मन दूतावास दुवैमा गएँ। उनीहरूले मलाई एकपटक पनि प्रश्न गरेनन्। सबै कागजात हेरे, मुस्कुराए अनि भनेः “तपाईँको सबै कुरा ठीक छ, हामीलाई कुनै आपत्ति छैन।” तपाईप्रति भएको ब्यवहारको हामी क्षमायाचना गर्छौँ।” जब अन्ततः म Qatar Airways हुँदै दोहा ट्रान्जिट लिएर बर्लिन पुगें,जर्मनीको बर्लिनमा इमिग्रेशन अफिसरले मुस्कुराउँदै भनेः “Have a nice stay, Miss Adhikari. Good luck with your conference.” किनभने मसँग नेपाली पासपोर्ट थियो, मलाई शंका गरियो। किनभने म सानो देशको नागरिक थिएँ, मलाई सम्भावित जोखिमको रूपमा हेरियोः न त युवा प्रतिनिधिको रूपमा, न त सिक्ने उत्साहीको रूपमा, न त स्वप्नदर्शीको रूपमा। अहिले म देश फर्किएर सोचिरहेकी छुः यसमा के गल्ती मेरो थियो? कि मैले केही दिन मेरो र परिवारको ईच्छा अनुसार युरोप हेर्न/ घुम्न चाहेँ, जसका लागि म सक्षम थिएँ। के मेरो देशको प्रतिनिधित्व गर्नु अपराध थियो? नेपाली पासपोर्ट बोक्नु मेरो गल्ती हो? त्यो अनुभवले मलाई भित्रभित्रै भत्कायो, तर आँखासमेत खोलिदियो। जब हामी यात्रा गर्छौं, हामी पासपोर्ट मात्र बोक्ने रहेनछौँ हामी त हाम्रो देशको छवि, हाम्रा संघर्ष, र संसारले हामीलाई कसरी हेर्छ भन्ने भारी पनि बोकेर हिँडिरहेका हुने रहेछौँ। र कहिलेकाहीँ, त्यो भारी असह्य रूपमा भारी लाग्ने रहेछ। कसरी होला यो भारी हलुका? हाम्रो राजनीति बिग्रेर त यसो भएको होला नि ! -शम्भवी अधिकारीको तितो अनुभव नेपालीमा ट्रान्सलेट गरी सम्पादन गरिएको।

'स्टेज्ड' नै भएनि नातिले जुम्लाको स्याउबारि पुरै चाहारिसे'छ!One Piece anime को फ्यान हेईसिंदोर'छ।जुम्ला भ्रमणको निम्तो नि गरिसेको छ! पर्यटन मात्रै हो भने त ठीकै हो केरे। 'राजतन्त्र फर्काउने'भन्नेहरुको 'डिजाईण्ड' मिडिया कन्टेन्ट हो भने पेटबोलिको माने त्यती प्रितिकर चैं छैन है!